Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : उपसभामुख इन्दिरा रानाले संसदमा उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि जनाएकी छन् । ६५ औँ संसद दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले आफूप्रति पूर्वाग्रह राखेको जस्तो लागेको बताइन् । ‘भित्र पस्नेबित्तिकै त्यहाँ सम्माननीय सभामुखज्यूको यत्रो फोटो राख्नुभएको छ । हाम्रो त छैन । उपसभामुखलाई वायस गरेको जस्तो पनि लाग्छ । यो कुरा मनन गर्नुपर्छ’ उनले भनिन् । आफूले केही समयअघि सिंगापुरको संसदको भ्रमण गरेको र सो क्रममा सभामुखको फोटो विगतदेखि वर्तमानसम्म राखेको भन्दै नेपालमा भने त्यस्तो हुन नसकेको बताइन् । ‘अस्ति म सिंगापुर गएको थिएँ । डब्ल्युटिओको कन्फ्रेन्समा । त्यहाँ पार्लियामेन्ट भिजिट गर्ने मौका पाएको थिएँ । त्यहाँ पहिलाका…

Read More

काठमाडौँ : नारायणगढ-मुग्लिन सडक खण्ड झन्डै पाँच घण्टापछि सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा रहेको तुइन खोला नजिकै बिहान साढे ११ बजे पहिरो खसेपछि बन्द भएको सडक सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ । सडकमा झरेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो । अस्ति बिहीवार दिउँसो पहिरो झरेपछि सडक बन्द हुने र खुल्ने क्रम चलिरहेको छ । बिहीवार दिउँसोपछि हिजो बेलुका ५ बजेमात्रै खुलेको सडक आज बिहान सवा ३ बजे पहिरो झरेपछि पुनस् बन्द भएको थियो । त्यसलाई पन्छाएर सडक सञ्चालनमा ल्याएको केहीबेरमै पुनः पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो । सडक सञ्चालनमा आए…

Read More

काठमाडौँ: काठमाडौँबाट धनगढीका लागि उडेको श्री श्री एयरलाइन्सको जहाज धनगढीमा ल्यान्ड हुन नसकेपछि काठमाडौँ फर्किएको छ । आज ४ बजेर २० मिनेटमा आकाशबाटै सो जहाज इन्जिनको समस्याका कारण काठमाडौँ फर्किएको हो । अहिले जहाज काठमाडौँ अवतरण भइसकेको बताइएको छ।

Read More

काठमाडौँ: मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन मर्मत सुरुको तयारी भइरहँदा त्यो सम्पन्न नहुँदासम्म पानी सञ्चालनका लागि मध्यकालीन सुधारको काम गरिने भएको छ । विसं २०७८ असार १ गतेको बाढीका कारण आयोजनामा ठूलो भौतिक क्षति भएको थियो । सो क्षतिपछि आयोजना पुनःसञ्चालन गर्न र पुनःनिर्माणका लागि तत्काल गर्ने, मध्यकालीन र दीर्घकालीन गरी तीन किसिमका योजना बनाइएको थियो । तत्कालको सुधार सकिएर आयोजनाले उपत्यकामा पानी ल्याइरहेको छ । दीर्घकालीन संरचना बन्दासम्मका लागि भइरहेका संरचनाको सुधार गरी सञ्चालनको काम मध्यकालीन योजनाअन्तर्गत रहेको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । ‘हेडवर्कक’को मध्यकालीन कार्ययोजनाअनुसार काम गरिने उनले बताए । त्यसमा हेडवर्कलाई चलाउन आवश्यक काम गेटको मर्मतको काम,…

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ का भरत सिंह र नरेन्द्रसिंह ठगुन्ना तीन ग्राम ४७ मिलीग्राम लागुऔषधसहित पक्राउ परेका हुन् । उनीहरुलाई बेलौरी नगरपालिका–१० भुडा सडकघाटबाट लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Read More

डडेल्धुरा: परराष्ट्रमन्त्री एनपी साउदले सरकारले तरल रहेको परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न गरिरहेको बताएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखाले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय सम्बन्धलाई स्थिरता दिने प्रयास भइरहेको बताएका हुन् । “अलिकति तरल रहेको परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई हामीले अहिले स्थिरता दिने प्रयत्न गरिरहेका छौँ, हाम्रो परराष्ट्र नीतिका सम्बन्धमा हामीले संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उल्लेखित मूल्य र मान्यतालाई सम्मान गर्छौं”, उनले भने, “त्यसलाई हामी व्यवहारमा पनि लागू गर्न चाहन्छौँ, संसारमा हुने सैन्य द्वन्द्व वा सैन्य गठबन्धनमा हामी सामेल हुँदैनौँ, तर संसारमा हुने घटनामा हामी तटस्थ बस्छौँ, बोल्न सक्दैनौँ हाम्रो विचार नै छैन भन्ने चाहिँ…

Read More

काठमाडौँ: बाराको जितपुर सिमरा उप–महानगरपालिका–७ बाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । जितपुर–वीरगन्ज सडक खण्डमा पार्किङ गरेर राखेको भारतीय नम्बरको ट्रकबाट २ सय ६२ केजी गाँजा बरामद गरिएको बाराका एसपी होबिन्द्र बोगटीले बताए । असार १४ मा मकवानपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बिआर–२५ जिए १४५८ नम्बरको ट्रकलाई चालकले जितपुर–वीरगन्ज सडकमा पार्किङ गरेर छाडेका थिए । ट्रकको छतभन्दा तलको भागमा फल्ट बटन बनाएर गाँजा लोड गरिएको थियो । वीरगन्ज भन्सारबाट खाली नेपाल तर्फ आएको सो ट्रक गाँजा लिनकै लागी मकवानपुर पुगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ट्रक चालक र धनीको खोजी भइरहेको एसपी बोगटीले बताए ।

Read More

धनगढीः बाजुराको शैक्षिक विकासमा योगदान पुर्‍याएको भन्दै शिक्षाविद कृष्णबहादुर सिंहलाई धनगढीमा सम्मान गरिएको छ । बुढीगंगा नगरपालिकाले आज सिंहलाई स्वर्गीय ‘नरसिंह गिरी शैक्षिक’ पुरस्कारबाट सम्मान गरेको हो । नगरपालिकाको आठौँ नगरसभाबाट स्थापना गरिएको स्वर्गीय नरसिंह गिरी शैक्षिक पुरस्कारबाट बाजुराको शैक्षिक विकासमा पुर्‍याएको अतुलनीय योगदानको उच्च कदर गर्दै सिंहलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ । खप्तड छेडेदह गाउँपालिका–१ काँडा घर भएका उनी हाल धनगढी बस्दै आएका छन् ।

Read More

पाँचथर: भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढी पहिरोबाट उत्पन्न विषम परिस्थितिमा राहत तथा क्षतिपूर्ति वितरण तथा पुनःनिर्माण कार्यमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । असार पहिलो साता पाँचथरमा बाढी र पहिरोले पुर्याएको क्षतिको निरीक्षणका लागि आज पाँचथरको फिदिम आएका मन्त्री ज्वालाले जिल्ला प्रशासन कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा राहत, क्षतिपूर्ति र पुनःनिर्माणमा कुनै पनि प्रकारको ढिलाइ नगर्न सरोकारवाला निकायलाई निर्देशन दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सरकारको टोलीले स्थलगत बाढी पहिरोको क्षतिको निरीक्षण गर्न नपाएका कारण आफू सरकारको प्रतिनिधिका रुपमा आएको जनाउँदै उनले सबै मन्त्रालय मातहतका निकायलाई तदारुकताका साथ लाग्न आग्रह गरे । “राहत, क्षतिपूर्ति र पुनःनिर्माणको…

Read More

कञ्चनपुर: कञ्चनपुरमा दुई लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट भन्सार छलीका सामान बरामद गरिएको हो । प्रहरीले गड्डाचौकीस्थित विद्युत कार्यालय अगाडि भन्सार छलीका साडी, धोती, साइकल गरी १५ हजार मूल्य बराबरका सामानसहित दुई जनालाई पक्राउ गरेको छ । त्यस्तै, गड्डाचौकीमा भारतबाट भन्सार छलीका कपडा, चिनीलगायत १ लाख ८८ हजार ३ सय मूल्य बराबरका सामानसहित १/१ मोटरसाइकल र स्कुटर बरामद गरिएको छ । यी सामान बेवारिसे अवस्थामा फेला परेका बताइएको छ । पक्राउ परेका दुबैजनालाई सामानसहित भन्सार कार्यालय गड्डाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Read More