Author: महेन्द्रनगर पोष्ट

डोटीः कैलालीको चुरेमा काठको गुलियासहितका ६ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। डोटीदेखि आइरहेका सालको काठसहित ६ ओटा ट्रक कैलालीबाट नियन्त्रणमा लिइएको हो। डोटीको बडिकेदार गाउँपालिका–२ को हरियाली सामुदायिक वनको (६७१.९२ क्यु फिट) र जनमुखी सामुदायिक वनको (२२४८.३४ क्यु फिट) सालको गोलिया कैलालीको चुरे गाउँपालिका–१ चोट्टेको बाटो हुँदै आइरहेका थिए। उक्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बिपीनगर डोटीबाट खटिएको टोलीले कैलालीको चुरे–१ बाट पक्राउ गरेको हो। ना ५ ख ८००७, ना ४ ख ८३१९, लु २ ख ५१०३, सु.प.प्र.०१००१ ख २९९६, ना ७ ख २६१५ र से १ ख १५७४ नम्बरको ट्रकलाई सालको गोलिया लोड गरिएको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको…

Read More

धनगढीः धनगढीमा लागुऔषधसहित हेम सिंह साउद पक्राउ परेका छन्। बुधवार राति धनगढी उपमहानगरपालिका–२ व्यारेलबाट गोदावरी नगरपालिका–१ का २४ वर्षीय साउदलाई पक्राउ गरिएको हो। उनीमाथि शंकालागि चेकजाँच गर्दा १ ग्राम ८६० मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला पारेको कैलाली प्रहरीले जनाएको छ। प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिइएको प्रहरी टोलीले साउदलाई नियन्त्रणमा लिएको जनाइएको छ। 

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लाष्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ । महानगर प्रमुख बालेन साहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साउन १ गतेदेखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने, प्लाष्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाउने र यसको कार्यान्वयनलाई प्रभावकारी बनाउने बताएका हुन्।

Read More

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट छनोटमा आज नेपालले पूर्वविश्व च्याम्पियन वेष्टइन्डिजसँग खेल्दैछ। ओडिआईमा नेपालले सामना गर्न लागेको वेष्टइन्डिज अहिलेसम्मकै बलियो प्रतिद्वन्द्वी हो। नेपालले दुईपटकको एकदिवसीय तथा दुई पटकको टी–ट्वान्टी विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग पहिलो पटक खेल्ने भएको हो। खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ । नेपालले पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो। नेपालको लागि यो ऐतिहासिक अवसर भएको प्रशिक्षक मोन्टी देशाई र कप्तान रोहित पौडेलले बताएका छन्। समूह ‘ए’ मा आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजले अमेरिकालाई हराएको थियो भने नेपाल जिम्बावेसँग पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई हराएको थियो। लगातार दोस्रो जितसँगै जिम्बावे ४ अंकसहित तालिकाको…

Read More

दार्चुला : दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ राताकाठामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। लेकम-५ राताकाठा बस्ने अन्दाजी ३२ वर्षीया नन्दादेवी (कलावती) बोहराको बुधबार विहान गोठालो गएको बेला घर नजिकैको भिरबाट लडेर मृत्यु भएको मृतकका आफन्त केशव बोहराले बताए। राताकाठा भिरबाट लडेको दिउँसो मात्रै थाहा पाएको र घटनास्थलमा पुग्दा मृत अवस्थामा फेला परेको उनले बताए।

Read More

बैतडीः बैतडीलाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। सदरमुकामस्थित गोठलापानीमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। जिल्लाका १० वटै स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाइसकेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।  पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणाका लागि १६ देखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाएको हुनुपर्दछ। उक्त उमेर समूहका १५ हजार २१ बालबालिकाले खोप तालिकाअनुसार खोप पाइसकेका छन्। 

Read More

काठमाडौँ: हाल मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित कोशी र बागमती प्रदेशका तराईका भू-भागमा सामान्य बदली रही देशका बाँकी भू-भागमा  आंशिक देखि सामान्य बदली  रहेको छ। साथै देशका थोरै स्थानहरूमा चट्याङ्गसहित  मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती तथा गण्डकी  प्रदेशका…

Read More

काठमाडौँ : नेपाल मेडिकल काउन्सिलको लोगो किर्ते गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । स्वीकृति बिना काउन्सिलको लोगो, नाम तथा प्रश्नपत्रको ढाँचा प्रयोग गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्की घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका २४ वर्षीय नवीन पौडेल र आशिष अधिकारी भएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा आज उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान एवम् कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Read More

धनगढी : कैलालीमा प्रहरीले बेवारिसे अवस्थामा सामान फेला पारेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–३ मिलन चोकमा भारतबाट भन्सार छली अनुमानित १५ हजार मुल्य बराबरका सामान ललिपप, चिनी, विडि, पेठामिठाई लगयतका सामानहरु बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

Read More

काठमाडौं : टिभी सिरिज ‘तारक मेहताका उल्टा चश्मा’बाट चर्चित भारतीय अभिनेत्री मुनमुन दत्त यतिबेला काठमाडौं घुमघाममा ब्यस्त छिन् । ‘तारक मेहताका उल्टा चश्मा’ सिरिजमा उनी बबिता जी पात्रको भूमिकामा छिन् । नेपालमा समेत चर्चित यो सिरिजमा उनले लामो समयदेखि अभिनय गरिरहेकी छन् । उनले पशुपतिनाथ, बौद्ध, भक्तपुर लगायतका पर्यटकीय थलो घुमघामका तस्वीर सेयर गरिरहेकी छन् । भारतको पश्चिम बंगालमा जन्मिएकी अभिनेत्री दत्तले कमल हसनको फिल्म ‘मुम्बई एक्सप्रेस’बाट फिल्ममा अभिनय थालेकी थिइन् । होलिडे उनको अर्को चर्चित फिल्म हो ।

Read More