Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: गृहमन्त्री रमेश लेखकको पहलमा स्वास्थ्य सेवा विभागले कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालका लागि स्वास्थ्य सामग्री पठाएको छ। भीमदत्त नगरपालिकाकी उपमेयर निलम लेखक जोशीले आफूसमेतको सक्रियतामा संघीय स्वास्थ्य मन्त्रालय एवं स्वास्थ्य सेवा विभागले करिब एक करोड ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको बताइन्। पछिल्लो सयम कञ्चनपुरमा परेको अविरल वर्षाका कारण डुबानमा परेको र केही स्थानीय विस्थापित भएका थिए। उनीहरूलाई स्वास्थ्य समास्या हुन सक्ने भन्दै सरकारले स्वास्थ्य सामग्री पठाएको हो।

Read More

धनगढी: सुदूरपश्चिम सरकार ढल्ने पक्कापक्की भएपछि मुख्यमन्त्रीले अनेक हतकन्डा अपनाएका छन्। पहिले मन्त्रालय फुटाएका मुख्यमन्त्रीले पुनः मन्त्रालय घटाएका छन्। अस्तितिर सत्ता जोगाउनकै लागि सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय विभाजन गरेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले एक महिनामै मन्त्रालयको संख्या पुरानै कायम गरेका हुन्। विपक्षीले भने राजीनामा दिन छोडेर मन्त्रीमण्डलतर्फ केन्द्रित हुनुलाई मुख्यमन्त्रीको कदम हास्यास्पद भएको भनेका छन्। जबकी वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले भागबन्डा मिलाउन जेठ २८ गते एकैसाथ ७ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए। ७ मन्त्रालयमा १० मन्त्री भएपछि मुख्यमन्त्री सोडारीले असार १६ गते प्रदेशका मन्त्रालयहरू विभाजन गरेर उनीहरुको जिम्मेवारी तोके। मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय,…

Read More

काठमाडौं: नेपाल प्रहरी र सशस्त्र प्रहरीकै अगाडि नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका एक सूचकमाथि कुटपिट भएको छ। नेपाल–भारत सीमानाका जमुनाहास्थित चेकपोष्ट नजिक सूचक अजुर्न खड्कामाथि कुटपिट भएको हो। उनलाई नेपालगञ्ज उपमहानगरपालिका–४ स्थित कलपत्रु होटलमा सञ्चालित क्यासिनोका कर्मचारीले आक्रमण गरेको आरोप लागेको छ। सो कुटपिट आरोपमा एक जनालाई गएराति प्रहरीले नियन्त्रणमा लिएको थियो।  तर, उनी कुटपिटमा संलग्न नभएको बताइएको छ। तर उनकै अर्को समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ। वडा नम्बर १५,जमुनाह भन्सारको चेकपोष्ट नजिकै भारतबाट नेपाल ल्याउँदै गरेको १८ लाख रुपैयाँ हिजो साँझ सूचक अर्जुन खड्काले नियन्त्रणमा लिएका थिए। उक्त रकम क्यासिनो तथा हुण्डी कारोबारका लागि ल्याइएको बुझिएको…

Read More

धनगढी: कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ। उनको उपचारको क्रममा गएराति वीर अस्पतालको आइसीयुमा निधन भएको हो। लामो समयदेखि मिर्गौला रोगबाट पीडित नकर्मीलाई हिजो बिहान साढे ५ बजे वीर अस्पतालमा भर्ना गरिएको थियो। गएराति साढे १० बजे अस्पतालले मेयरको निधन भएको जानकारी दिएको बताइन्छ।

Read More

काठमाडौं: नेकपा एमाले नेतृत्वको सरकारमा गृह मन्त्रालयको नेतृत्व नेपाली कांग्रेसले लिएलगत्तै नेपाल प्रहरीमा घुसपैठ सुरु भएको छ। गृहमन्त्री रमेश लेखकले प्रहरीमा हस्तक्षेप बढाइरहेको बताइएको छ। उनकै निर्देशनमा प्रहरीमा धमाधम काज सरुवा भैरहेको बुझिएको हो। मन्त्री भएको एक सातामै उनले विभिन्न जिल्ला तथा कार्यालयका इन्चार्जहरु हटाएका छन्। मन्त्रीकै निर्देशनमा तनहुँका एसपी अपिलराज बोहरालाई पाँच महिनामै हटाइएको छ। त्यहाँ कांग्रेसनिकट एसपी वीरेन्द्र शाहीलाई खटाइएको छ। त्यस्तै, उदयपुरका एसपी रमेश थापाको पनि शुक्रबार प्रहरी प्रधान कार्यालयमा काज सरुवा भएको छ। एसपी थापाकै प्रस्तावअनुसार उनको सरुवा भएको बताइएको छ। उदयपुरमा एसपी हरिहरनाथ योगीलाई पठाइएको छ। त्यस्तै, भोजपुरमा पनि कांग्रेसनिकट डिएसपी युवराज तिमल्सिनालाई पठाइएको छ।…

Read More

धनगढी : बैतडीमा चरेससहित एक जना पक्राउ परेका छन् । पाटन नगरपलिका–३ बुङ्डाका ६० वर्षीय गोपालसिंह बिष्ट आधा किलो चरेश सहित पक्राउ परेका हुन् ।  इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक, राजेन्द्र सिंह साउँदको नेतृत्वमा खटिएको प्रहरी टोलीले पाटन नगरपालिका–३ को बनारसी धाम नजिकैबाट बिष्टलाई ५१२ ग्राम चरेससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीप्रका प्रबक्ता, प्रहरी निरिक्षक बलराम पाण्डेयले जानकारी दिए ।  विषेश सुराकीको आधारमा इलाका प्रहरी कार्यालय पाटनको टोलीले बिहिबार अप्रान्ह ४ बजेको समयमा बिष्टलाई पक्राउ गरेको हो ।   यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री परिषद् हेरफेर भएको छ । अल्पमतमा रहेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिहीबार हेरफेर गरेका हुन । भागबन्डाका लागि फुटाएर १० मन्त्रालय पुर्‍याएका सोडारीले पुनः ७ नै कायम गरेका छन । सूची

Read More

काठमाडौं : लीलादेवी गड्तौला नेपाल सरकारको मुख्यसचिव नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायममुकायम मुख्यसचिव रहेकी लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा गड्तौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय भएको हो । उनी नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छिन् । गड्तौला आगामी १५ भदौमा अवकाश हुनेछिन् ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा दुई जना बिरामीमा हैजा पुष्टि भएको छ। उनीहरु दुवै जनाको सेती प्रादेशीक अस्पतालमा उपचार भइरहेको छ। सेती प्रादेशीक अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलका दुई जनामा हैजा पुष्टि भएको छ। स्वास्थ्य कार्यालयका अनुसार पशुपति टोलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएको हो। अझै एक बालिकामा पनि हैजाको शंका रहेको तर पुष्टि हुन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालयले यसका बारेमा माथिल्ला निकायमा जानकारी गराइसकेको बताउँदै सतर्कता अपनाउनु पर्ने अवस्था रहेको जनाएको छ।

Read More

धनगढी : धनगढीमा अस्पताल खोल्ने भन्दै भाडामा लिइएको जग्गामा चर्च निर्माण गर्ने तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ मनेहरामा छाला सम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएपछि स्थानीयहरुले विवाद गरेका थिए । सोही प्रकरणमा स्याङ्जाका पुकार बिक, सोलुखुम्बुका प्रेम दोर्जे राई र धनगढीका विरबहादुर डगौरालाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार पक्राउ परेका तीनैजनालाई ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दामा जाहेरी परेपछि पक्राउ गरिएको कैलाली प्रहरीका प्रवक्ता (डिएसपी) कविन्द्र बोहराले बताए । र यो पनि ! धनगढीमा अस्पतालका नाममा चर्च, प्रहरी प्रशासन के गर्छ…

Read More