Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीस्थित धनगढीबाट भन्सारछलीका सामानसहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचोकबाट भन्सारछलीका सामान सहित बैतडीको पुरचौडी नगरपालिका वडा नम्बर ७ का २१ वर्षीय लोकेन्द्र साउँद पक्राउ परेका हुन्। उनलाई कुर्ती, नल्काको वाल, खुद्रा सामानसहित प्रहरीले पक्राउ गरेको हो। २७ हजार मूल्य बराबरको सामानसहित साउँदलाई कैलाली र प्रहरी चौकी त्रिनगरको टोलीले पक्राउ गरेको हो।

Read More

धनगढीः कैलालीमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ५ अमैराबाट ब्राउन सुगरसहित २२ वर्षीय पुरन चौधरी र ३४ वर्षीय अनिल चौधरी पक्राउ परेका हुन्।  उनीहरुको साथबाट एक सय ६० मिलिग्राम ब्राउन सुगर फेला परेको छ। शनिवार साँझ इलाका प्रहरी कार्यालय टीकापुको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। 

Read More

बैतडी : दार्चुलाको मार्मामाबाट बुहारी भगाएको घटनामा प्रहरीले केही क्लू पाएको छ। मार्मा गाउँपालिका ४ घोडेधारका गोबिन्द विष्ट भतिजाकी श्रीमती लगेर फरार भएका थिए। दार्चुला प्रहरी स्रोतका अनुसार उनीहरु भारत भागेको बुझिएको छ। यो घटनामा प्रहरी अनुसन्धान तथा खोजतलास चलिरहेको जनाएको छ। नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर उनीहरूलाई खोजिरहेको जनाइएको छ। गोबिन्दले सोही ठाउँकी आफ्नै बुहारी नाता पर्ने जयन्ती विष्ट लगेर सम्पर्कविहिन भएका थिए। जेठ २८ गते माइत जान्छु भनेर गएकी श्रीमतीलाई काका लगेर फरार भएका जयन्तीका श्रीमान शंकर विष्टले बताए। ३ वर्षसम्म विदेशमा कमाएको धनमाल लगेर श्रीमती काकासँग भागेर गएपछि उनी प्रहरीसामु गएका थिए।घरमा जयन्तीका दुई छोरा छन्।…

Read More

कञ्चनपुर: कञ्चनपुरमा एक जना मृत फेला परेका छन्। जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर ४ जाँईका ४५ वर्षीय करनसिंह साउँद मृत फेला परेका हुन्।  उनी घरदेखि चार सय मिटरको दुरीमा रहेको दोदा नदीको छेउमा मृत फेला परेको प्रहरीले जनाएको छ। बाख्रा चराउन गएका साउँद साँझसम्म घर नआएपछि स्थानीयले खोजी गरेका थिए। खोज्दै जाँदा उनी शनिवार राति मृत फेला परेका हुन्। इलाका प्रहरी कार्यालय झलारीले घटनाको थप अनुसन्धान गर्दैछ।

Read More

काठमाडौं: नारायणगढ-मुग्लिन सडकखण्ड शनिबार रातिदेखि पुनः अवरुद्ध भएको छ । राति साढे ११ बजेतिर तीन नम्बर पुल नजिक ढुंगासहित खसेको पहिरोले सडक पुनः अवरुद्ध भएको हो। लगातार २७ घण्टा अवरुद्ध भएको सडक शनिबार साँझ ५ बजेदेखि सञ्चालनमा आएको थियो । तर राति साढे ११ बजे खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको मुग्लिन प्रहरीले जनाएको छ। अहिले पहिरोका पन्छाउने काम भइरहेको छ।

Read More

दार्चुला: दार्चुलामा शनिबार साँझ जीप दुर्घटना भएको छ।शैल्यशिखर नगरपालिका ३ कर्कले भन्ने स्थानमा भएको जीप दुर्घटनामा चालकसहित ३ जना घाइते भएका छन्।  चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका ८ पस्तीका ३४ वर्षीय मानसिंह टमाटाको टाउको चोट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। यस्तै दुर्घटनामा परि घाइते भएका शैल्यशिखर नगरपालिका २ का ३० वर्षीय किरण कामी र बैतडीको डिलाशैनी गाउँपालिका ३ का २८ वर्षीय दिपक लुहारको अवस्था मध्यम रहेको उनले बताए। घाइते तीनै जनाको गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको छ ।  दार्चुलाको गोकुलेश्वरबाट बैतडीको गण्न्नातर्फ गइरहेको से १ ज ११०४ नम्बरको जीप शनिबार…

Read More

डडेल्धुरा: नेपाली काँग्रेस डडेल्धुराले जीर्ण बनिसकेको सुदूरपहाडलाई जोड्ने भीमदत्त राजमार्ग पुनर्निर्माण गर्न सरकारलाई आग्रह गरेको छ। हिजो नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा काँग्रेसले परराष्ट्रमन्त्री एनपी साउदलाई राजमार्ग पुनर्निर्माणसहित विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको हो। मन्त्री साउदमार्फत् नेपाल सरकारलाई यस क्षेत्रमा तत्काल सम्बोधन गर्नुपर्ने महत्त्वपूर्ण योजनाहरूलाई कार्यान्वयनको चरण अगाडि बढाउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाइएको जिल्ला सभापति भीमबहादुर साउँदले जानकारी दिए। उनका अनुसार डडेल्धुरा मेडिकल कलेज, पश्चिम सेती, भीमदत्त राजमार्गको पुनर्निर्माण (गोदावरीदेखि डडेल्धुरा), महाभारत र चुरे पर्वत संरक्षण, महाकालीको परशुराम धाममा पक्की पुल र महाकाली करिडोर र मदनभण्डारी लोकमार्ग निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाउन सरकारसँग माग…

Read More

बैतडी: बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। पाटन नगरपालिका २ जलकुडाकी  ४० वर्षीय लक्ष्मी ऐरको सोही वडाको महारुद्र भिरबाट लडेर मृत्यु भएको हो। शनिबार दिउँसो घाँस काट्ने क्रममा लडेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए। ऐर भिरबाट लडेर करिब १० मिटर तल ग् सडकमा परेककी थिइन्।  मृतक ऐरका श्रीमान रोजगारीको शिलशिलामा भारतमा छन्।  

Read More

काठमाडौं : श्री एयरलाइन्सले आइतबारका लागि निर्धारित सबै उडान स्थगित गरेको छ। एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले उडान स्थगित गरी आइतबार कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको जनाएका छन्। सोमबारदेखि भने सबै उडान नियमित हुनेछ। शनिवार  ३ः३० बजे काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आई पुनः काठमाडौं नै फिर्ता ल्याई अवतरण गरिएको थियो। यसपछि एयरलाइन्सले आइतबार आफ्ना सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको छ।

Read More

काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो  देशभर  आंशिक देखि सामान्य बदली रहनेछ। कोशी  र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा भए पनि कोशी  र मधेस प्रदेशमा भने चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। यी दुई प्रदेशमा हावा हुरीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता…

Read More