Author: महेन्द्रनगर पोष्ट

दार्चुला : दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ राताकाठामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। लेकम-५ राताकाठा बस्ने अन्दाजी ३२ वर्षीया नन्दादेवी (कलावती) बोहराको बुधबार विहान गोठालो गएको बेला घर नजिकैको भिरबाट लडेर मृत्यु भएको मृतकका आफन्त केशव बोहराले बताए। राताकाठा भिरबाट लडेको दिउँसो मात्रै थाहा पाएको र घटनास्थलमा पुग्दा मृत अवस्थामा फेला परेको उनले बताए।

Read More

बैतडीः बैतडीलाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। सदरमुकामस्थित गोठलापानीमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। जिल्लाका १० वटै स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाइसकेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।  पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणाका लागि १६ देखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाएको हुनुपर्दछ। उक्त उमेर समूहका १५ हजार २१ बालबालिकाले खोप तालिकाअनुसार खोप पाइसकेका छन्। 

Read More

काठमाडौँ: हाल मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित कोशी र बागमती प्रदेशका तराईका भू-भागमा सामान्य बदली रही देशका बाँकी भू-भागमा  आंशिक देखि सामान्य बदली  रहेको छ। साथै देशका थोरै स्थानहरूमा चट्याङ्गसहित  मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती तथा गण्डकी  प्रदेशका…

Read More

काठमाडौँ : नेपाल मेडिकल काउन्सिलको लोगो किर्ते गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । स्वीकृति बिना काउन्सिलको लोगो, नाम तथा प्रश्नपत्रको ढाँचा प्रयोग गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्की घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका २४ वर्षीय नवीन पौडेल र आशिष अधिकारी भएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा आज उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान एवम् कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Read More

धनगढी : कैलालीमा प्रहरीले बेवारिसे अवस्थामा सामान फेला पारेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–३ मिलन चोकमा भारतबाट भन्सार छली अनुमानित १५ हजार मुल्य बराबरका सामान ललिपप, चिनी, विडि, पेठामिठाई लगयतका सामानहरु बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

Read More

काठमाडौं : टिभी सिरिज ‘तारक मेहताका उल्टा चश्मा’बाट चर्चित भारतीय अभिनेत्री मुनमुन दत्त यतिबेला काठमाडौं घुमघाममा ब्यस्त छिन् । ‘तारक मेहताका उल्टा चश्मा’ सिरिजमा उनी बबिता जी पात्रको भूमिकामा छिन् । नेपालमा समेत चर्चित यो सिरिजमा उनले लामो समयदेखि अभिनय गरिरहेकी छन् । उनले पशुपतिनाथ, बौद्ध, भक्तपुर लगायतका पर्यटकीय थलो घुमघामका तस्वीर सेयर गरिरहेकी छन् । भारतको पश्चिम बंगालमा जन्मिएकी अभिनेत्री दत्तले कमल हसनको फिल्म ‘मुम्बई एक्सप्रेस’बाट फिल्ममा अभिनय थालेकी थिइन् । होलिडे उनको अर्को चर्चित फिल्म हो ।

Read More

धनगढी: बैतडीको दशरथचन्द नगरपालिकाकी उप–प्रमुख कुमारी कौशिला चन्दले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिको विषयलाई लिएर माफी मागेकी छन्। अस्ती २१ जेठमा पालिकामै आयोजित जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसमा दिएको अभिव्यक्तिलाई लिएर भाइरल नै बनेकी उपमेयर चन्दले माफी मागेकी हुन्। जातीय रुपमा विभेदपूर्ण हुने अभिव्यक्ति दिएकी उनले केही दिन अटेरी गरेर जब्बर बन्न खोजेपनि आज अन्ततः क्षमा मागेकी हुन्। उनले दिएको सो अभिव्यक्तिको चौतर्फी विरोध भएको थियो। सो विषयमा महेन्द्रनगरपोष्टले समाचार पनि सम्प्रेषण गरेको थियो। तर समाचार आएपछि उनले उल्टै मिडियाले बदनाम गरेको भन्दै आरोप लगाएकी थिइन्। त्यतिमात्र होइन, उनले महेन्द्रनगरपोष्टविरुद्ध विज्ञप्ती नै निकालेकी थिइन्। तर आज बुधबार एक…

Read More

डडेल्धुरा: सशस्त्र प्रहरीको टोली नेपाल–चीन सीमाको १ नम्बर पिल्लर पुगेर फर्किएको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक(डिएसपी) इश्वरी भट्टको टोली चीन नजिक तिंकरसम्म पुगेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर छाङरुबाट १५ जनाको टोलीसहित उनी त्यहाँ रहेको १ नम्बर पिल्लरसम्म पुगेका थिए। उक्त टोलीले त्यहाँ स्थापना गरिएका तिंकर विओपीको अनुगमन तथा सरसफाई गरेको गुल्मका सूचना अधिकारी सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलले जानकारी दिए। साथै त्यहाँका स्थानीय जनतालाई सुरक्षाको प्रत्याभूति गराउन र चोरीनिकासी रोक्न गस्ती तथा पेट्रोलिङ क्षेत्र छुट्याइएको उनले बताए। यस्तै १ नम्बर पिल्लरको सुरक्षा एवम् रेखदेखसमेत गरिने व्यवस्था उक्त टोलीले गरेको पौडेलले बताए। यहि जेठ ३ गते…

Read More

काठमाडौँ : नेपाल एयरलाइन्सको एउटा न्यारोबडी जहाज ‘ग्राउन्डेड’ भएको छ । प्राविधिक समस्या आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशनमा बुधबार जहाजलाई ग्राउन्डेड गरिएको हो । नेपाल एयरलाइन्सको ९ एन-एकेएक्स सिरिजको जहाजमा समस्या आएपछि ग्राउन्डेड गरिएको नेपाल एयरलाइन्सले जनाएको छ । उक्त जहाज मर्मतका लागि भोलि (बिहीबार) भारतको हैदरावाद लैजाने तयारी गरिएको ती कर्मचारीले बताए । सोही जहाजमा एक महिनाअघि पनि जहाजमा समस्या आएको थियो ।

Read More

धनगढी : नेपाल नागरिक उड्ययन प्राधिकरणले बुधबार डोमेस्टिक उडानतर्फको फ्यूल सर्जाइकल चार्ज घटाएसँगै आन्तरिकतर्फको हवाई भाडा घटेको छ। प्राधिकरणले जारी गरेको नयाँ फ्यूल सर्जाइकल मूल्य सूचीअनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको ४४५ रुपैयाँले भाडा घटेको छ। यो सँगै काठमाडौं–धनगढीको नयाँ फ्यूल सर्जाइकल चार्ज ६ हजार ६२५ रुपैयाँमा झरेको छ। यसअघि यस गन्तव्यको फ्यूल सर्जाइकल चार्ज ७ हजार ७० रुपैयाँ रहेको थियो ।

Read More