Author: महेन्द्रनगर पोष्ट

चितवन: आइतबार साँझ ६ बजेदेखि खुलेको मुग्लिन-नारायणगढ सडकखण्ड पहिरोले फेरि बन्द भएको छ । आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको हो। पहिरो झरेकै स्थानमा एउटा मालबाहक ट्रक पनि पल्टिएको छ। ट्रक चालक सामान्य घाइते भएका छन्। उनको मुग्लिनमा उपचार भइरहेको छ। पहिरो पन्छाएर एकतर्फी सडक खुलाउने प्रयास भइरहेको छ। दुईतर्फी सडक खुलाउन ट्रक उठाउने क्रेनलाई बोलाइएको प्रहरीले जनाएको छ।

Read More

धनगढीः महाकाली सन्धिमा परिकल्पना गरिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई तिव्रता दिने सहमति भएको छ। नेपाल र भारत सरकारका सम्बन्धित अधिकारीहरुले तीन महिनाभित्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई छिट्टै अन्तिम रुप दिन यसअघि द्विपक्षीय छलफललाई तीव्रता दिने सहमति भइसकेको हो। पञ्चेश्वर विकास प्राधिकरणले अन्तिम डिपीआर दुवै सरकारलाई बुझाउनेछ। पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको लागि आवश्यक पर्ने वित्तिय व्यवस्था गर्न दुई देशका सरकारहरु र सम्बन्धित निकायहरुले गर्ने गरी समझदारी भएको छ। दुवै सरकारले डिपीआर स्वीकृत गरेपछि एक वर्षभित्र कार्यान्वयनको ढाँचा टुङ्गो लगाइने समझदारी समेत भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा यस्तो समझदारी भएको भारत सरकारको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।…

Read More

दार्चुलाः दार्चुलाको एक स्कुलमै बालकको मृत्यु भएको छ। जिल्लाको अपि हिमाल गाउँपालिकाको वडा नम्बर–६ धङकङ छिपुलाकेदार मावि कक्षा ५ मा अध्ययनरत विद्यार्थीको स्कुलको कम्पाउण्डबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आइतबार विद्यालयमा खेलिरहेका बेला मानसिह महताका छोरा अन्दाजी १२/१३ वर्षीय समिर महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए। स्कुलको कम्पाउण्ड नजिकै खेलिरहेका उनी लडेर झण्डै ५०/६० मिटर तल खसेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

कैलाली: कैलालीमा गाउँपालिकाको केन्द्रलाई लिएर भएको विवादमा वडाध्ययक्ष कुटेको आरोपमा ४ जना पक्राउ परेका छन्। केन्द्र सारिएको विरोधमा भइरहेको आन्दोलनमा वडा नम्बर ७ का वडाध्यक्ष नवराज कठायतलाई कुटेको आरोपमा ४ जना पक्राउ परेका हुन्। आफूमाथि कुटपिट गरेको भन्दै वडा नम्बर ७ का वडाध्यक्ष नवराज कठायतले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माले बताए। उनले ज्यान मार्ने उद्योगमा वडाध्यक्षले दिएको किटानी जाहेरीका आधारमा चार जनालाई पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार पक्राउ परेका मध्ये दुई जनाको नाम किटानी जाहेरीमा उल्लेख छ भने अन्य दुई जनालाई सोधपुछका लागि पक्राउ गरिएको…

Read More

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेस प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।  भोलि मंगलबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।  मधेस प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित दुई युवती पक्राउ परेकी छन्। जिल्लाको धनगढी उप–महानगरपालिका–२ ट्राफिक चोकबाट शंका लागी चेकजाँच गर्दा ३०० मिलिग्राम लागूऔषधसहित सोहि पालिका–३ कि १९ वर्षीया सिर्जना चौधरी र वडा नम्बर–४ कि २३ वर्षीया पुजा रानालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरेको हो।

Read More

धनगढीः कैलालीमा एक घरमा आगलागी भएको छ। जिल्लाको टिकापुर नगरपालिका–९ रोहनीभुजीका ३५ वर्षीय आशाराम चौधरीको दुइ तले चार कोठे जस्तापाताले छाएको कच्चि घरमा आगलागी भएको हो। आगलागी हुँदा घरभित्रको अन्नपात, लत्ताकपडा, भाँडाकुडा गरि अनुमानित दुई लाख ५० हजार बराबरको समान जलि नष्ट भएको छ। आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

Read More

काठमाडौँ – नेपाली काँग्रेसले कोसी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभापति उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ। कोसी प्रदेश कार्यसमितिको आइतबार बसेको बैठकले थापालाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेको एक नेताले जानकारी दिए । नेकपा (एमाले)को नेतृत्वमा रहेको सरकार ढलेपछि सत्ता साझेदार दलहरूबीच कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा छलफल चलिरहेका वेला काँग्रेसले मुख्यमन्त्रीमा थापालाई अगाडि बढाएको हो। सभापति थापाको अध्यक्षतामा बसेको बैठकमा उपसभापति रायमाझी र टङ्क राई, महामन्त्रीहरू भूपेन्द्र राई र टङ्क थापा, सहमहामन्त्रीहरू विनोदकुमार बस्नेत, खड्ग फागो र प्रमीला गच्छदार साथै कोषाध्यक्ष राजेश गुप्ता सहभागी थिए। काँग्रेसले कोसीमा नयाँ सरकार गठनको गृहकार्य सुरु भएसँगै दलहरूले आ-आफ्नै नेतृत्वमा सरकार बनाउन कसरत…

Read More

धनगढी : कैलालीमा वन मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका–१ का ७२ वर्षीय चक्रबहादुर छन्त्याल पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यलय कैलालीबाट खटिएको प्रहरी टोलीले घरबाटै आइतबार पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत कैलालीले २०५९ पौष ३ गते वन मुद्धामा छ महिना सजाय तोकेको थियो। उनलाई कारवाहीका लागी अदालतमा पेस गरेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ : आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले युएईमाथि तीन विकेटको जित निकालेको छ । १८२ रनको लक्ष्य पछ्याएको नेपालको जितमा दीपेन्द्रसिंह ऐरी नायक बने । सुरुआत र मध्य क्रममा जर्मराएको नेपालको ब्याटिङमा ऐरीले सम्हालिएको प्रदर्शन गर्दै सात चौका र दुई छक्काको मद्दतमा ८५ बलमा ७९ रन बनाए । उनलाई सन्दीप लामिछानेले २३ रनसहित साथ दिए । यसबाहेक नेपालका लागि ओपनर कुशल भुर्तेलले ५९ बलमा ३५ रन बनाए । यस्तै, ज्ञानेन्द्र मल्लले २२ बलमा १३ रन र गुल्शन झाले २४ बलमा १२ रन बनाए । अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । त्यसअघि, हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा टस…

Read More