Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – काठमाडौं महानगरपालिकाले भोलिदेखि महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको छ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दिएको समयसिमा भित्र ‘आदिपुरुष’ चलचित्रमा भएको विवादित संवाद भारतमा नहटाइएपछि महानगरका हलहरूबाट सबै भारतीय फिल्म रोक्ने तयारी गरेको महानगर स्रोतले जनाएको छ । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को पूर्वसन्ध्यामा काठमाडौं महानगरका मेयर शाहले सच्चाउन तीन दिनको समय दिएका थिए । उनले लेखेका थिए, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ…

Read More

आर.एस भट्ट, काठमाडौँ: ‘२ सय ९८ प्रतिशतसम्म नागरिकले कर तिर्छन् । तर हामीले के दियौँ नागरिकलाई ? प्रहरी कार्यालयमा गएपछि डण्डा हान्छ, सिडिओ हाकिम भएर बस्याछन् । जनताले कर तिरेपछि जनता मालिका हैन ? जनतालाई शिक्षा दियौँ ? स्वास्थ्य दियौँ ? रोजगारी दियौँ ? बत्ती दियौँ ? पानी दियौँ ? रोड दियौँ ? जनताले कर तिरेपछि सुविधा लिनु पर्दैन ?’ यो भनाइ प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीको हो । आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले करको दर बढाएपछि सांसद शाहीले प्रतिनिधि सभाको रोष्टमबाटै जनतालाई सुविधा नदिएको टिप्पणी गरेका छन् । उनकै भनाइलाई साभार गर्ने हो भने जनताले…

Read More

काठमाडौँ: भारतीय कर्मचारीहरुले नेपाली पक्षसँग समन्वय नगरी गड्डाचौकीमा नेपाली भूमी नापजाँच गरेको भन्दै छानबिन गर्न माग गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले सरकारले घटनाको सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले असार १ गते इण्डियन नेशनल हाइवेको सर्वे गर्ने भन्दै कञ्चनपुरको भूमिमा भारतीय प्राविधिकहरूको टोलीले नापेको आरोप लगाए । ‘भारतीय प्राविधिकहरू नेपाल प्रवेश गर्दा पनि सीमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सुइँको समेत पाएनन्। के उनीहरूलाई जागिर खान मात्रै सीमामा खटाइएको हो म सरकारलाई प्रश्न गर्न चाहन्छु,’ उनले भने ।

Read More

धनगढी: कृषि पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका पत्रकार हिमेश विकविरुद्ध नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखामा निवेदन परेको छ । उनले होटेलमा खाना खाएको पैसा नतिरेको भन्दै निवेदन परेको हो । डडेल्धुराको अमरगढी नगरपालिका-५ किर्तिपुरस्थित अम्बिका होटेलमा विकसहितका ५ जनाले गत जेठ १२ गते खाना खाएर पैसा नतिरेकाले रकम असुली गराइदिन भन्दै होटेल सञ्चालक दिपेन्द्रबहादुर साउँदले महासंघमा निवेदन दिएका छन् । उनीहरुले ५ हजार ६६५ रुपैयाँको खाना खाएर पैसा नतिरेको बताइएको छ ।

Read More

बैतडी: बैतडीको सतबाँझमा सिसी क्यामेरा लाएकै दिन चोरी भएको छ । सुर्नया गाउँपालिका-२ स्थित सतबाँझ बजारमा रहेको बाशुलिङ्ग ट्रेर्डस एण्ड सप्लार्यसमा गत बिहीवार राति चोरी भएको हो । व्यवसायी हरिश पाण्डेका अनुसार पसल अगाडि राखेका एक बण्डल सरिया बिहीवार राती चोरी भएका हुन् । सोही दिन दिउँसो सतबाँझ बजारमा चोरी, डकैतीलगायतका आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सिसीटिभी क्यामेरा जडान गरिएका थिए । पाण्डेको पसल अगाडिबाट यसअघि पनि जेठ १० गते एक बण्डल सरिया चोरी भएका थिए । एक बण्डलमा करिब १ क्विन्टल ६ किलो सरिया हुने उनले बताए । सरिया चोरी भएपछि उनले प्रहरीमा निवेदन दिएका छन् । सतबाँझ प्रहरीले अनुसन्धान…

Read More

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी एकता अभियानको संयोजक रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतम र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ । ओलीलाई भेट्न गौतम एमाले मुख्यालय च्यासल पुगेका हुन् । एमालेमा फर्किन उमेरहद हटाउनुपर्ने सर्त राख्दै आएका गौतमले गत जेठमा एमालेले ७० वर्षे उमेरहद खारेज गर्ने निर्णय गरेसँगै एमालेमै फर्किएर पार्टीमा क्रियाशील हुने र सदस्यता पनि नवीकरण गर्ने बताएका थिए ।

Read More

काठमाडौँ: विश्वकप क्रिकेट छनोट अन्तर्गत जिम्बाव्वेविरुद्ध भइरहेको खेलमा कुशल भुर्तेल ९९ रनमा आउट भएका छन् । जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का हाने ।

Read More

काठमाडौँ: आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपालले घरेलु टोली जिम्बावेसँगको खेलमा राम्रो प्रदर्शन गरिरहेको छ । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २८ ओभरको खेल सकिँदा एक विकेट पनि नगुमाई १ सय ५४ रन बनाएको छ । नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी साझेदारी गरेका छन् । कुशल र आसिफको यो साझेदारी नेपालले कुनै पनि विकेटका लागि गरेको सर्वाधिक रनको साझेदारी हो ।

Read More

काठमाडौँ: भारतीय चलचित्र ‘आदिपुरुष’ का पटकथा लेखक मनोज मुन्तशिरले सीताको जन्म र नेपालको राष्ट्रियतालाई लिएर विवादित प्रतिक्रिया दिएका छन् । चलचित्रमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने गलत संवादबारे भारतीय टेलिभिजन च्यानलसँग कुरा गर्दै उनले नेपाल सन् १९०३ सम्म भारतकै हिस्सा भएको दाबी गरेका छन् । अन्तर्वार्तामा उनले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको दाबी गरे । यो कुरा नेपालीले बुझ्न नसकेको पनि उनको भनाइ छ । नेपालको राष्ट्रियतामाथि नै प्रश्न उठाउने उनको विवादित भनाइलाई लिएर सामाजिक सञ्जालमा विरोध भइरहेको छ । यसबारे सरकारीस्तरबाटै प्रतिवाद हुनुपर्ने माग उठिरहे पनि परराष्ट्र मन्त्रालय मौन छ ।

Read More

डडेल्धुरा: डडेल्धुराको जंगलमा घातक बम फेला परेको छ। जिल्लाको आलितालको आलिताल गाउँपालिका–१ रतनटुडास्थित चित्रकुट सामुदायिक वनभित्र उक्त विष्पोटक बस्तु फेला परेको हो। उक्त बम स्थानीय ४५ वर्षीय भक्तबहादुर बोहराले देखेपछि प्रहरीलाई खबर गरेका थिए। बाख्रा चराउन वनमा गएका बोहराको खबर पाएपछि घटनास्थल गएको प्रहरीले फेला परेको बम ८१ मोटर सेलको रहेको पहिचान गरेको थियो। अहिले दह ब्यारेगबाट सेनाको टोली उक्त स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उनीहरुले बम डिस्पोज गर्ने तयारी गरेको डडेल्धुराका डिएसपी मनोहर भट्टले जानकारी दिए।

Read More