Author: महेन्द्रनगर पोष्ट

रौतहट: रौतहटको मौलापुरमा गत शुक्रबार आमा छोरीको रहस्यमय मृत्युका सम्बन्धमा रौतहट प्रहरीले अनुसन्धान गरिरहेको छ । मौलापुर नगरपालिका–४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही शुक्रबार राति घरमै मृतावस्थामा शव फेला परेका थिए । आरुहीको शव पङ्खामा झुन्डिएको तथा कविताको शव घरबाट बाहिरिने सिँढीमुनि फेला परेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले बताए । उनका अनुसार मृतक कविताका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साह घटनापछि फरार छन् । कविताकी सासू र जेठानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । कविताको माइती पक्षले दाइजोको निहुँमा उनको हत्या गरिएको आरोप लगाएको छ । उनको…

Read More

धनगढीः धनगढीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेलबाट धनगढी–९ का २२ वर्षीय विशेष योगी र २३ वर्षीय रमेश जोशी पक्राउ परेका प्रहरीले बताएको छ । योगीले चलाएको सु.प.प्र.०१००८ प ११०९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलको भाइजरमा २ ग्राम ५०० मिलिग्राम लागुऔषध लुकाइ राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर अनुसन्धानका गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

छेन्दु: उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज भूकम्पपछि पुनःनिर्माण गरिएको सिचुवान प्रान्तको वान चोन काउन्टीको अवलोकन गरेका छन् । सिचुवान प्रान्तमा २००८ मा गएको ८ रेक्टर स्केलको भूकम्पमा वान चोन क्षेत्रमा ठूलो क्षति भएको थियो । चीनले छोटो समयमै पुनःनिर्माण सम्पन्न गरी क्षतिग्रस्त संरचनालाई सुरक्षित राखेको छ । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले भूकम्पबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरे । चीनले सो संरचनालाई एकत्रित गरेर पर्यटकीयस्थलका रूपमा विकास गरेको छ । सो भूकम्पमा परी करिब ७० हजार नागरिकको ज्यान गएको थियो । भूकम्पबाट क्षतिग्रस्त क्षत्रमा भएको पुनःनिर्माण तथा भूकम्पको अध्यान अवलोकन गर्नका लागि वार्षिक ३० लाख मानिस पुग्ने गरेका छन्…

Read More

एजेन्सी: अफ्रिकी देश केन्यामा लरी दुर्घटना हुँदा कम्तिमा ४८ जनाको ज्यान गएको छ । ३० जना भन्दा धेरै घाइते भएका छन् । हिजो बेलुका सिपिङ कन्टेनर बोकेर आएको लरी केन्याको पश्चिमी क्षेत्र लोन्डिआनीको रिफ्ट उपत्यका नजिकै अनियन्त्रित हुँदा सडक छेउछाउमा पार्किङ्ग गरिएका अरु धेरै गाडीसँग ठोक्किएर दुर्घटना भएको स्थानीय प्रहरीको भनाइ छ । लरीले पैदल यात्रु तथा ६ वटा भन्दा धेरै गाडीलाई कुल्चेको अलजजिराले जनाएको छ । ज्यान गुमाउनेमा पैदल यात्रुसहित युवा तथा व्यवसायी रहेका छन् । ठक्कर दिएका बस, ट्रक, कार र मोटरसाइकलका टुक्राहरु छरीएका छन् । केन्याका राष्ट्रपति विलियम रुटोले दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । केन्यामा ठूला…

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषध खैरो हिरोइन र चरेशसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–७ हल्दुखालबाट सोही ठाँउका २६ वर्षीय विकास चन्दसहित तीन जनालाई पक्राउ परेका हुन् । उनीहरुको साथबाट खैरो हिरोइन ७.७३ ग्राम, चरेश ८.७० ग्राम, ४ थान मोबाइल र नगद २० हजार ८ सय बरामद गरिएको प्रहरीले बताएको छ । लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

Read More

डोटी: डोटीमा पानी ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ गैरागाउँका अम्मर मलासीका १० वर्षीय छोरा दिपेश मलासीको मृत्यु भएको प्रहरीले बताएको छ । उनी सोही ठाउँमा निर्माणाधीन सरुवा रोग नियन्त्रण अस्पतालको पानी जम्मा गर्ने ट्याङकीमा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Read More

बैतडी: बैतडी घर भएका २३ वर्षीय रोहित जोशी(लायन)को भारतमा मृत्यु भएको छ । जिल्लाको पुर्चाैँडी नगरपालिका-१ डाडाकोटका जोशीको मोटरसाइकल दुर्घटनामा परी भारतमा मृत्यु भएको हो । मोटसाइकल पछाडि सवार जोशीको मुम्बैबाट दिल्लीतर्फ जाँदै गर्दा दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको उनका आफन्तले बताएका छन् । जोशी म्युजिकल भिडियोको अडिसनका लागि भारत गएका बताइएको छ । उनले केही नेपाली म्युजिक भिडियोमा काम गरेका छन् ।

Read More

काठमाडौँ: काठमाडौँ उपत्यकामा पछिल्लो समयमा वैदेशिक रोजगारको नाममा, शैक्षिक कन्सल्टेन्सी तथा शैक्षिक परामर्शका नाममा, अनलाइन सामान बेचबिखन र सामाजिक सञ्जालमा विभिन्न प्रलोभन पार्ने हिसाबले ठगी भएको प्रहरीले जनाएको छ । प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले काठमाडौं जस्तो देशको राजधानीमा ठगी र चेक बाउन्सको अपराध बढेको बताए। एसएसपी कार्कीले पढेलेखेका र व्यवसाय गरेका नागरिकलाई अनपढ र व्यवसाय नगर्ने व्यक्तिहरूले ठगी गरिरहेको बताएका छन् । ‘नक्कली डाक्टरले सक्कली डाक्टर ठग्ने, व्यवसाय नगरेको व्यक्तिले व्यवसायी ठग्ने खालको प्रवृत्ति देखिएको छ,’ एसएसपी कार्कीले भने । आर्थिक वर्ष २०७९/०८० मा काठमाडौँ प्रहरीमा मात्रै ८ हजार ४ सय ४२ चेक अनादरका उजुरी परेको छन् ।…

Read More

धनगढीः धनगढीमा घरको छतबाट लडेर एक महिलाको ज्यान गएको छ। आज (शनिबार) बिहान धनगढी उपमहानगरपालिका–३ बिशालनगरका रमेश सार्कीकी श्रीमती ३८ वर्षीया दिलसरा सार्कीको आज बिहान मुत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीले सार्की आफ्नै एक तले घरको छतमा सुतिरहेको बेलामा एक्कासी खसेकी थिइन्। उनी घर अगाडी बरण्डामा खस्नगई घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। शुक्रवार राति बेलौरी नगरपालिका-१० सडकघाटबाट प्रहरीले ३.१७ ग्राम लागुऔषधसहित दुई जना युवालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कञ्चनपुरको झलारी बस्ने भरत सिंह र नरेन्द्र ठगुन्ना रहेका छन। यी दुई जनालाई प्रहरी चौकी भुडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक राम सिंह फरालको कमाण्डमा खटिएको टाेलीले गोप्य सुचनाका आधारमा पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथमा रहेको सु प प्र ०२००३ प ७९७६ नम्बरको अपाची मोटरसाइकल पनि बरामद गरेको जनाएको छ।

Read More