Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ । त्यस क्षेत्रमा ठूलो मानवीय क्षति हुने गरी विपद्जन्य घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आज साँझ दिएको जानकारीअनुसार अहिलेसम्म पाँचथर, सङ्खुवासभा, ताप्लेजुङ्लगायत जिल्लामा मात्रै विपद्जन्य घटनामा परेर तीन जनाको मृत्यु भएको छ । ती घटनामा अन्य २९ जना बेपत्ता रहेका छन् । बेपत्ताहरुको खोजी जारी रहेको उनले बताए । अन्य तीन जनाको भने उद्धार गरिएको छ । उनका अनुसार पाँचथरमा मात्रै एक जनाको मृत्यु र पाँच बेपत्ता छन् । जिल्लामा १२ वटा…

Read More

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्न आयोगले जिम्मेवार, जवाफदेही र उत्तरदायी भएर काम गरिरहेको बताएका छन् । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा उनले भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माणको दुरदृष्टि तय गरी आयोगले काम गरिरहेको बताए । प्रमुख राईले राष्ट्रिय विकास र सार्वजनिक सेवामा जनताको सरल र सहज पहुँच स्थापित गरी भ्रष्टाचार न्यूनीकरणको लक्ष्य तथा संस्थागत सुदृढीकरण, निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक विधिमार्फत उद्देश्य प्राप्त गर्ने प्रयास भइरहेको बताए । विकास निर्माण तथा आयोजना व्यवस्थापनमा आयोग बाधक नभइ विकास निर्माणको गुणस्तर कायम गर्न सहयोग पुर्‍याउन क्रियाशील रहेको बताउँदै उनले…

Read More

कैलाली : कैलालीमा वकिल भेट्न गएकी एक महिला बेपत्ता भएकी छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ४, भल्काकी ३२ वर्षीया मन्जु रावल (कार्की) बेपत्ता भएकी हुन्। उनी १० दिनदेखि बेपत्ता भएको बताइएको छ। मञ्जु गत जेठ २५ गते आफूलाई वकिल बताउने व्यक्तिले मुद्दामा पैरवी गरिदिन्छु भन्दै आफूलाई मसुरिया भेट्न बोलाएको छोरालाई जानकारी गराएर घरबाट निस्केको बताइन्छ। तर, वकिलसँगको भेटपछि उनी अहिलेसम्म सम्पर्कमा आएकी छैनन् । परिवारले खोजीमा सहयोग गरिदिन अनुरोध गर्दै फेला पार्नेले फोन नम्बर ९८४८१२०२०१ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

Read More

काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउदले गैरआवासिय नेपाली संघ (एनआरएनए) लाई विधानअनुसार महाधिवेशन गर्न आग्रह गरेका छन् । एनआरएनएको संस्थापन पक्ष र १० औँ महाधिवेशनमा असन्तुष्ट भएको पक्षका प्रतिनिधिहरुलाई उनले आइतबार विधानअनुसार महाधिवेशन गर्न आग्रह गरेका हुन् । परराष्ट्र मन्त्रालयमा आइतबार संयुक्त रुपमा आएका दुवै पक्षका प्रतिनिधिहरुलाई मन्त्री साउदले विधान स्पष्ट बनाएर महाधिवेशनमा जान सुझाव दिए । ‘हाम्रो स्पष्ट सोच छ । पहिला तपाईंहरु विधानमा क्लियर हुनुप¥यो,’ साउदले भने, ‘विधानअनुसार एउटा प्रक्रियाले मान्छे छनौट हुन्छ । कोही हार्छ कोही जित्छ । सबैभन्दा पहिले विधान क्लियर हुनुपर्छ ।’ उनले परराष्ट्र मन्त्रालय र एनआरएनएबीचको सम्बन्ध स्पष्ट र विवादरहित हुनुपर्नेमा समेत जोड दिनुभयो ।…

Read More

बैतडी- बैतडी जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । कूल २५ जनाको क्षमता रहेको कारागारमा हाल ७३ कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती थपिएको जेलर धारा भण्डारीले जानकारी दिए । उनले भने, “व्यवस्थापनमा चुनौती छ, ठाउँ अभावमा एउटै शय्यामा तीन कैदीबन्दीसम्म सुत्ने गरेका छन्, । शय्यामाथि शय्या जोडेर बसेका छन् । कारागारभित्र ठाउँ नभएर टेन्ट लगाएर राखेका छौँ, पानी पर्दा समस्या हुने गरेको छ । तेब्बर कैदीबन्दी हुँदा सरुवा रोगको जोखिम पनि बढेको छ । ” एकातिर कोठा अभाव छ भने अर्कोतिर कैदीबन्दी बढ्दै जाँदा बसोबासको व्यवस्था मिलाउन गाह्रो भइरहेको छ । कैदीबन्दीलाई शौचालय…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाले भोलिदेखि महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको छ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दिएको समयसिमा भित्र ‘आदिपुरुष’ चलचित्रमा भएको विवादित संवाद भारतमा नहटाइएपछि महानगरका हलहरूबाट सबै भारतीय फिल्म रोक्ने तयारी गरेको महानगर स्रोतले जनाएको छ । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को पूर्वसन्ध्यामा काठमाडौं महानगरका मेयर शाहले सच्चाउन तीन दिनको समय दिएका थिए । उनले लेखेका थिए, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ…

Read More

आर.एस भट्ट, काठमाडौँ: ‘२ सय ९८ प्रतिशतसम्म नागरिकले कर तिर्छन् । तर हामीले के दियौँ नागरिकलाई ? प्रहरी कार्यालयमा गएपछि डण्डा हान्छ, सिडिओ हाकिम भएर बस्याछन् । जनताले कर तिरेपछि जनता मालिका हैन ? जनतालाई शिक्षा दियौँ ? स्वास्थ्य दियौँ ? रोजगारी दियौँ ? बत्ती दियौँ ? पानी दियौँ ? रोड दियौँ ? जनताले कर तिरेपछि सुविधा लिनु पर्दैन ?’ यो भनाइ प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीको हो । आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले करको दर बढाएपछि सांसद शाहीले प्रतिनिधि सभाको रोष्टमबाटै जनतालाई सुविधा नदिएको टिप्पणी गरेका छन् । उनकै भनाइलाई साभार गर्ने हो भने जनताले…

Read More

काठमाडौँ: भारतीय कर्मचारीहरुले नेपाली पक्षसँग समन्वय नगरी गड्डाचौकीमा नेपाली भूमी नापजाँच गरेको भन्दै छानबिन गर्न माग गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले सरकारले घटनाको सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले असार १ गते इण्डियन नेशनल हाइवेको सर्वे गर्ने भन्दै कञ्चनपुरको भूमिमा भारतीय प्राविधिकहरूको टोलीले नापेको आरोप लगाए । ‘भारतीय प्राविधिकहरू नेपाल प्रवेश गर्दा पनि सीमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सुइँको समेत पाएनन्। के उनीहरूलाई जागिर खान मात्रै सीमामा खटाइएको हो म सरकारलाई प्रश्न गर्न चाहन्छु,’ उनले भने ।

Read More

धनगढी: कृषि पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका पत्रकार हिमेश विकविरुद्ध नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखामा निवेदन परेको छ । उनले होटेलमा खाना खाएको पैसा नतिरेको भन्दै निवेदन परेको हो । डडेल्धुराको अमरगढी नगरपालिका-५ किर्तिपुरस्थित अम्बिका होटेलमा विकसहितका ५ जनाले गत जेठ १२ गते खाना खाएर पैसा नतिरेकाले रकम असुली गराइदिन भन्दै होटेल सञ्चालक दिपेन्द्रबहादुर साउँदले महासंघमा निवेदन दिएका छन् । उनीहरुले ५ हजार ६६५ रुपैयाँको खाना खाएर पैसा नतिरेको बताइएको छ ।

Read More

बैतडी: बैतडीको सतबाँझमा सिसी क्यामेरा लाएकै दिन चोरी भएको छ । सुर्नया गाउँपालिका-२ स्थित सतबाँझ बजारमा रहेको बाशुलिङ्ग ट्रेर्डस एण्ड सप्लार्यसमा गत बिहीवार राति चोरी भएको हो । व्यवसायी हरिश पाण्डेका अनुसार पसल अगाडि राखेका एक बण्डल सरिया बिहीवार राती चोरी भएका हुन् । सोही दिन दिउँसो सतबाँझ बजारमा चोरी, डकैतीलगायतका आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सिसीटिभी क्यामेरा जडान गरिएका थिए । पाण्डेको पसल अगाडिबाट यसअघि पनि जेठ १० गते एक बण्डल सरिया चोरी भएका थिए । एक बण्डलमा करिब १ क्विन्टल ६ किलो सरिया हुने उनले बताए । सरिया चोरी भएपछि उनले प्रहरीमा निवेदन दिएका छन् । सतबाँझ प्रहरीले अनुसन्धान…

Read More