Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : आइसिसी विश्वकप छनोटअन्तर्गत सातौँ स्थानको खेलमा नेपाल पराजित भएको छ। मंगलबार भएको खेलमा आयरल्यान्डले २ विकेटको जित निकालेसँगै नेपाल आठौं स्थानमा सीमित बन्यो। नेपालले दिएको २६९ रनको लक्ष्य आयरल्यान्डले ४ बल खेल्न बाँकी छदा ८ विकेटको क्षतिमा पूरा गर्‍यो। आयरल्यान्डका लागि ह्यारी टेक्टरले ६० रन र कर्टिस चम्परले ६२ रनको योगदान गरे। बलिङमा नेपालका करण केसीले चार विकेट लिए भने किशोर महतोले दुई विकेट हात पारे। त्यसअघि जिम्बावेको हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २६८ रन जोड्यो। नेपालको लागि गुल्सन झाले अर्धशतक प्रहार गरे। उनले ४२ बलमा ४ चौका र ३…

Read More

काठमाडौँ : भारतले काठमाडौँ-रक्सौल अन्तरदेशीय रेलमार्गको ‘फाइनल लोकेसन सर्भे प्रतिवेदनको मस्यौदा नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । गत १७-२० जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नै हस्तान्तरण हुने भनिएको यो प्रतिवेदनको मस्यौदा नेपालको रायका लागि भन्दै हस्तान्तरण गरेको हो । प्रतिवेदन तयार भए पनि त्यसलाई अन्तिम रूप दिनुअघि भारतले नेपालको राय मागेको हो । अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागले यो प्रतिवेदन अध्ययन गर्नेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाका अनुसार प्रतिवेदन अध्ययनपछि विभिन्न विषयमा नेपालले आफ्ना राय र प्रतिक्रियाहरू दिने छ । त्यसका आधारमा प्रतिवेदनले अन्तिम रूपमा पाउनेछ । नेपाललाई भारतले फाइनल प्रतिवेदन…

Read More

काठमाडौंका सिडियो घनश्याम उपाध्याय सचिवमा बढुवा भएका छन् । बैकुण्ठ अर्याल मुख्य सचिव भएपछि रिक्त रहेको सचिवमा उनी बढुवा भएका हुन् । रिक्त एक सचिव पदका लागि उपाध्यायसँगै लक्ष्मीकुमारी बस्नेत र दिनेशकुमार घिमिरे सिफारिस भएका थिए । आज बसेको क्याविनेट बैठकले उपाध्यायलाई बढुवा गर्ने निर्णय लिएको हो ।

Read More

धनगढीः नेपाल प्रेस युनियन कैलालीको अध्यक्षमा सीताराम ओझा निर्वाचित भएका छन्। मंगलवार धनगढीमा भएको प्रेस युनियनको छठौँ जिल्ला अधिवेशनबाट ओझा अध्यक्ष निर्वाचित भएका हुन। प्रेस युनियन कैलालीको उपाध्यक्षमा सुनिल आउजी, महिला उपाध्यक्षमा अनिता चौधरी, सचिवमा शंकर बोहरा, कोषाध्यक्षमा गगन अयडी र सह सचिवमा रमा चन्द चयन भएका छन्। खुल्ला सदस्यहरुमा शेरबहादुर ऐर, रमेश अयडी, राजकुमार साउँद, पदमराज भट्ट, पुस्कर पौडेल र केशबसिँह धामी चयन भएका छन्। महिला सदस्यमा शारदा फुलारा जैशी, यमुना सावद र भगवती सनारा चयन भएका छन्। यस्तै आदीवासी जनजातीबाट जीवन चौधरी सदस्य चयन भएका छन्। सौरव राना मदेशीबाट र अल्पसंख्यकबाट विवेक नागरी सदस्य चयन भएका छन्। प्रेस…

Read More

अछाम : अछामको चौरपाटी गाउँपालिकाले ३४ जना स्वयम सेवक शिक्षकलाई हटाएको छ । यही असार ६ गते बसेको कार्यपालिका बैठकले गाउँपालिकाका विभिन्न विद्यालयमा कार्यरत स्वयम सेवक शिक्षकहरूलाई नयाँ आर्थिक वर्षबाट हटाउने निर्णय गरेको हो । स्वयम सेवक शिक्षक नियम विपरीत भन्दै महालेखा परीक्षकको कार्यालयले प्रत्येक वर्ष बेरुजु देखाउने, ज्याला पनि सम्मानजनक नभएको र विद्यालय समायोजन भएपछि शिक्षकहरू हटाउनु परेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । पालिकाभित्र सञ्चालनमा रहेका विद्यालयहरूमा शिक्षक कम भएपछि २०७७ सालमा ४२ जना स्वयम सेवक शिक्षकहरू नियुक्त गरिएको थियो । ती मध्ये कतिपयले विभिन्न कारण बिचमै छोडेका थिए भने ३४ जना शिक्षकहरू हालसम्म कार्यरत छन् । तर…

Read More

धनगढीः कैलालीमा आगलागीबाट एक लाखको क्षति भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ हर्दधानीका खुसीराम चौधरीको घरमा आगो लागेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीका अनुसार ४० वर्षिय चौधरीको घरमा मंगलवार दिउसो बिजुलीको तार सर्ट भएर आगो लागेको थियो। उनको घरभित्र रहेको लत्ताकपडा, वाईफाई, खटिया लगायतमा क्षति भएको छ। झण्डै एक लाखका सामान जलेर नष्ट भएको प्रहरीले बताएको छ। आगो प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए।

Read More

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । यसअघि भारतमा गरिएको उपचार खर्च आफैँ बेहोर्ने इच्छा व्यक्त गरेको भन्दै राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरेको भए पनि परराष्ट्र मन्त्रालयले खर्च निकासाको स्वीकृत अर्थ मन्त्रालयले दिइसकेको जनाएको छ । अर्थ मन्त्रालयको बजेट महाशाखालाई असार १८ गते परराष्ट्र मन्त्रालयले पत्र पठाउँदै भनेको छ, “यथार्थ खर्चको बिल भर्पाई बमोजिमको रकम सम्बन्धितलाई भुक्तानी दिने प्रयोजनका लागि ५५ लाख दुई हजार २७९ तपसिलको खर्च शीर्षक नम्बर र क्रियाकलापमा बजेट निकासका लागि अर्थ मन्त्रालयमा लेखी पठाउन मिति २०८० असार १८ गते को निर्णय (सचिवस्तर) को प्रतिलिपि र अन्य आवश्यक कागजातहरू यसै साथ संलग्न…

Read More

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकोबारेमा आफ्नो धारणा राखेका छन् । मंगलबार सुदूरपश्चिम आएका सभापति लामिछानेले धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले पन्तको बलत्कार गर्ने अपराधी यही समाजमा भए पनि पत्ता नलागेको बताएका हुन् । उनले भने, ‘अपराधी को हो थाहा छैन, जो भए पनि यहीँ समाजमै कहिँ कतै होला, पत्ता नलागेको मात्रै हो ।’ सञ्चारकर्मी रहेका बेला मानसिक अवस्था बिग्रेका दिलिपसिंह विष्ट नै निर्मलाको हत्यारा हो भन्ने आशयका मिडिया सामग्री पस्कने गरेका लामिछानेले अहिले भने हत्यारा थाहा नभएको टिप्पणी गरेका हुन्

Read More

काठमाडौँ : ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीन आरोपितले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नभ्याइने सूचीमा परेर स्थगित भएको छ । असार १२ गते पक्राउ परेका मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले आफूहरूलाई रिहा गर्नुपर्ने माग राखेर सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । उनीहरूले हदम्याद सकिएको किर्तेसम्बन्धी मुद्दामा आफूहरूलाई पक्राउ गर्न नमिल्ने दाबी गरेका छन् । रिटको प्रारम्भिक सुनुवाइपछि प्रहरीविरुद्ध कारण देखाऊ आदेश जारी भएको थियो । सोमबार प्रहरीको लिखित जवाफ पेस भएसँगै आज न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । यस प्रकरणमा पक्राउ परेका ९ आरोपितलाई काठमाडौँ जिल्ला…

Read More

काठमाडौँ : पाठेघरको क्यान्सरविरुद्धको २० हजार भाइल एचपिभी खोप नेपाल ल्याइएको छ। चीनबाट खरिद गरेर ल्याइएको खोप मङ्गलवार काठमाडौँ आइपुगेको हो। पाठेघरको क्यान्सर हुन नदिन प्रयोगमा ल्याइने एचपिभी अर्थात् ह्युमन प्यापीलोमा भाइरस खोप काठमाडौँ ल्याइएसँगै प्रयोगका लागि प्रदेशहरूमा पठाइने स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति महाशाखाले जनाएको छ। ९ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूमा लगाइने यो खोप कुन जिल्लामा पठाइने भन्ने छलफल भइरहेको शाखाले जनाएको छ । विश्व बजारमै कम उत्पादन हुने र महँगो भएकाले यो खोप हाल सरकारले पाइलटिङको रूपमा मात्रै खरिद गरेको शाखाको भनाई छ । शाखाका अनुसार खोप निकै महँगो भएकाले नियमित खरिद गरेर प्रयोगमा ल्याउने अवस्था निश्चित…

Read More