Author: महेन्द्रनगर पोष्ट

बारा: बोक्सीको आरोपमा बाराको पचरौता नगरपालिका–२ श्रीनगर बैरियामा एकल महिलामाथि निर्धात रूपमा कुटपिट गरी कपाल मुण्डनसमेत गरिएको छ। स्थानीय भोला मिया अन्सारी, ओजिर मिया अन्सारी र भोलकी श्रीमतीले छिमेककी ५६ वर्षीया हिरवादेवी लोहारिनलाई बोक्सी आरोपमा आइतबार राति घरमै पुगेर कुटपिटसहित दुव्र्यवहार गरेका हुन्. बोक्सी आरोपमा महिलामाथि कुटपिट हुँदै गरेको खबर पाएपछि गाउँकै प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजीव सिंहको टोली पुगेर भोलालाई नियन्त्रणमा लिएको वडा अध्यक्ष मनोज यादवले बताए। अर्का आरोपित ओजिर र भोलाकी श्रीमती भने फरार बनेका छन्। कुटपिटबाट लोहारिनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। हाल उनको कलैयास्थित राजलक्ष्मी अस्पतालमा उपचार भइरहेको छ।

Read More

धनगढी: परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण आगामी भदौ (सेप्टेम्बर) मा हुने बताएका छन्। हिजो धनगढीमा नेपाल प्रेस कैलालीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्रीको चीन भ्रमणबाट सकारात्मक फाइदा लिनुपर्ने धारणा राखे। उनले भने, ‘चीनको विकासको छलाङबाट हामीले सकारात्मक फाइदा लिनुपर्छ।’ मन्त्री साउदले यसअघि प्रधानमन्त्रीको भारत भ्रमणका बेला भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सहमति हुनु ऐतिहासिक उपलब्धि भएको बताए। बिजुलीको बजार उपलब्ध भएको र अब त्यस अनुसारको काम गर्न सक्नुपर्ने उनले बताए। उनले बङ्गलादेशमा पनि ५० मेगावाट बिजुली बेच्ने सहमति हुनु सकारात्मक उपलब्धि भएको बताए। उनले भारतले चाँडै छोटो एयर रुट दिन सहमति…

Read More

कैलाली: कैलालीको जोशीपुर गाउँपालिका-३ फाडियास्थित सरस्वती मावि लक्कड-मनिकापुरमा प्रधानाध्यापक को बन्ने विषयमा विवाद भइरहेको छ। विद्यालयका प्रधानाध्यापक मोहनलाल कुस्मी केही समय पहिले सेवा निवृत्त भएपछि विवाद भएको हो। उनी विद्यालयकै शिक्षक धनबहादुर चौधरीलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएर सेवाबाट बिदा लिएका थिए। तर, जुनियरले जिम्मेवारी पाएको भन्दै विद्यालयका शिक्षकहरूले नै असन्तुष्टि जनाए। उनीहरूले धनबहादुरको स्थानमा विश्वनाथ शाहले जिम्मेवारी पाउनुपर्ने भन्दै विवाद गरे। विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कैलाश डगौराले पनि उनीहरूकै पक्ष लिएका छन्। त्यस्तै जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीले समेत अनावश्यक हस्तक्षेप गरेको डगौराले बताए। उनले सादा पानामा हस्ताक्षर गरेर धनबहादुरका नाममा सहमति जनाउन दबाव दिएको बताइएको छ। उनी भन्छन्, ‘उहाँले…

Read More

काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा चट्याङ्ग सहितभारी वर्षाको समेत सम्भावना रहेको छ।  राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना…

Read More

धनगढी: गायक प्रमोद खरेल नसर्ने रोग तथा लागुऔषध नियन्त्रण अभियान तथा स्वास्थ्य प्रबर्द्धनको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका छन्। आज (सोमबार) प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रले उनलाई एम्बेस्डरमा नियुक्त गरेको हो। केन्द्रका प्रमुख हेमराज खड्काले खरेललाई नियुक्त गरिएको जानकारी दिए।

Read More

सरकारी मुखपत्रको रुपमा रहेको नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभ्ने विधेयक संसदको दुवै सदनबाट पारित भइसकेको छ । यही बेला नेपाल टेलिभिजनमा करारका पत्रकारले सिंहदरबारस्थित समाचार कक्षमै पुगेर आक्रमण गर्न खोज्दा स्थायी र वरिष्ठ पत्रकार ज्यान जोगाइपाऊँ भन्दै निवेदन हाल्न बाध्य भएका छन् । रेडियोमा साताैँ तहको निवृत्तिभरणप्राप्त कर्मचारी समीरजंग शाह अहिले टेलिभिजनमा तेह्रौं तहको कार्यकारी अध्यक्ष छन् । कांग्रेस सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पहिले रेडियो नेपाल र पछि टेलिभिजनमा भर्ती गरेका हुन् । उनी आएपछि २५ करोड आम्दानी घटेको हिसाब लेखा शाखाले निकालेको छ । समीरले ३१ जना पत्रकार र अरुलाई करारमा जागिर दिएका छन् ।…

Read More

जनकपुरधाम : जनकपुरधामकी एक महिलालाई आफ्नै परिवारका सदस्यले विष खुवाएर हत्या गर्ने प्रयास गरेको पाइएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ थापाचोक निवासी बेचन यादव र उनका परिवारका सदस्यले आफ्नी २१ वर्षीया बुहारी दुर्गादेवीलाई टिकटक बनाएको निहुँमा विष खुवाएर हत्या गर्ने प्रयास गरेको बताइएको छ । विष सेवन गरेको भनी असार १० गते राति २ बजेतिर दुर्गाका पति रामबाबु र देवर सुनिलले सिकिस्त अवस्थामा अस्पताल पुर्याएका थिए । तर, होसमा आएपछि दुर्गाले पत्रकार र मानव अधिकारकर्मीसमक्ष आफूलाई ससुराले कुटपिट गरी विष खुवाएको बताएकी छिन् । ससुराले टिकटक किन बनाइस् भन्ने निहुँमा पिठ्युँमा मुक्काले हिर्काएर कोठामा थुनेर कुटपिट गरेको बताउँदै दुर्गाले…

Read More

धनगढीः जबरजस्ती करणीमा परेर आत्महत्या गरेकी अस्मि बोहराको न्यायका लागि अत्तरियाका युवा सडकमा उत्रिएका छन्। गोदारी नगरपालिका वडा नम्बर ४ बसन्तपुरका भक्तबहादुर बोहराकी छोरी १८ वर्षीया अस्मि बोहरा जबरजस्ती करणीमा परेपछि यही असार ९ गते देहत्याग गरेकी थिइन्। यस विषयमा अनुसन्धान गर्दै जाँदा उनी जबरजस्ती करणीमा परेर मृत्युको बाटो रोज्न पुगेको खुलेको छ। अस्मिकोे न्यायका लागि आफन्त र युवाहरुले अत्तरियामा प्रदर्शन गर्दै आएका छन्। असार ९ गते आफ्नै घरमा मृत फेला परेकी अस्मिलाई देहत्याग गर्न बाध्य पार्नेलाई कारबाहीको माग गर्दै आज पनि आफन्त तथा युवाहरुले अत्तरियामा प्रदर्शन गरेका छन्। नेपालगंजमा अध्ययनरत अस्मिमाथि नेपालगंजमै जबरजस्ती करणी भएको र कसैलाई भने ज्यान…

Read More

काठमाडौँ : नेपाल आयल निगम लिमिटेडले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट असार १६, २०८० मा प्राप्त नयाँ खरिद मूल्यसूचीका सन्दर्भमा निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल तथा डिजेल र मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रति लिटर ७,५०,६ र ५ रुपैयाँले घटाइएको छ । अब काठमाडौं‚ पोखरा र दिपालयमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्ने छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्ने छ । विराटनगर, जनकपुर, वीरगञ्जसहित…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) भरत चौधरीले सारा नेपाललाई लागुऔषधमुक्त बनाउनुपर्ने बताएका छन्। उनले धनगढीमा आज राति एक कार्यक्रममा बोल्दै यस्तो कुरा बताएका हुन्। उनले अहिले सुदूरपश्चिमसहित देशकै समस्याको रुपमा लागुऔषध दुर्व्यसन रहेको बताए। यस्तै यो समस्या समाधान तथा लागुऔषध नियन्त्रणका लागि सबैजना लाग्नुपर्ने बताए। उनले भने, ‘सिंगो देश अहिले लागुऔषधको जालोमा छ। समस्या छ, अहिले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय लागुऔषध नियन्त्रणमा लागेको छ। हामीले धनगढीमा त्यसका लागिसुधार केन्द्र खोल्ने कुरा पनि गरिरहेका छौं।’ यस्तै सबै नागरिकले लागुऔषध सेवन गर्नेहरु र बेचविखन गर्नेहरूको बारेमा प्रहरीलाई सूचना दिएर सहयोग गरे देश लागुऔषधमुक्त बन्ने दाबी गरे।

Read More