काठमाडौं -महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट आज सशस्त्र प्रहरीले करीव २ लाख ५० हजार रुपैयाँ बराबरको चिसो पेय पदार्थ र खाने तेल बरामद गरेको छ। भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो।त्यसबेला २ वटा भारतीय नम्बरको मोटरसाईकल समेत बरामद गरिएको छ। यसैगरी कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका २ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ३ लाख ७४ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ। भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गणबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो।…
Author: महेन्द्रनगर पोष्ट
कैलाली-नवजीवन सहकारी संस्था लिमिटेडका नव निर्वाचित पदाधिकारीहरूले शपथ ग्रहण लिएका छन्। मङ्गलवार एक कार्यक्रमको आयोजना गरि नव निर्वाचित पदाधिकारीहरुले सपथ लिएका हुन्। संस्थाका नव निर्वाचित पदाधिकारीहरूलाई प्रमुख निर्वाचन अधिकृत डा. लोक बहादुर विष्टले शपथ खुवाएका हुन्। सहकारीको २८ औँ चुनावी साधारण सभाबाट अध्यक्षमा देव बहादुर बम विजयी भएका हुन्। यसै गरी सदस्यहरूमा इन्दिरा जैशी,उत्तम जोशी ,गोपालराज पाठक,केशवराज मिश्र डा महेशराज विष्ट,घन बहादुर शाह, उपेन्द्र विष्ट, शिवकुमार जोशी फुलारा, गणेश बम, जयराज जोशी र विश्वनाथ ओझा विजयी भएका थिए। त्यसै गरी सहकारीको लेखा सुपरिवेक्षणको संयोजकमा चेतराज जोशी लेखा सुपरिवेक्षण सदस्यमा गणेश प्रसाद उपाध्याय र लक्ष्मीराज पन्त विजयी भएका हुन्।
काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। बैठक एमाले अध्यक्ष ओली निवास बालकोटमा केहीबेरअघि शुरु भएको हो। बैठकमा अहिलेसमम्मको कामको रिपोर्टिङ हुने र आगामी रणनीति तय गर्नेबारे छलफल हुँदैछ। त्यस्तै, पार्टी प्रवेशको अभियान कसरी व्यवस्थित गर्ने भन्नेमा छलफल हुने र चुनावी घोषणा पत्रको जिम्मा दिइने बताइएको छ। ७ गते बस्ने पोलिटब्युरो र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकको तयारीका लागि समेत आज बैठक बसेको हो।
नवलपुर — बलात्कारको आरोपमा पक्राउ परेका पल शाहलाई गैंडाकोटबाट दमौली लगिएको छ । एक नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा तनहुँ प्रहरीमा हाजिर भएका शाहलाई तनहुँबाट गैंडाकोट ल्याइए पनि (आज) मंगलबार थप अनुसन्धानका लागि फेरि तनहुँको दमौंली लगिएको हो । जिल्ला प्रहरीले कार्यालय गैंडाकोटमा उनको बयान लिएपछि मंगलबार दमौली पठाइएको डिएसपी दिलीप गिरीले जानकारी दिए। तनहुँ प्रहरीपछि गैंडाकोट प्रहरीमा पनि शाहविरुद्ध उजुरी परेपछि तनहुँ प्रहरीले बयानका लागि नवलपुर लगेको थियो । तनुहँ प्रहरीले शाहलाई चैत ४ गते सम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँबाट अनुमति लिएको छ।
सर्लाही – सर्लाही खण्डमा पर्ने चारकोसे झाडीमा पाँच दिनदेखि लगातार डढेलो लागिरहेको छ । हरिपुर नगरपालिका १ मा पर्ने जानकीनगर साझेदारी वन, हरिवन नगरपालिका ६ मा पर्ने घुर्कैली वन, फुलजोड साझेदारी वन र उत्तरी चुरेका वन क्षेत्रमा लगातार डढेलो लागिरहेकाे छ । हावाहुरी र सुख्खा मौसम भएकाले डढेलो अहिलेसम्म निभाउन नसकिएकाे हाे । हिउँदयाम सुरु भएसँगै यस क्षेत्रको जङ्गलमा बर्सेनी डढेलो लाग्ने गरेको स्थानीयवासीले बताएका छन् । डढेलो निभाउन स्थानीय सामुदायिक वनले अग्नि नियन्त्रण रेखा बनाए पनि राष्ट्रिय वन र साझेदारी वनले डढेलाे निभाउन कुनै पूर्व तयारी नगरेकाे स्थानीयकाे गुनासाे छ । भन्छन्, ‘आगाे निभाउन दक्ष जनशक्ति पनि छैनन् ।…
काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारदेखि २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्रको बिक्री खुला गरेको छ । नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले चैत ३० गते नागरिक बचतपत्र २०८३ ‘क’ निष्कासन गर्नेछ। यो बचतपत्रको बिक्री खुला भने चैत १ गतेदेखि गरिएको हो । आज देखि आवेदन संकलन सुरु गरिएको नागरिक बचतपत्रमा चैत २० सम्म आवेदन दिन सकिन्छ । यद्यपि तोकिएको अवधिअघि नै कुल निष्कासित रकमका लागि आवेदन आए चैत २० अघि नै बन्द हुने राष्ट्र बैंकले बताएको छ । पहिलो चरणमा २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र बिक्रीका लागि आवेदन संकलन सुरु गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।…
काठमाडौं – नेपालमा क्रिप्टो करेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा जस्ता वेबसाइट नचल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पत्र लेख्दै यस्ता वेबसाइट र एपहरु बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन दिएको हो । आर्थिक अपराधसँग सम्बन्धित एप र वेबसाइट प्रयोग, सञ्चालन तथा व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसेबल र कालोसूचीमा राख्न निर्देशन दिएको हो । अर्थ मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र काटेर यस्ता वेबसाइट ‘ब्लक’ गर्न आग्रह गरेको थियो ।
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट ५७ जना र एन्टिजेन परीक्षणबाट २६ जना संक्रमित थपिएका छन् । २४ घण्टामा पीसीआर ४ हजार ७३४ र ३ हजार १५०एन्टिजेन गरी ७ हजार ८८४ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। १३० जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन । अहिले देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ७४६ रहेको छ।
काठमाडौं – नेपालका ३ वरिष्ठ अभिनेत्रीको झण्डै ३ करोड रुपैयाँ एक सहकारीमा फसेको छ । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा वरिष्ठ अभिनेत्रीहरु बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, अञ्जु कारञ्जित लगायतले वचत गरेको रकम उक्त सहकारीमा फसेको हो । तीन अभिनेत्री र फाउन्डेसनको गरी करिब तीन करोड रुपैयाँ उक्त सहकारीमा नेपाल चलचित्र कलाकार संघले जनाएको छ । संघले एक विज्ञप्ति निकाल्दै सहकारी संस्था लिमिटेडबाट कलाकार समेत पीडित भएको भन्दै न्याय दिलाइदिन सरकारसँग आग्रह गरेको छ । विज्ञप्तिमा सहकारीका सञ्चालक इच्छाराज तामाङ लगायतबाट असुल उपर गराउन माग गर्दै कानुनी उपचारमा गएको जनाइएको छ । यस विषयमा सरकारले चासो दिएर पीडितहरुलाई न्याय दिलाउन…
एजेन्सी – विश्वका दुई ठूला देश अमेरिका र चीनबीच द्विपक्षीय वार्ता भएको छ । दुई देशका अधिकारीहरूले सोमबार युक्रेन र रुसको युद्धका विषयमा ७ घण्टा लामो छलफल रोममा गरेका हुन् । परिचय खुलाउन नमानेका अधिकारीले बाइडेनको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका वरिष्ठ कुटनीतिज्ञ याङ जिचीलाई बेइजिङले रुसलाई सहयोग गर्न सक्ने विषयप्रति चासो व्यक्त गरेका थिए । चीनले रुसलाई सहयोग गरेमा विश्वव्यापी प्रतिबन्धको सामना गर्न सक्नुपर्ने सुलिभानले वार्तामा बताएका छन् । ‘सामान्य रुपमा म के भन्न चाहन्छु भने हामी रुससँग चीनको साठगाठप्रति गहन चिन्तित छौ,’ ती अधिकारीले बताए । मस्कोले युक्रेनमा आफ्नो युद्धका लागि चीनसँग सैन्य उपकरणको अनुरोध गरेको समाचार…