Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शाहलाई मंगलबार पक्राउ गरेको हो। ललितानिवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको अनुसन्धानमा देखिएको थियो। जसमा उनको समेत मिलेमतो रहेको भन्दै शाहलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सिआइबीकी प्रमुख एआइजी किरण बज्राचार्यले पुष्टि गरिन्।

Read More

काठमाडौँ: अभिनेत्री श्वेता खड्का दम्पतीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गरेकी श्वेता श्रीमान र छोरी ब्रीआनाका साथ ओली निवास बालकोट पुगेकी हुन् । ओलीसँगको भेटको तस्बिर उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक समेत गरेकी छन् । तस्बिरका साथ लेखेकी छन् ,काम ठुलो हुन् पर्दैन । जे गर्छौ प्रेम पूर्वक गर्दा । सदैव लक्ष्मीको बास हुन्छ । सम्माननीय पूर्व प्रधानमन्त्री केपी बुबा हजुरसँग पहिलो भेट ब्रीआना का । आशीर्वाद लिँदै ।’ श्वेता केही समय पहिले नेपाली कांग्रेसका प्रवेश गरेकी थिइन् । अहिले ओलीलाई भेट्नु उनी एमाले प्रवेश गर्न लागेको हो कि भन्ने आशङ्का गरिएको छ…

Read More

कञ्चनपुरः कञ्चनपुरमा उपचारका लागि गएकी महिलालाई मेडिकलभित्रै बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको भीमदत्त नगरपालिका–७ हल्दुखालका ४६ वर्षीय हरकसिँह महरा पक्राउ परेका हुन् । महराले खुट्टाको उपचार गर्न गएकी महिलालाई आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट समेत गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Read More

धनगढीः धनगढीको मुख्य सडक शिलान्यास गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले आज सडकको शिलान्यास गरेका हुन् । उक्त कैलाली पुलदेखि क्याम्पस चोक सडक निर्माणका लागि ५१ करोड ६९ लाखमा वैशाख २७ गते २४ महिनाभित्र काम सक्ने गरी प्रदेश सरकारले ठेक्का सम्झौता गरेको छ । त्यस्तै, धनगढी उपमहानगरपालिकाले ४२८ जना घरधनीलाई सम्मान गरेको छ । आफ्नो घर आफै भत्काएर सडक निर्माणमा सहयोग गर्ने घरधनीलाई उपमहानगरले सम्मान गरेको हो ।

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । गएराति टीकापुर नगरपालिका–२ बाट टीकापुर–५ का २० वर्षीय विशाल चौधरी र १८ वर्षीय लोकेन्द्र चौधरी लागुऔषधसहित पक्राउ परेका हुन् । उनीहरुको साथमा एक ग्राम ३७० मिलिग्राम लागुऔषध फेला पारी इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरेको बताइएको छ ।

Read More

धनगढी: धनगढीमा ५ किलो चरेश बेवारिसे अवस्थामा फेला परेको छ । सशस्त्र प्रहरीले धनगढी उपमहानगरपालिका–१४ ‘एच’ गाउँमा बेवारिसे अवस्थामा ५ किलो अवैध लागुऔषध चरेश बरामद गरेको हो । प्रहरीका अनुसार चरेश कपडाले बेरेर पोको पारी राखिएको अवस्थामा फेला परेको हो । सशस्त्र प्रहरी बलको डिपो बजारस्थित बोर्डर आउट पोष्ट (बिओपी)ले बरामद गरेको उक्त चरेश नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

Read More

धनगढीः कैलालीमा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको टीकापुर नगरपालिका–५ नुक्लिपुरका १८ वर्षीय शंकर जैसीको मृत्यु भएको हो । गाँउमा प्लटिङ गरेको खाली जमिनमा क्रिकेट खेल्दै गर्दा उनी एक्कासी बेहोस भएका थिए । उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

Read More

धनगढीः कैलालीमा राँगाले तानिरहेको गाडासँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–९ का २१ वर्षीय असिम राजबंशी र मोटरसाइकल पछाडि सवार २७ वर्षीय बिजेन्द्र चौधरी रहेका प्रहररीले बताएको छ । सोमवार राति घोडाघोडी नगरपालिका–१० सशस्त्र बेश क्याम्प नजिकै पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से.५प ७५७८ नम्बरको मोटरसाइकल गाडासँग ठोक्किएको थियो । मोटरसाइकल चालक राजवंशीको घोडाघोडी अस्पताल सुखड र पछाडि सवार चौधरीको माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडा चलाइरहेका घोडाघोडी–१० का ६० वर्षीय कलेसु चौधरी भने सकुशल रहेका बताइएको छ ।

Read More

काठमाडौँ: काठमाडौँको बसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ । शङ्कास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बसुन्धरामा भेटिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जानकारी दिए । रासस

Read More

काठमाडौँ: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ । ललिता निवास प्रकरणमा अनुसन्धानका लागि सीआईबीको टोलीले उनलाई पक्राउ गरेको हो । ललिता निवासको जग्गा हडप्न सरकारी कागजात किर्ते गरेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको बताइएको छ । ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका छन् । उनी प्रहरीको फरारको सूचीमा रहेका थिए ।

Read More