Author: महेन्द्रनगर पोष्ट

धनगढी: दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानी क्षेत्रमा ट्रक दुर्घटना भएको छ। आज (मंगलबार) ग्वानीमा ट्रक दुर्घटना हुँदा चालक र गाडी धनि घाइते भएका छन्। धनगढीबाट दार्चुला सदरमुकाम खलंगातर्फ जाँदै गरेको सुपप्र ०१००१ क १६९२ नम्बरको ट्रकको स्टेरिङले काम नगर्दा ट्रक दुर्घटनामा परेको हो। प्रहरीका अनुसार दुर्घटना परि घाइते हुनेमा गाडी चालक करनसिंह राना र गाडी साहु जनकराज बिष्ट रहेका छन्। चालकको खुट्टामा चोट लागेको छ भने दुबै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। ट्रक मंगलबार राति पौने ९ बजेतिर दुर्घटनामा परेको हो। ट्रक सडकबाट अन्दाजी २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाको…

Read More

काठमाडौँ: छात्रवृत्ति विवरण नबुझाउने ३९ ओटा विद्यालयलाई काठमाडौँ महानगरपालिकाले १ लाख रुपैयाँका दरले जरिबाना तोकेको छ । महानगर क्षेत्रभित्रका ५०४ निजी विद्यालयमध्ये ४६५ ओटाले छात्रवृत्ति विवरण बुझाएका र बाँकी ३९ ओटाले नबुझाएका महानगरले जनाएको छ । उनीहरुबाट महानगरले एक लाख रुपैयाँका दरले जरिबाना लिने मेयर बालेन्द्र शाहले बताए । जरिबाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइने र त्यसपश्चात् पनि विवरण नबुझाएमा विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने उनले बताए । महानगरको इतिहासमा यो पहिलो पटक हो । त्यसबाट लक्षित वर्गका १३ हजारभन्दा बढी विद्यार्थीले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका छन् ।

Read More

काठमाडौँ: नेकपा एमालेका सांसद तारा लामा तामाङले अर्थमन्त्री प्रकाशशरण महतले आवश्यकता भन्दा पनि व्यक्तिको पहुँचको आधारमा रकम बाँडेको आरोप लगाएका छन्। मंगलवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले सरकारले आवश्यकतालाई ध्यान दिनेभन्दा पनि पहुँचलाई आधार बनाएको भन्दै असन्तुष्टि प्रकट गरे। एमाले सांसद तामाङले अर्थमन्त्री र अर्थमन्त्रालयसँग आफ्नो निर्वाचन क्षेत्र रहेको कञ्चनपुरको छोटी भन्सारलाई व्यवस्थित गरेर राजस्व संकलन कसरी गर्ने भन्ने कुनै योजना नभएको आरोप लगाए। ‘कञ्चनपुरको बेलौरी भन्सारले धेरै क्षेत्र ओगट्थ्यो। तर, त्यसलाई व्यवस्थित नगरी सेटिङको भरमा छोटी भन्सार नचलाएको भन्ने सुनेको छु। यो काम सरासर गलत हो। अर्थमन्त्रालय र अर्थमन्त्रीको यसमा ध्यान जान आवश्यक छ,’ सांसद तामाङले भने। सुदूरपश्चिम सरकारका…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले बुधवार प्रदेशभर शोक बिदा दिएको छ । मंगलबार सवारी दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले बुधवार शोक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको बताए ।

Read More

धनगढीः प्रहरीले कैलालीको अत्तरियाबाट थप दुई जना आन्दोलनकारी पक्राउ गरेको छ । मालाखेती प्रहरीले आज साँझ आन्दोलन गरिरहेका भीम बोहरा र गौतम रोकायालाई पक्राउ गरेको हो । आज दिउँसो प्रदेश ३०१ ००२ झ ५२०२ नम्बरको गाडी तोडफोडको आरोपमा दीपक बोहरा र भेष बोहरा पक्राउ परेपछि उनीहरुको रिहाइको माग गर्दै आन्दोलन गरिरहेका बोहरा र रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको हो । गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन तथा कानुन निर्माणको माग गर्दै आएका आन्दोलनकारीले मंगलवार सरकारी सवारी सञ्चालनमा रोक लगाएका थिए । विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका बन्दकर्ताले कैलालीको गोदावरी३ चौकिडाडाँमा जिल्ला अदालत बाँकेको गाडी तोडफोड गरेका थिए । गेटामा…

Read More

धनगढी: धनगढीका ४२८ घरधनीलाई सम्मान गर्ने धनगढी उपमहानगरपालिकाको कार्यक्रम स्थगित गरिएको छ । उपमहानगरले आज सूचना जारी गर्दै भोलि गरिने भनिएको सम्मान कार्यक्रम स्थगित गरिएको जनाएको हो । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा परी आज निधन भएकाले बुधवार गरिने भनिएको सम्मान कार्यक्रम स्थगित गरिएको उपमहानगरले सूचनामार्फत जनाएको छ । उपमहानगरले धनगढी-१ कैलाली पुलदेखि धनगढी-८ हुलाकी सडक जिरो प्वाइन्टसम्मको सडक निर्माण कार्यको शिलान्याश एवं उक्त क्षेत्राधिकार भित्रका भौतिक संरचना स्वस्फूर्त रुपमा हटाई सडक विस्तारमा सहयोग पुर्याएका घरधनीहरुको सम्मान कार्यक्रम हाललाई स्थगित गरिएको सूचनामा उल्लेख छ । उपमहानगरले आफ्नो भौतिक संरचना आफै भत्काएर ‘हाम्रो धनगढी हामी…

Read More

धनगढी: सुदूरपश्चिमका मजदुर आन्दोलित भएका छन् । भारतबाट अवैध कुखुरा भित्र्याउने तस्करले चालकलाई फसाएको भन्दै सुदूरपश्चिमका मजदुर आन्दोलित भएका हुन् । कैलालीको बुढितोलाबाट गत जेठ २१ गते सु.प.प्र ०२०१ च ८६८ नम्बरको गाडीमा कुखुरा लगेर बझाङ गइरहेका चालक देवेन्द्र रोका क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको थियो । मजदुर संघगठनहरुले कुखुराका व्यापारीलाई छुट दिई चालकलाई फसाइएको बताएका छन् । गाडीधनी बैतडीको सुर्नया गाउँपालिका६ का सुवास चन्दले गाडी चालकलाई फसाएको उनीहरुको गुनासो छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दले जिपमा भएका कुखुरा अवैध हुन् भन्ने चालकलाई थाहा नभएको बताए । गाडीधनी चन्द पक्राउ पनि नपरेका तर चालक देवेन्द्रलाई…

Read More

एजेन्सी: भारतको इन्डिगो एअरलाइन्सले फ्रान्सको जहाज निर्माता कम्पनी एअरबससँग पाँच सय वटा विमान खरिद गर्न सम्झौता गरेको छ । पेरिसमा चलिरहेको एअर शोका क्रममा इन्डिगोले यो कीर्तिमानी सम्झौताको घोषणा गरेको हो । एकैपटक पाँच सय वटा जहाज खरिदको सम्झौता हवाई उड्डयनको इतिहासमा अहिलेसम्मकै ठूलो सम्झौता भएको बीबीसी हिन्दीले जनाएको छ । पाँच सय वटा जहाज किन्नको लागि इन्डिगोले ५५ अर्ब अमेरिकी डलर अर्थात् ४५ खर्ब १५ अर्ब भन्दा धेरै भारतीय रुपैयाँ लगानी गर्नेछ । यी जहाजहरु सन् २०३० देखि २०३५ को बीचमा डेलिभरी हुनेछन् । एअरबसका मालिक गैलम फोरीले यो सम्झौतालाई एक कोसेढुङ्गाको रूपमा वर्णन गर्दै यति ठूलो सम्झौता अहिलेसम्म…

Read More

बैतडी: बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । मंगलवार जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । जिल्लाका १६ देखि २३ महिनासम्मका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताए । २०७२ सालमा बैतडी पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको भएपछि त्यसको निरन्तरताका लागि हरेक वर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने गरिएको छ ।

Read More

धनगढीः पत्नी अमृतासहित धनगढीबाट गृह जिल्ला बझाङ हिँडेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवारी दुर्घटनामा परी अस्ताए । बुधवार (भोलि) बझाङको ढंगार मष्टा मन्दिर दर्शन गर्ने र कार्यकर्ता भेटघाट गर्ने तयारीमा रहेका उनले मन्दिर दर्शन गर्नै पाएनन् । मन्त्रालयका नायब सुब्बा स्तरका एकजना कर्मचारी, निजी सचिवालयका कर्मचारी र परिवारका सदस्यसहित हिँडेका मन्त्री सिंह बाटोमै अस्ताए । मन्त्री पदमा बहाली भएपछि पहिलो पटक निर्वाचन क्षेत्र जाँदै गरेका सिंह सवार सुपप्र ०१–००१ झ ४८० नम्बरको गाडी दिउँसो १ बजेर ४३ मिनेटमा केदास्युँ गाउँपालिका–१ को धारछडा भन्ने स्थानमा दुर्घटनामा पर्‍यो । दुर्घटनामा गम्भीर घाइते भएका सिंहलाई नेपाली सेनाको हेलीकोप्टरमार्फत नेपालगञ्ज लगियो…

Read More