Author: महेन्द्रनगर पोष्ट

कैलाली: रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएपछि असार १५ सम्म सुदूरपश्चिम प्रदेशमा बर्खे धान बालीको खेती गरिने मध्ये ६० प्रतिशत जग्गामा धान रोपाइँ गर्न बाँकी छ । आकाशको पानीको भरमा रोपाइँ गर्नुपर्ने खेतमा यस वर्ष अहिलेसम्म पर्याप्त वर्षा नभएपछि धेरै जग्गामा रोपाइँ गर्न ढिलाइ भएको हो । कृषि निर्देशनालय दीपायलका निर्देशक यज्ञराज जोशीले असार १५ सम्म प्रदेशमा धान खेती गरिने जग्गामध्ये ४० प्रतिशत जग्गामा रोपाइँ सकिएको जानकारी दिए । पहाडी जिल्ला बैतडी र दार्चुलामा सबैभन्दा बढी ७२ प्रतिशत जग्गामा रोपाइँ भइसकेको छ । प्रदेशमा सबैभन्दा बढी क्षेत्रफलमा धानखेती गरिने कैलालीमा २४ प्रतिशत जग्गामा रोपाइँ हुन सकेको छ । “रोपाइँ गर्न पुग्नेगरी…

Read More

कञ्चनपुरः कञ्चनपुरमा प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माण हुने भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ स्थित अमरपुरमा प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माण हुने भएको हो। प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको हो। अमरपुरमा करिब ३ विघामा १ सय शैयाको अस्पताल निर्माण हुनेछ। अस्पतालको डीपिआरलगायतको काम गर्न आयुर्वेद विभागले ३ करोड बजेट विनियोजन गरेको प्रादेशिक आयुर्वेदक निर्देशनालय कैलालीका निमित्त निर्देशक सूर्य उपाध्यायले बताए। दुई वर्ष अगाडी सरकारले ७ वटै प्रदेशमा आयुर्वेद अस्पताल निर्माण गर्ने निणर्य गरेको थियो। सुदूरपश्चिममा शुक्लाफाँटा आयुर्वेदिक अस्पताल निर्माणका लागि छनौट भएको थियो। जग्गा प्राप्त नहुँदा अस्पताल निर्माणमा ढिलाइँ भइरहेको थियो।

Read More

बैतडी: बैतडी प्रशासनले शिल गरेको मेडिकल जानकारीबिना पुनः सञ्चालन गरेको आरोपमा एकजना पक्राउ परेका छन्। बैतडीको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक राम सागर शाहकी पुतारी(श्रीमती) श्यामा शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालयले गत जेठ दोश्रो साता अवैध ठहर गर्दै उक्त श्यामा क्लिनिक शिल गरेको थियो। अवैध रुपमा क्लिनिक सञ्चालन गरी समान्य स्वास्थ्य शिक्षा समेत हासिल नगरेकी (ननमेडिकल पर्सन) श्यामा शाहले बिरामी जाच्नेदेखि औषधी बिक्रि वितरण गर्ने गरेको पाइएपछि मेडिकल शिल गरिएको थियो। तर पुनः मेडिकल सञ्चालन गरिएपछी शुक्रबार श्यामालाई नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीले जानकारी दिए।

Read More

डडेल्धुरा: डडेल्धुरामा भिरबाट लडेर एक किशोरको ज्यान गएको छ। जिल्लाको परशुराम नगरपालिका- ३ भट्वाडिका अन्दाजी १८ वर्षीय राम बोहराकाे भिरबाट लडेर मृत्यु भएको हो।लडेर घाइते भएका बोहराकाे उपचारका लागि जाेगबुडा अस्पताल लग्दै गर्दा बाटाेमै मृत्यु भएको परिवार स्रोतले जनाएको छ। बोहरा भागेश्वर मावि कटालमा कक्षा ११ मा अध्ययनरत थिए।

Read More

चितवन: नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो। सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो। पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। त्यहाँ हजारौं यात्रु अलपत्र परेका छन्। पहिरो पन्छाउने काम सुरु गरिएको छ।

Read More

काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली  रही गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा  बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै  गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

Read More

छेन्दु (चीन) : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका विभिन्न विमानस्थलमा हवाइ उडानको सङ्ख्या वृद्धि गर्न सिचुवान एयरलाइन्सका पदाधिकारीसँग आग्रह गरेका छन्। सिचुवान एयरलाइन्सका अध्यक्ष श्र चुइसँग आज भएको भेटमा उनले छेन्दुबाट काठमाडौँमा उडान सङ्ख्या बढाउन तथा पोखरा र भैरहवा विमानस्थलमा नियमित उडान गर्न आग्रह गरे। सम्पर्क सञ्जालको बढोत्तरीसँगै दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने उल्लेख गर्दै उनले भने, ‘यसअघि छेन्दु-ल्हासा-काठमाडौँ उडान थियो, अहिले छेन्दुबाट काठमाडौँ सिधा उडान भएको छ। छेन्दु-काठमाडौँको उडान सङ्ख्या वृद्धि तथा छेन्दुबाट भैरहवामा नियमित उडान गर्न सकियो भने कनेक्टिभिटी बढाउँछ, यसले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुन्छ।’ नेपाल र चीनबीच आर्थिक तथा सांस्कृतिक सम्बन्ध निकै प्रगाढ…

Read More

धनगढीः क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलकी वर्षा ओली चौथो संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ को वर्ष खेलाडी घोषित भएका छन्। खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना शुक्रबार धनगढीमा सम्पन्न अवार्डमा दुबै जनाले उक्त अवार्ड हात पारेका हुन। दीपेन्द्रले एथलेटिक्सका शिवराज पार्की र कबड्डीका प्रकाश गिरीलाई पछि पार्दै उक्त अवार्ड हात पारेका हुन्। यस्तै महिलातर्फ उत्कृष्ट खेलाडी बनेकी वर्षा गतवर्ष नेपाललाई पहिलो पटक यु १५ साफ च्याम्पीयनसीपको उपाधि जिताउँदा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन्। यस्तै सुदूरपश्चिम वर्षको अवार्ड युवा खेलाडी क्रिकेटका हेमन्त धामीले जिते। धामीले भारोत्तोलनका हेमन्त पाल र क्रिकेटकी अनु कडायतलाई पछि पारे। हेमन्तले गतवर्ष नेपाललाई यु १९ विश्वकप क्रिकेटमा…

Read More

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को सदस्य सङ्ख्या नौ करोड ८४ लाख पुगेको छ । सन् २०२२ को अन्त्यसम्ममा पार्टीका सदस्यहरू झन्डै १० करोड पुगेका समाचार संस्था सिन्ह्वाले जनाएको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको सङ्गठन विभागले गरेको घोषणाअनुसार यसका सदस्य नौ करोड ८४ लाख पुगेका उल्लेख छ । जुलाई १ मा चिनियाँ कम्युनिस्ट पार्टीको १०२ औँ स्थापना दिवसको पूर्वसन्ध्यामा सदस्यको बारेमा जानकारी दिइएको हो । तथ्याङ्क अनुसार सन् २०२१ देखि यो सङ्ख्या झन्डै १३ लाख ३३ हजार अर्थात् एक दशमलव चार प्रतिशतले बढेको पाइएको छ ।

Read More

धनगढी : सुदूरपश्चिममा पहिलोपटक मोती उत्पादन सुरु गरिदै छ । डडेल्धुराको भित्रिमधेश परशुराम नगरपालिका–४ कटालमा ८० प्रतिशत रकम सरकारको र २० प्रतिशत रकम निजी लगानीकर्ताको गरि मोती उत्पादन सुरु गर्न लागिएको हो । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय अन्तरगत घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराको सम्भाव्यता अध्ययन पश्चात कटालमा मोती उत्पादनका लागि आवश्यक पूर्वाधार निर्माणको काम थालिएको हो । मोती उत्पादन गर्न समुद्री जीव सिपी आवश्यक पर्छ । नेपालमा हाल मोरङ जिल्लामा मात्रै मोती उत्पादन हुने गरेको छ । सुदूरपश्चिममा डडेल्धुरासँगै दार्चुलामा मोती उत्पादनका तयारी थालिएको छ । स्थानीय चक्र मालले मोती उत्पादनका लागि घरेलु तथा…

Read More