Author: महेन्द्रनगर पोष्ट

याङ्गुन : म्यानमारको सेनाको हेलिकप्टर बिहीबार बिहान ने पाइ ताव केन्द्र शासित क्षेत्रको लुई टाउनसिपमा दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ। म्यानमारको राज्य प्रशासन परिषद्ले जनाएअनुसार तालिमका क्रममा मण्डले क्षेत्रको मिक्टिला जाँदै गरेको सेनाको हेलिकप्टर टाउनसिपको लेदारगी गाउँबाट करिब पाँच किलोमिटर दक्षिणपश्चिममा रहेको लेवे टाउनसिपमा प्राविधिक खराबीका कारण दुर्घटना भएको हो । मृत्यु हुनेमा हेलिकप्टरका पाइलट र प्रशिक्षार्थी रहेको बुझिएको छ।

Read More

काठमाडौं : नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको सदस्यमा ३९ जनालाई मनोनयन गरिएको छ । बिहीबार कांग्रेस सभापतिशेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम ३९ जनालाई सदस्यमा मनोनयन गरेका हुन् । सूचना, संचार तथा प्रचार विभागको मीनबहादुर विश्वकर्मा छन् ।

Read More

अत्तरिया : शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले बिहिबार सुदूरपश्चिम प्रदेश सभा अगाडि थाल ठटाएर प्रदर्शन गरेको छ । समितिले गेटामा स्वास्थ्य विश्वविद्यालयको माग गर्दै निरन्तर प्रदर्शन गर्दै आईरहेका छन् । विश्वविद्यालय सञ्चालनको माग गर्दै भोलि शुक्रबार दिउँसो फेरि पनि प्रदेश सभा प्रवेशद्वारमा शंक र सिट्टी बजार प्रदर्शन गरिने संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगा’ ले जानकारी दिए । शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय भएपनी बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने र एक सय शय्याको अस्पताल सञ्चालन गर्ने भनिएपछि १५ दिनदेखी आन्दोलन भईरहेको छ । आफ्नो माग सम्बोधन नभएसम्म विभिन्न…

Read More

काठमाडौँ : अवैध अनलाइन बेटिङकाे प्रचार गरेकाे आरोपमा पक्राउ परेका ८ जनादाई काठमाडौँ जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीका अनुसार उनीहरुलाई अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनीहरूलाई हिजो पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनलाइन बेटिङ एप्लिकेसनमार्फत अवैध बेटिङको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

Read More

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई स्वयंसेवाबाट खानेपानी योजना पूरा गरेकोमा बधाई दिएका छन्। डा. भट्टराईले देशमा लोप हुँदै गएको स्वयंसेवी संस्कृति प्रवर्द्धन गरेको भन्दै हर्कलाई धन्यवाद पनि दिएका छन्। नेपाली समाजमा लामो समयदेखि स्वयंसेवामार्फत स्थानीय पूर्वाधारहरू निर्माण र व्यवस्थापन हुने गरेको परम्परा रहे पनि पछिल्लो चरणमा देश किनारा पुँजीवादको जालोमा फसेर परनिर्भर हुँदै गएपछि त्यो आत्मनिर्भर संस्कृति हराउँदै गएको पनि उनले बताएका छन्। ‘हामी झन्‌झन् परनिर्भर हुँदै गएका छौँ, सानो सानो कुरा पनि मागेर/चोरेर/भ्रष्टाचार गरेर खान नलजाउने तर घरबाहिर मात्र होइन घरभित्र समेत सानोभन्दा सानो श्रम गर्न लजाउने भुइॅफुट्टा हुँदै गएका छौँ’, डा। भट्टराईले सामाजिक…

Read More

काठमाडाैं : सरकारले अब वार्षिक ४० लाख रुपैयाँभन्दा बढी कमाउने प्राकृतिका व्यक्तिको निगरानी राख्ने भएको छ । आन्तरिक राजस्व विभागले मातहतका सबै कार्यालयहरूलाई परिपत्र गरेर यस्तो निर्देशन दिएको छ । विभागले मंगलवार जारी गरेको निर्देशनमा वार्षिक ४० लाख रुपैयाँभन्दा वा सोभन्दा बढी आय भएका प्राकृतिक व्यक्तिसँग कानूनअनुसार कर लिन भनिएको छ । विभागका अनुसार कतिपय करदाताको विवरण ४० लाख रुपैयाँभन्दा बढी आय भएको देखिएको तर अग्रिम कर कट्टी नभएको देखिएको छ । अग्रिम कर कट्टी गरेका तर आय विवरण पेश नगर्ने करदाताको पहिचान गरेर कानूनअनुसार कर लगाउन विभागले यस्तो निर्देशन जारी गरेको हो । विभागले वार्षिक ४० लाख रुपैयाँभन्दा बढी…

Read More

सुखड : कैलालीमा ९ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका–३ बुटकुवाका ९ वर्षीय अमर बि.क.को पौडी खल्ने क्रममा नदिमा डुबेर मृत्यु भएको हो। बुधवार घर नजिकैको काँडा नदिमा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबी बेहोस भएका उनको बर्दगोरिया अस्पताल बौनियामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौँ : केही दिनदेखि लागेको चर्को घामका कारण करोडौँको ड्रागन फ्रुट नस्ट भएको छ। तापक्रम बढेसँगै फूल फुल्दै गरेका र फल लागेका ड्रागन फ्रुट बोटमै कुहिएका छन्। तीन पटक (लट) सम्मको फल कुहिन थालेपछि व्यावसायिक ड्रागन किसान मार्कामा परेका छन्। चर्को घाम, पानी र हावाहुन्डरीबाट जोगाउनुपर्ने खेती भएकाले जेठ १५ देखि बढ्दै गएको तापक्रमका कारण व्यावसायिक किसान निराश बनेका हुन्। यस वर्षको चर्को घाम र हुन्डरीले पथरी शनिश्चरे–६ का पूर्व वडाध्यक्ष जयबहादुर तामाङले सञ्चालन गरेको पूर्वाञ्चल मल्टिपल एग्रिकल्चरमा करिव पाँच देखि सात लाखसम्मको ड्रागन क्षति गरेको छ। ‘पहिलो पटक सुरु गरेको खेतीमा हावाहुन्डरी र तापक्रमले समस्या देखियो’, तामाङले भने। ड्रागनको…

Read More

बैतडीः बैतडीमा सामुदायिक वन अतिक्रमण गरेर बनाइएका संरचनाहरु डोजर लगाएर भत्काइएको छ । जिल्लाको मेलौली नगरपालिकामा रहेका दुई सामुदायिक वनमा अतिक्रमण गरेर बनाइएका २७ ओटा घरहरु भत्काइएका डिभिजन वन कार्यालय बैतडीका प्रमुख भिम प्रशाद कंडेलले जानकारी दिए । वन कार्यालयले यस अघि पटक पटक गरेर एक महिनासम्म सूचना जारी गरेर पनि संरचना नहटाएपछि डोजर लगाएर अवैध संरचना हटाइएका हुन् । जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र मेलौली नगरपालिका, सुरक्षा निकायको संयुक्त टोलीले मेलौली ७ चापछाड सामुदायिक वन र ८ को कोटीगाउँ सामुदायिक वन अतिक्रमण गरि बनेका २७ घर भत्काइएका कंडेलले बताए ।

Read More

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले फेरि भारतमा ठूलो मात्रामा विद्युत् निर्यात सुरु गरेको छ । पछिल्ला हप्तामा वर्षातसँगै नदीमा पानीको सतहमा भएको वृद्धिका कारणले विद्युत् निर्यात सुरु भएको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार विगत ५ दिनदेखि ३०० मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ । अब नेपालमा मनसुन प्रवेश गरेकाले असार महिनाभर नै विद्युत् निर्यात गर्न सकिने अनुमान गरिएको छ । असारपछि मंसिरसम्म त झन् ठूलो मात्रामा विद्युत् निर्यात गर्नुपर्ने प्रक्षेपण छ । प्राधिकरणले औसत प्रतियुनिट भारु ५.२४ अर्थात् ८ रुपैयाँ ३८ पैसामा भारतलाई बिजुली बेचिरहेको छ । भारतबाट केही समयका लागि माग व्यवस्थापन गर्न दैनिक १ हजार मेगावाट आवर…

Read More