Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: सुदूरपश्चिम नेपालको तराई क्षेत्र कैलाली-कञ्चनपुरसहित भारतको उत्तराखण्डमा अस्तिदेखि लगातार बर्सात भएपछि जनजीवन प्रभावित बनेको छ। कञ्चनपुरको महेन्द्रनगर, दोधारा लगायत उत्तराखण्डको खटिमा, बनबासासहितका क्षेत्रमा डुबान भएकोमा जनजीवन प्रभावित बनेको हो। यसैक्रममा उत्तराखण्डको उद्यमसिंह नगर क्षेत्रको खटिमामा मात्रै बाढी र डुबानका कारण २ जनाको ज्यान गएको छ। अस्तिबाटै डुबान सुरु भएकोमा अहिले भने बर्सात कम भएकाले पानी कम हुँदै गएको बताइएको छ। उता भारतीय जनता पार्टीका नेताहरुले विपद्मा जनतालाई सुरक्षित राख्न अभियान नै थालेको थिए। भाजपाका युवा नेता एवं मंडल अध्यक्ष जीवन धामी, वरिष्ठ भाजपा नेता भवानी भंडारी, मानस बत्रा प्रकाश आर्य लगायतले जनताको सहायता गरिरहेका हुन्। उनीहरूले ५० भन्दा बढी…

Read More

काठमाडौं: नेपाली सेनाका एक लेफ्टिनेण्ट कर्णेल केटीकाण्डमा मुछिएका छन्। लेफ्टिनेण्ट कर्णेल तुलबहादुर बोहोरा यस्तो प्रकरणमा मुछिएका हुन्। स्रोतका अनुसार उनलाई हाल सैनिक प्रहरीले हिरासतमा राखेको छ। आफ्नै कार्यालयकी महिला सैनिकलाई होटलमा बोलाएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ। काठमाडौंको डिल्लीबजारस्थित बन्दोबस्ती अड्डामा कार्यरत उनले अनैतिक उद्देश्यसहित आफूलाई बोलाएको भन्दै महिला (बन्दोबस्ती कार्य सिपाही) ले उजुरी दिएकी थिइन्। त्यसलगत्तै सैनिक प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनीमाथि सैनिक आचरणविपरीतको कसूर गरेको आरोप छ। यस्तै काण्डमा प्रमुख सेनानी विशेष पौडेल पनि डामिएका छन्। उनी पनि महिला काण्ड लागेर सैनिक हिरासतमा पुगेको हुन्। त्यसभन्दा पहिले महासेनानी दिरेन्द्रकुमार मल्लको जन्ममितिमा कैफियत देखिएपछि जर्नेल बनाउने भन्दै अमेरिकाबाट झिकाएर…

Read More

धनगढीः नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य एनपी साउदले गृहजिल्ला कञ्चनपुरमा बाढीबाट ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न र विस्थापितहरूलाई तत्काल पुनर्स्थापना गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको मङ्गलवार बसेको बैठकको सुरुवातमै सांसद साउदले स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक संघ–संस्थाको भरमा मात्रै कञ्चनपुरमा बाढीले पुगाएको विपदलाई छोड्न नसकिने बताए। कञ्चनपुरमा बाढीले ठूलो संख्यामा जीवन र धन दुवैको क्षति भएको उनले बताए। कञ्चनपुरमा भीषण बाढी रेकर्डको रूपमा रहिआएको उनले बताएका हुन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–५ रातोखाली खोलामा तीन किशोरी लक्ष्मी बोगटी सिर्जना बोगटी र आरती बोगटीको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका–१ का सागर धानुकका ७ महिना छोरा सोनु धानुकको पनि मृत्यु भएको…

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक वेवारिसे महिलाको शव फेला परेको छ। जिल्लाको दोधारा चाँदनी नगरपालिका–१० भुमिराज टोलस्थित खेतवारीमा अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। आज बिहान करिब साढे आठ बजेतिर प्रहरीले शव फेला पारेको हो। शव जोगबुढा नदीको बहावले बगाएर ल्याएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। फेला परेकी महिलाको नाम/थर, वतन केही खुलेको छैन्।

Read More

धनगढीः सेती प्रादेशिक अस्ताल बिरामीका सामान चोर्ने तीन जना पक्राउ परेका छन् । अस्पतालमा बिरामीको मोबाइल, पैसा र अन्य सामान चोर्ने दुई युवतीसहित तीन जनालाई पक्राउ गरिएको हो । चोरीमा संलग्न पाँच जनाको पहिचान समेत गरिएको छ। अस्पतालमा रातिको समयमा बिरामी र कुरुवाको मोबाइल, झोला, पैसा र अन्य सामाग्री चोर्ने तीन जनालाई रङ्गेहात पक्राउ गरिएको छ। एक जना महिलाले अस्पतालमा खसेको पैसा लगेकोमा फिर्ता गरेकी छन भने अर्का एक जना साइकल चोरी गर्ने व्यक्तिको हुलिया पत्ता लागेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताए। यस्तै जेठ २९ गते एक जनाले अस्पतालमा खसेको पैसा लगेको सिसिटिभीमा देखिएपछि उनलाई सम्पर्क गरेर पैसा…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/०८२ बजेटबारे अन्योल बढेको छ । बजेटको वार्षिक कार्यक्रम पुस्तिका बाहिरिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका साथै पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले प्रदेश सरकारको आगामी बजेट प्रभावित भएको हो । सुदूरपश्चिम प्रदेश सभामा बजेट पेस गरेको २५ दिन पूरा भएको छ । प्रदेश सरकारले हालसम्म बजेटमाथिको छलफलका लागि प्रक्रिया अगाडि बढाएको छैन । बजेट छलफलका साथै पास नहुँदै मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रस्तुत बजेट संशोधन गरी ल्याउने कि नयाँ बन्ने सरकारले पूरक बजेट ल्याउने भन्नेबारे बहस सुरु भएको छ । राजनीतिक समीकरण फेरिएपछि सरकारमा हुँदा ल्याएको…

Read More

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले यस वर्ष नेपालको इतिहासमै ठूलो वर्षा भएको जनाएको छ । विभागका अनुसार कञ्चनपुरका दोधारा, हनुमाननगर र सुन्दरपुरमा यही असार २४ गते बिहान मापन गरिएको वर्षाले देशमा अहिलेसम्म भएका वर्षाको रेकर्ड तोडेको हो । विभागका अनुसार असार २४ गते बिहान ८ः४५ बजे मापन गरिएको प्रारम्भिक तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा कञ्चनपुर जिल्लाको दोधारा वर्षा केन्द्रमा ६२४.० मिमि, हनुमान नगर वर्षा केन्द्रमा ५७३.६ मिमि र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मिमि. वर्षा भएको थियो। विभागका अनुसार वायुमण्डलीय तथ्याङ्क, भू-उपग्रहबाट लिइएको तस्बिर तथा मौसम मोडेलबाट प्राप्त मौसमको अवस्थाको प्रारम्भिक विश्लेषण गरिएको थियो । उक्त दिन मनसुन न्यून…

Read More

काठ्माडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति ‘अत्यन्तै महत्त्वपूर्ण’ भएको र ‘युद्धले समस्याहरूको समाधान नगर्ने’ बताएका छन् । “एक मित्रका रूपमा हाम्रो आगामी पुस्ताको उज्ज्वल भविष्यका लागि शान्ति अत्यन्त महत्त्वपूर्ण छ भनी मैले भनेको छु”, पुटिनसँगै बसेर हिन्दी भाषामा उनले भने, “जब निर्दोष बालबालिकाहरूको हत्या हुन्छ, उनीहरू मरेको देख्दा मुटु दुख्छ, त्यो पीडा असह्य हुन्छ ।” आफ्नो मस्को भ्रमणका क्रममा पुटिन र आफूले युक्रेनमा रुसी अभियानबारे पनि छलफल गरेको बताए । “एउटा सच्चा मित्रका रूपमा हामीसँगै थियौँ र धेरै मुद्दामा छलफल गर्यौँ,” उनले भने, “युक्रेनका बारेमा हामी दुवैले आफ्नो विचार खुला र विस्तृतरूपमा राख्न…

Read More

काठमाडौँ : गौतम गम्भीर भारतीय राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । पूर्वक्रिकेटर गौतम भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआर्ई)का सचिव जय शाहले जानकारी दिए । गौतम आईपील टिम कोलकोता नाइट राइडर्सका मुख्य प्रशिक्षक रहेका थिए । उनको नेतृत्वमा कोलकोताले यस सिजनको आइपिएल पनि जितेको थियो । भारतीय टिमका प्रशिक्षक राहुल द्रविडको हालै सम्पन्न टी–२० विश्वकपपछि कार्यकाल सकिएको थियो ।

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकार गठनको तयारीमा लागेको छ। प्रधानमन्त्री दाहालले शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन्। उनको पक्षमा अहिलेसम्म नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीमात्रै रहेका छन्। त्यसकारण दाहालले विश्वासको मत पाउने सम्भावना निकै कम देखिन्छ। दाहालले यसअघि कांग्रेस नेतृत्वमा सरकार बनाउन पहल गरे पनि सम्भावना कम देखिएको छ। तर अहिले केपी शर्मा ओली नेतृत्वको एमाले र कांग्रेसमा भने सरकारमा को-को जाने भन्ने विषयमा आन्तरिक छलफल चलिरहेको छ। कांग्रेसमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिएमा महामन्त्री गगन थापा, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलामध्ये एकलाई पठाउने तयारी छ। तर यसअघि कांग्रेस…

Read More