Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका निलम्बित प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई गृह मन्त्रालयले बर्खास्त गर्ने तयारी गरेको छ । गृहमन्त्रालय स्रोतका अनुसार उनलाई भोलि सचिवस्तरीय निर्णयले बर्खास्त गर्ने तयारी गरेको छ । प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले यसअघि केसीलाई जागिरबाट बर्खास्त गर्न गृहमन्त्रालयमा पत्र पठाएको बताए । उनलाई मन्त्रालयले २०७९ पुष १४ गते निलम्बन गरेको थियो । केसीले व्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेको थियो । सीआईबीको टोलीले डीएसपी केसीलाई बुटवलस्थित निवासबाटै नियन्त्रणमा लिएको…

Read More

धनगढी: प्रहरीले आज कैलाली कारागारभित्र ब्राउन सुगर पुर्याउने एक महिलालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-३ मिलन चोककी ५० वर्षीया कमलादेवी अवस्थीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला कारागार कैलालीमा लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका आफ्ना २१ वर्षीय छोरा ओमप्रकाश अवस्थीलाई भेट्न आएकी उनले बिस्कुटभित्र लुकाएर लागुऔषध (ब्राउन सुगर) ल्याएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार उनले ल्याएको सामान चेकजाँच गर्ने क्रममा बिस्कुटभित्र ५ ग्राम ४० मिलिग्राम (ब्राउन सुगर) फेला पारी बरामद गरिएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिप्रका कैलालीमा ल्याइएको छ ।

Read More

बैतडी: बैतडीको दशरथचन्द नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८२ करोड १७ लाख ३८ हजार बजेट ल्याएको छ । उपप्रमुख कौशिला चन्दले आगामी आर्थिक वर्षको बजेट नगरसभामा पेश गरेकी हुन् । नगरपालिकाले पूँजीगततर्फ ११ करोड विनियोजन गरेको छ भने चालु खर्चतर्फ १३ करोड ४० लाख २८ हजार ८८९ बजेट विनियोजन गरेको छ ।

Read More

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकाले अगामी आर्थिक वर्षको लागि ५१ करोड बढीको बजेट ल्याएको छ । गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८०/८१ का लागि ५१ करोड ४४ लाख ४० हजार ४ सयको बजेट ल्याएको हो । गाउँपालिकाले पुराना कार्य्रकमलाई निरन्तरता दिएर शिक्षा स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए ।

Read More

धनगढी: नेपाल प्रहरीका एसएसपी दिल्लीराज विष्टले कंचनपुरका पत्रकार खेम भण्डारीलाई नियन्त्रणमा लिनुपर्ने जनाएका छन्। नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली (हाल नेपालगन्ज) कार्यालयका प्रमुख समेत रहेका उनले सामाजिक संजाल फेसबुकमार्फत यस्तो जनाएका हुन्। उनले लेखेका छन्, ‘खेम भण्डारीलाई यो राज्यको कानून लाग्छ कि लाग्दैन? लाग्छ भने नियन्त्रणमा लिएर अनुसन्धान होस्। लाग्दैन भने नागरिकहरुले आफ्नो कानून आफै बनाउनुपर्ने हुन्छ। राज्यको ध्यान जाओस्!’ कंचनपुरको निर्मला बलात्कारपछि हत्या प्रकरणको विषयलाई लिएर विष्टले भण्डारीलाई प्रहार गरेको हुनसक्ने बुझिएको छ। निर्मला प्रकरणको अनुसन्धानका दौरान विवादित बनेर कारबाहीमा परेपछि अदालतबाट सफाइ पाएका एसपी दिल्लीराज विष्ट पछि बढुवा भएर एसएसपी बनेका थिए। हिजो मात्रै फेरि भण्डारी (निर्मला प्रकरणमा…

Read More

धनगढीः कञ्चनपुरका ९ पालिकाले खाना र खाजाको नाममा एक वर्षमा दुई करोड ५४ लाखभन्दा बढी खर्च गरेको पाइएको छ । महालेखाको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ मा पालिकाहरुले खाना र विविध शीर्षक गरी दुई करोड ५४ लाख ६३६ रुपैयाँ खर्च गरेका हुन् । जसमा सबैभन्दा बढी बेलौरी नगरपालिकाले ४७ लाख ७६ हजार ८१० रुपैयाँ खर्च गरेको पाइएको छ । त्यसपछि कृष्णपुर नगरपालिकाले ४७ लाख ५६ हजार ३२४, शुक्लाफाँटा नगरपालिकाले ३२ लाख ३० हजार ९६४, वेदकोट नगरपालिकाले ३१ लाख ४६ हजार २८५, भीमदत्त नगरपालिकाले २६ लाख २१ हजार ३५, पुनर्वास नगरपालिकाले १७ लाख ८४ हजार, दोधारा चाँदनी नगरपालिकाले १६ लाख ७६…

Read More

काठमाडौँ: यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेतीबालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनका समयमा समेत छोटो समयमा देखिन सक्ने भन्दै त्यसतर्फ प्राधिकरणले ध्यानाकर्षण गराएको छ । यस वर्ष मनसुन प्रक्षेपणमा पानी सरदरभन्दा कम पर्ने तथा न्युनतम तापक्रम औषतभन्दा बढी हुने अनुमान गरिएको छ । यसले गर्दा मनसुनको अवधिभित्र पनि छोटो समयमा खडेरी पर्ने तथा तराई, भित्री मधेस, उपत्यका एवं खोचमा तातो हावाको लहरको जोखिम बढ्नसक्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए…

Read More

धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्वनगरप्रमुख सुरेन्द्रबहादुर विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट र तत्कालीन निमित्ति प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसमेत १२ जना तथा भवानी कन्स्ट्रक्सन प्रालिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको दाबी गर्दै उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। विष्ट एमालेका जिल्ला अध्यक्षसमेत हुन्। महाकाली नदीबाट आर्थिक वर्ष २०७७–०७८ मा नदीजन्य वस्तुको राजस्व उठाउने ठेक्कामा मिलेमतो गरी राजस्व चुहावट गरेको भन्दै अख्तियारले उनीहरूविरुद्ध ३ करोड ३३ लाख २२ हजार ५८३ रुपैयाँ बराबरको बिगो दाबी गरी मुद्दा दायर गरिएको छ। नगरपालिकाले तत्कालीन समयमा गठन गरेको राजश्व छुटका लागि…

Read More

धनगढी: निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले गएरातिदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु भएको छ । उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा पूर्ण रूपमा बन्द भएको यातायात सेवा सुचारु भएको हो । सडकमा खसेको पहिरो पन्छ्याएपछि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । सडक सुचारु भएसँगै बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु र सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

Read More

काठमाडौं: उपप्रधानन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकाश दिने प्रस्ताव तयार भइसकेको बताएका छन् । गृह मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिने क्रममा श्रेष्ठले प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने गरी कानुनको मस्यौदा तयार भइसकेको बताए । ‘३० वर्षको सेवा अवधि हटाउने सन्दर्भमा सर्वोच्च अदालतको आदेशअनुसार कानुनमा नै व्यवस्था गर्नुपर्ने भएकाले नयाँ कानुनको मस्यौदामा त्यसलाई प्रस्ताव गरिएको छ’ उनले अघि भने, ‘त्यो कानुन यही सदनमा आउनेछ ।’ प्रहरी संगठनभित्र सई/असईको प्रोत्साहन व्यवस्था राम्रो नभएको भन्दै गृहमन्त्री श्रेष्ठले जवान, हवल्दार र सहायक हवल्दारलाई १६ वर्ष तथा असई र सईलाई १८…

Read More