Author: महेन्द्रनगर पोष्ट

तनहुँ: तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले यतिबेला उत्पादन दिन सुरु गरेको छ । फार्ममा उत्पादन भएको अङ्गुर टिप्ने र बजार पठाउने काम धमाधम भइरहेको फार्म सञ्चालक कुमार कार्कीले सुनाए । कार्कीका अनुसार फार्ममा पहिलो वर्ष करिब नौ हजार पाँच सय बिरुवा रोपिएको थियो । जसबाट वार्षिक १० हजार केजी अङ्गुर उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । वाइन उत्पादन गर्ने उद्देश्यसहित स्वीट्जरल्याण्डबाट बिरुवा ल्याइ व्यावसायिक अङ्गुर खेती सुरु गरिएको ‘भाइन यार्ड एण्ड रिसर्च सेन्टर’का सञ्चालक समेत रहेका कार्कीले बताए । “हामीले यहाँ पहिलो वर्ष लार्भाको समस्या भोगेका थियौं । यसवर्ष भने पूर्वतयारीका साथ खेती गरिरहेका छौँ,…

Read More

काठमाडौँ: जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् संघीय सांसद प्रदीप यादवलाई टिकटकमार्फत् गालीगलौज गर्नेविरुद्ध प्रहरीमा उजुरी परेको छ । चरित्रहत्या गर्ने अभिप्रायले टिकटकमार्फत गालीगलौज गर्नेलाई कारबाहीको माग गर्दै सांसद यादवका स्वकीय सचिव निखिल वर्णवालले जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा विद्युतीय अपराधसम्बन्धी उजुरी दिएका हुन् । ‘भगौडा सांसद’, ’पराल चोर’ जस्ता आपत्तिजनक शब्दको प्रयोग गरि बनाएको भिडियो उपेन्द्र साह र रवि व्रन्वाल नामको टिकटक आईडीमा अपलोड गरेर चरित्रहत्या गरिएको उजुरीपत्रमा उल्लेख छ । जाहेरीमा भनिएको छ, ‘उपरोक्त आइडी भएको व्यक्तिहरुलाई पत्ता लगाई निजहरु उपर साइबर क्राइमको मुद्दा चलाई विपक्षीहरुलाई हदैसम्मको दण्ड सजाय गरी विपक्षीहरुबाट उक्त भिडियो डिलिट गराई सामाजिक सञ्जालमार्फत माफी मगाई…

Read More

काठमाडौँ: नेपाल सरकारले बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति निकालेर असार १४ गते बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएका हुन् ।

Read More

काठमाडौँ: ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शाहलाई मंगलबार पक्राउ गरेको हो। ललितानिवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको अनुसन्धानमा देखिएको थियो। जसमा उनको समेत मिलेमतो रहेको भन्दै शाहलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सिआइबीकी प्रमुख एआइजी किरण बज्राचार्यले पुष्टि गरिन्।

Read More

काठमाडौँ: अभिनेत्री श्वेता खड्का दम्पतीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गरेकी श्वेता श्रीमान र छोरी ब्रीआनाका साथ ओली निवास बालकोट पुगेकी हुन् । ओलीसँगको भेटको तस्बिर उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक समेत गरेकी छन् । तस्बिरका साथ लेखेकी छन् ,काम ठुलो हुन् पर्दैन । जे गर्छौ प्रेम पूर्वक गर्दा । सदैव लक्ष्मीको बास हुन्छ । सम्माननीय पूर्व प्रधानमन्त्री केपी बुबा हजुरसँग पहिलो भेट ब्रीआना का । आशीर्वाद लिँदै ।’ श्वेता केही समय पहिले नेपाली कांग्रेसका प्रवेश गरेकी थिइन् । अहिले ओलीलाई भेट्नु उनी एमाले प्रवेश गर्न लागेको हो कि भन्ने आशङ्का गरिएको छ…

Read More

कञ्चनपुरः कञ्चनपुरमा उपचारका लागि गएकी महिलालाई मेडिकलभित्रै बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको भीमदत्त नगरपालिका–७ हल्दुखालका ४६ वर्षीय हरकसिँह महरा पक्राउ परेका हुन् । महराले खुट्टाको उपचार गर्न गएकी महिलालाई आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट समेत गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Read More

धनगढीः धनगढीको मुख्य सडक शिलान्यास गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले आज सडकको शिलान्यास गरेका हुन् । उक्त कैलाली पुलदेखि क्याम्पस चोक सडक निर्माणका लागि ५१ करोड ६९ लाखमा वैशाख २७ गते २४ महिनाभित्र काम सक्ने गरी प्रदेश सरकारले ठेक्का सम्झौता गरेको छ । त्यस्तै, धनगढी उपमहानगरपालिकाले ४२८ जना घरधनीलाई सम्मान गरेको छ । आफ्नो घर आफै भत्काएर सडक निर्माणमा सहयोग गर्ने घरधनीलाई उपमहानगरले सम्मान गरेको हो ।

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । गएराति टीकापुर नगरपालिका–२ बाट टीकापुर–५ का २० वर्षीय विशाल चौधरी र १८ वर्षीय लोकेन्द्र चौधरी लागुऔषधसहित पक्राउ परेका हुन् । उनीहरुको साथमा एक ग्राम ३७० मिलिग्राम लागुऔषध फेला पारी इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरेको बताइएको छ ।

Read More

धनगढी: धनगढीमा ५ किलो चरेश बेवारिसे अवस्थामा फेला परेको छ । सशस्त्र प्रहरीले धनगढी उपमहानगरपालिका–१४ ‘एच’ गाउँमा बेवारिसे अवस्थामा ५ किलो अवैध लागुऔषध चरेश बरामद गरेको हो । प्रहरीका अनुसार चरेश कपडाले बेरेर पोको पारी राखिएको अवस्थामा फेला परेको हो । सशस्त्र प्रहरी बलको डिपो बजारस्थित बोर्डर आउट पोष्ट (बिओपी)ले बरामद गरेको उक्त चरेश नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

Read More

धनगढीः कैलालीमा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको टीकापुर नगरपालिका–५ नुक्लिपुरका १८ वर्षीय शंकर जैसीको मृत्यु भएको हो । गाँउमा प्लटिङ गरेको खाली जमिनमा क्रिकेट खेल्दै गर्दा उनी एक्कासी बेहोस भएका थिए । उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

Read More