Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसएसईई० को नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले परीक्षाफल प्रकाशनको अन्तिम कामहरु भइरहेको परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० ले जनाएको छ । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले आउने २२ गते ९शुक्रबार० सम्म सार्वजनिक गर्ने तयारी रहेको बताए । गत चैत १७ गतेदेखि २९ गतेसम्म भएको एसईई परीक्षामा ७७ जिल्लाका २ हजार ३६ परीक्षा केन्द्रबाट करिब पाँच लाख विद्यार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Read More

कोहलपुर: बाँकेको राप्ती नदीमा आएको बाढीमा फसेका छ ग्वाला र ७८ बाख्राको सकुशल उद्धार गरिएको छ । राप्ती सोनारी गाउँपालिका–२ शम्शेरगञ्जस्थित राप्ती नदीको टापुमा फसेका ग्वाला र चौपायाको सकुशल उद्धार गरिएको हो । शनिबार नदीको टापुमा बाख्रा चराउन गएका उनीहरु नदीमा बाढी आएपछि बाख्रासँगै टापुमा फसेका थिए । ६ जना ग्वालासहित ७८ वटा बाख्राको सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए । उनका अनुसार शनिबार बेलुका ५ बजे उनीहरु फसेको सूचना स्थानीयले प्रहरी र प्रशासनलाई जानकारी दिएका थिए ।जानकारी पाएपश्चात् तत्काल नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा सबैको सकुशल…

Read More

काठमाडौँ: आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत नौँ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउने ती कर्मचारीलाई कारबाही गर्न सिफारिशसहित राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदनसमेत बुझाइसकेको जनाइएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम सम्पत्ति विवरण पेस नगर्ने नौँ हजार पाँच सय ९० पदाधिकारी एवं कर्मचारीलाई राष्ट्रिय सतर्कता केन्द्र ९कार्यसञ्चालन० नियमावली, २०६५ को नियम १० ९२० कमोजिम रु पाँच हजार जरिवाना समेतका लागि आयोगलाई पत्रलेखी पठाइएको सतर्कता केन्द्रका सूचना अधिकारी तथा उपसचिव हरिप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार निजामती कर्मचारीका तीन हजार…

Read More

दमौली: विगत केही दिनयता मुग्लिन–नारायणगढ सडकमा दिनहुँ पहिरो झर्दा सर्वसाधारणको यात्रा कष्टकर भइरहेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलमा पटकपटक झरेको पहिराले उक्त खण्ड अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् । यो ठाउँमा गइरहेको पहिरोले तनहुँको आँबुखैरेनी गाउँपालिका र भरतपुर महानगरपालिका जोड्ने घुमाउनेको अलपत्र पुललाई फेरि एकपटक सम्झाएको छ । आँबुखैरेनी–५ र भरतपुर–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथिको घुमाउनेमा सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो । पुल बनेको भए यतिबेला पहिराका कारण अलपत्र भएर बस्नुपर्ने अवस्था आउँदैनथ्यो । मुग्लिन–नारायणगढ खण्डको विकल्पका रुपमा सर्वसाधारणले उक्त पुल तरेर बुद्धसिं मार्ग हुँदै दमौली निस्केर गन्तव्यसम्म पुग्न पाउँथे । त्यस्तै…

Read More

धनगढीः धनगढी उप–महानगरपालिकाले फोहोर बोक्ने गाडीमा जिपीएस जडान गरेको छ । उपमहानगरपालिकाका फोहोरमैला व्यवस्थापन तथा सरसफाइ शाखा प्रमुख अशोक अवस्थीले से २ च ३७१० र से १ त ७३९४ नम्बरका दुई ट्याक्टरमा जिपीएस जडान गरिएको बताए । फोहरमैला संकलनलाई थप प्रभावकारी बनाउन ‘समाजका लागि युवा’ संस्थासँगको सहकार्यमा उपमहानगरपालिकाले लुना जीपीएसको यो सेवा प्रयोगमा ल्याएको हो । फोहोर बोक्ने गाडी रहेको क्षेत्र पत्ता लगाउन जिपीएस जडान गरिएको उपमहानगरपालिकाले जनाएको छ । सो गाडी घर नजिकै पुग्दा उक्त एपले नगराबासीको मोबाइलमा नोटिफिकेसन पठाउनेछ । एपमार्फत फोहोर संकलन गर्ने गाडी कहाँ आइपुग्यो भनेर सहजै थाहा पाउन सकिनेछ ।

Read More

बैतडी: बैतडीको शिवनाथ गाउँपालिकाले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई श्रम स्वीकृति दिन थालेको छ । यसअघि श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति अब स्थानीय तहबाटै प्रदान गर्न सकिने भएपछि शिवनाथ गाउँपालिकाले श्रम स्वीकृती दिन थालेको हो । गाउँपालिकाले आज पहिलो पटक मलेसिया जान इच्छुक शिवनाथ गाउँपालिका-४ का सुरेन्द्रसिंह महतालाई श्रम स्वीकृति प्रदान गरेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । उनलाई पालिकाको रोजगार सेवाकेन्द्रमार्फत श्रम स्वीकृति प्रदान गरिएको हो ।

Read More

चितवन: नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलले थप पहिरो नखसे केही घण्टापछि सडक खसलाउन सकिने बताए । पहिरोको एउटा ढिस्को नै झरेकाले पन्छाउन समय लागेको उनको भनाइ छ । अर्को ढिस्को पनि खस्ने अवस्थामा छ, पौडेलले भने। सो स्थानमा बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ । छिनछिनमा पहिरो खस्दा यातायात अवरुद्ध हुँदैआएको छ । रासस

Read More

रुपन्देही: रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शुद्धोधन गाउँपालिका-५ मानपकडीका ६५ वर्षीय शिव भारती पक्राउ परेका हुन् । चकलेट खान दिने भनेर घरमा बोलाएका भारतीले ती बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । आइतवार जिल्ला प्रहरी कार्यालयमा ल्याइएका उनलाई जबर्जस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताए ।

Read More

बैतडी: बैतडीमा सहिद दशरथ चन्दको १२१ औँ जन्मजयन्ती मनाइएको छ । सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा उनको जन्मघर बस्कोटस्थित शालिकमा माल्यार्पण गरी जन्मजयन्ती मनाइएको हो । यस्तै, गढीस्थित शहीद चन्दको शालिकामा पनि जन्मजयन्तीको अवसरमा माल्यार्पण गरिएको थियो । दशरथ चन्दको जन्म वि. सं. १९६० असार १७ गते बैतडीको बस्कोटमा भएको थियो । पछिल्लो समयमा सहिद दशरथचन्द स्मृति प्रतिष्ठानले सहिद चन्दका बारेमा जानकारी दिनका लागि उनको जन्मघरलाई पाहुना घरको रुपमा विकास गरेको छ ।

Read More

काठमाडौँ: आज सुन र चाँदीको मूल्य बढेको छ । सुन तोलामा ५ सय र चाँदी १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो । सुन तोलामा एक लाख १० हजार एक सय रुपैयाँ र चाँदी तोलामा एक हजार तीन सय ७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

Read More