Author: महेन्द्रनगर पोष्ट

धनगढीः कञ्चनपुरमा एक गाई गोठमा आगलागी भएको छ । प्रहरीका अनुसार जिल्लाको बेलडाँडी गाउँपालिका-५ कालिका टोलका गणेशबहादुर सिँहको गाई गोठमा आगलागी भएको हो । आगलागीबाट पाँच लाखको क्षति भएको बताइएको छ । चौपाया भने मरेका छैनन् । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Read More

भुटानकी महारानी जेट्सुन पेमा तेस्रो सन्तानको तयारीमा रहेकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा दिइएको जानकारीअनुसार ४३ वर्षे राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक र ३३ वर्षीया रानी जेट्सुन पेमाको आगामी शरद ऋतुुमा तेस्रो सन्तान हुन लागेको छ । रानी जेट्सुन गत महिना बेलायतका नरेश चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन जाँदा र त्यसपछि जोर्डनमा आयोजित शाही परिवारको विवाह समारोहमा भाग लिन जाँदा फोटो पत्रकारहरुले उनी गर्भवती भएको अनुमान लगाएका थिए । त्यतिबेला रानीले लगाएको पोशाकमा उनको पेट केही उठेको देखिएको थियो । उनीहरुको पहिलो सन्तान सन् २०१६ मा र अर्को छोरा सन् २०२० मा जन्मेका थिए ।

Read More

पाँचथर: पाँचथरमा पहिरोमा पुरिएकी बालिकाको जीवितै उद्धार गरिएकोृ छ । फालेलुङ गाउँपालिका-३ खोलाघारीमा मनप्रसाद राईको घरमा पुरिएकी जुना सावदेनको आज बिहान स्थानीयले जीवितै उद्धार गरेका हुन् । मध्यरातमा घर माथिबाट खसेको पहिरोले मनप्रसादको घर बगाएको थियो । मनप्रसाद र उनकी श्रीमती भागेर ज्यान बचाउन सफल भएका थिए भने सुतिरहेकी जुना पहिरोमा फसेकी थिइन् । बालिकाको बिहान जीवितै उद्वार गरिएको गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङले बताए।

Read More

धनगढी: कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलकाे गाडी दुर्घटनामा परेको छ। बिहीबार सुर्खेतबाट फर्कने क्रममा कोहलपुर क्षेत्रमा उनको गाडी दुर्घटना भएको हो। प्रहरीका अनुसार उनको गाडी मिनी बससँग ठोक्किएको थियो। स्रोतका अनुसार सिडिओ अन्तर जिल्ला बैठकबाट फर्किने क्रममा गाडी दुर्घटनामा परेकाे हो। तर गाडीमा सवार चालकसहित सबैजना सकुसल रहेको बताइएको छ। घटना बिहिवारको भएपनि आज सार्वजनिक भएको हो।

Read More

स्याङ्जा: गत शुक्रवार राति स्याङ्जामा १० वर्षीय बालकको हत्या भएको छ। अर्जुनचौपारी गाउँपालिका ६ सिउडीवारीका हर्षित देवकोटाको हत्या भएको हो। हत्या गरी फरार भएका स्थानीय २२ वर्षीय सुजन सुवेदीलाई प्रहरीले स्याङ्जा बजारबाट पक्राउ गरेको छ। बालकलाई धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरी भिरबाट फालिएको अवस्थामा फेला परको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। बालकले आफूलाई गाली गरेपछि हत्या गरेको बयान सुवेदीले दिएको प्रहरीले जनाएको छ। हत्या गरिएका बालक कक्षा ५ मा अध्ययनरत थिए।

Read More

डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकाले कृषि एम्बुलेन्स सेवा सुरु गरेको छ। पालिकाको सबै वडाबाट एम्बुलेन्समार्फत कृषि तथा पशुजन्य उपज ढुवानी सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर सेटीले बताए। किसानलाई कृषि उत्पादनको ढुवानी सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट विकासले बताए। स्थानीय किसानले खेतबारीमा उत्पादित कृषि उपजलाई बिक्रीका लागि बजारसम्म पुर्‍याइने र बजारबाट किसानका आवश्यक कृषिजन्य बस्तु ढुवानी समेत गर्ने अध्यक्ष भट्टले बताए।

Read More

कञ्चनपुर: पछिल्लो समय कञ्चनपुरमा सिकलसेलका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । सिकलसेल तराईमा रहेका रानाथारू समुदायमा बढी देखिने भएकाले कञ्चनपुर पनि जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । यो रोग एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने वंशाणुगत रोग भएको र यसले रानाथारू समुदाय बढी प्रभावित बनेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो रोग निरीक्षक सिद्धराज भट्टले जानकारी दिए । “यो रोग तराईमा बसोबास रहेको अधिकांश थारू समुदायमा देखिएको छ”, उनले भने, “यो रोग लागेका मान्छेबाट जन्मिएको २५ प्रतिशत बच्चामा पनि देखिन्छ ।” उनले यसको कुनै उपचार नभएको बताउँदै सङ्क्रमितले नियमित चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्ने बताए । “कञ्चनपुरमा यसको…

Read More

पाँचथर: पाँचथरमा बाढीपहिरोमा परी पाँच जना बेपत्ता भएका छन् ।  माउन्टेन हाइड्रो, माझिटार र हेवाखोलाको पुल क्षेत्रबाट उनीहरू प्रकोपमा परी हराइरहेका हुन् ।  उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । बाढीका कारण जिल्लाका पाँचवटा पक्की पुल बगेका छन् । पुल बगेपछि यातायात अवरुद्ध बनेको छ । 

Read More

बाजुरा: बाजुरामा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ। शनिबार दिउँसो त्रिवेणी नगरपालिका–९ गडतोलामा बुढिगंगा नदीको किनारबाट ढुङ्गा लोड गरी ल्याउँदै गरेको से १ त १४०८ नम्बरको ट्याक्टरमा बसिरहेका सोही ठाउँका १५ वर्षीय नितेश थापाको ट्याक्टरबाट खसेर मृत्यु भएको हो। नितेशको शरीरमा भित्री चोट लागी गम्भिर घाईते भएपछि उनलाई उपचारको लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर चालक सोही नगरपालिका ४ नम्बर वडाको तोलीका ३५ वर्षीय गगन साउद फरार छन्। उनको खोजतलास गरिरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: कैलालीस्थित धनगढीको एक मेडिकलबाट प्रहरीले अवैध औषधी बरामद गरेको छ। शनिबार साँझ धनगढी उपमहानगरपालिका–१३ एयरपोर्ट मोडमा गेटा मेडिको क्लिनिक सञ्चालन गरी बस्ने डोटीको आदर्श गाउँपालिका–१ का ३० वर्षीय गणेश बागलाई अवैध औषधीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । मेडिकलबाट अवैध त्रिंगा सप्ट ४७ ट्याब्लेट र एन्टिकफ ४८ पत्ता फेला पारी अवैध औषधीसहित बागलाई पक्राउ गरिएको हो। प्रहरी चौकी कैलारीगाउँबाट खटिएको टोलीले नियन्त्रणमा लिएको बताइएको छ। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More