Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको धनगढीमा १० जना सम्मानित भएका छन्। नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनमा १० जनालाई सम्मान गरिएको हो। कार्यक्रममा सञ्चारमाध्यमबाट सुदूरपश्चिमको खेलकुद विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै पत्रकार दिनेशबहादुर बिष्टलाई सम्मान गरिएको छ। उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सम्मानपत्र प्रदान गरेका हुन्। बिष्ट खेलकुद पत्रकार मंच कैलालीका उपाध्यक्ष पनि हुन्। सोही अवसरमा छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई स्वर्ण जिताउन सफल फुटबल खेलाडी दिपेश खड्का (डेभिट) पनि सम्मानित भएका छन्। उनी अहिले ग्रासरुट फुटबल अभियान चलाइरहेका छन्। क्रिकेट प्रशिक्षक ज्ञानेन्द्र दडिमाना क्षेत्री, भलिबल प्रशिक्षक प्रेमराज जोशी, उसु प्रशिक्षक रतन खाती, कैलाली जिल्ला…

Read More

काठमाडौं: नेपाली सेनाका सहायक रथी युवधिर मानसिंह अधिकारीले राजीनामा दिएका छन्। व्यक्तिगत कारण देखाएर उनले राजीनामा दिएका हुन्। उनको राजीनामा मन्त्रिपरिषद् बैठकले स्वीकृत समेत गरिसकेको रक्षा मन्त्रालयका प्रवक्ता मनोज कुमार आचार्यले बताए। सहायक रथीको चार वर्षे पदावधि पनि पूरा नहुँदै उनले राजीनामा दिएका हुन्। सहायक रथी हुँदा उनी पछिल्लो समय चरक बाहिनीमा कार्यरत थिए। तर उमेर हदका कारण अब बढुवा हुने सम्भावना नभएपछि अधिकारीले पदावधि पूरा नहुँदै राजीनामा दिएका हुन्।

Read More

धनगढी: नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीभित्र एकता कायम भए सुदूरपश्चिम प्रदेशका सबै १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जित सम्भव हुने बताएका छन्। तर, एकता नहुँदा हाल प्राप्त दुई सिट समेत गुमाएर पार्टी शून्य सिटमा झर्न सक्ने चेतावनी पनि उनले दिएका छन्। नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सचिव भट्टले पार्टीमाथि आन्तरिक र बाह्य दुवै कोणबाट आक्रमण भइरहेको बताए। यस्तो अवस्थामा जनवर्गीय सङ्गठनहरू सक्रिय भएर अग्रपंक्तिमा उभिनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। उनले भने, ‘पार्टी सङ्कटमा पर्दा हामी सबै अग्रपंक्तिमा उभिनुपर्छ। एमाले अहिले पनि बलियो बन्दै गएको छ, त्यसैले पार्टीमाथि घेराबन्दी भइरहेको छ। पार्टीका…

Read More

काठमाडौं: नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा हुने भनिएको बढुवा फेरि पनि विवाद र चलखेलबीच अल्झिएको छ। अहिले योग्य र काबिल अफिसरलाई छाडेर विवादित अधिकृतलाई अगाडि ल्याउने चलखेल सुरु भएको गृह मन्त्रालय स्रोतले जनाएको छ। यसअघि सशस्त्र प्रहरीका एआईजी र नेपाल प्रहरीका डीआईजी बढुवामा करोडौंको लेनदेनको चर्चा चलेको थियो। अहिलेको बढुवामा पनि त्यस्तै आर्थिक चलखेल भइरहेको आरोप लागेको छ। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित सचिवालयबाट बढुवामा हस्तक्षेप भइरहेको र स्वकीय सचिव भानु देउवा समेत संलग्न रहेको भनिएको छ। ११ एसएसपी पदका लागि २३ दावेदार जेठ १६ गते ११ एसएसपी डीआईजीमा बढुवा…

Read More

धनगढी: कैलालीका विभिन्न स्थानबाट प्रहरीले लागुऔषध (खैरो हेरोइन) सहित सात जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा प्रहरीले उक्त सफलता हात पारेको हो। जसअनुसार ईलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीको कमाण्डमा खटिएको टोलीले घोडाघोडी नगरपालिका–१ स्थित बाँझो घरबाट २१ ग्राम ८२० मिलिग्राम हेरोइन बरामद गरेको हो। यस्तै, ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले गोदावरी नगरपालिका–५ स्थित गेटाबाट ५ ग्राम १८० मिलिग्राम र वडा प्रहरी कार्यालय धनगढी तथा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका–२, कैलालीपुल नजिक सडक खण्डबाट ३८० मिलिग्राम हेरोइन बरामद गरेको हो। जम्मा २७ ग्राम ३८० मिलिग्राम खैरो हेरोइनसहित निम्न ७…

Read More

धनगढी: कञ्चनपुरमा नेपाल प्रहरीका असई वीरबहादुर चन्दमाथि कुटपिट गर्ने ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेलौरी नगरपालिका–८ का राहुल राना, सोही ठाउँ बस्ने कलीराम चौधरी र दुम्ली चौधरी रहेका छन्। हिजो एक जनामात्र समातिएकोमा अहिलेसम्म पक्राउ पर्नेको संख्या ३ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए। उनकाअनुसार राहुल रानालाई इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले मंगलबार साँझमात्रै पक्राउ गरेको थियो। रानाको समूहले चेकजाँचका क्रममा केही दिनअघि कञ्चनपुरको बेलौरी नगरपालिकास्थित पचुइ प्रहरी चौकीका इन्चार्ज असई चन्दलाई लछारपछार गर्दै कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो। चन्दमाथि कुटपिट गर्ने राना स्थानीय हार्डवेयर व्यापारी हुन्। रानाको समूहले भारतबाट अवैध रूपमा…

Read More

कञ्चनपुर: सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ संक्रमण देखिन थालेको हो। नाकामा रहेका हेल्थ डेस्कहरूमा पर्याप्त कीट नहुँदा परीक्षण हुन सकेको छैन। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार पनि सुदूरपश्चिममा भारतबाट आएका दुई जनामा संक्रमण पुष्टि भएको छ। निर्देशनालयका अनुसार गौरीफन्टा र झुलाघाट नाकामा एक/एक जनामा संक्रमण देखिएको हो। सुदूरपश्चिमका विभिन्न नाकाबाट ६४३ जना नेपाल भित्रिएका थिए। जसमध्ये १४ जनाको परीक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको हो। गड्डाचौकी नाका भारतको राजधानी दिल्लीबाट सबैभन्दा नजिकको नाका हो। यही नाका भएर भारतका…

Read More

धनगढी: नेपालगञ्जबाट बाजुरा गइरहेको नेपाली सेनाको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ। खराब मौसमका कारण अछामको बान्नीगढी जयगढ गाउँपालिका–५, थालाकोटमा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार थालाकोट मैदानमा हेलिकोप्टर ल्याण्ड भएको हो। अछामको उक्त क्षेत्रमा बिहान सबेरैदेखि चट्टयाङसहित वर्षा भइरहेको छ।

Read More

काठमाडौं: आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा नेपाल १६ रनले विजयी भएकाे छ। स्कटल्याण्डमा भएको  खेलमा नेपालले नेदरल्याण्डलाई १६ रनले पराजित गरेकाे हाे। नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा अलआउट हुँदै २२० रन मात्र बनायो। वेस्ले बारेसीले सर्वाधिक ३६ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ३० र माइकल लेभिटले २७ रन बनाए। काइल क्लेइनले २५ र नोआ क्रोएसले २२ रनको योगदान दिए। नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३९ रन दिएर ३ विकेट लिए। नन्दन यादवले ९ ओभरमा ३९ रन दिएर ३ विकेट लिए। ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले १-१ विकेछ हात पारे। त्यसअघि टस…

Read More

धनगढी: कैलालीको धनगढीमा लागूऔषध (खैरोहेरोइन) सहित नेपाल प्रहरीका कर्मचारी समातिएका छन्। आज (मंगलबार) लागूऔषध व्युरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले नेपाल प्रहरीका एक जवानलाई लागूऔषधसहित समातेको हो। प्रहरी स्रोतका अनुसार समातिनेमा गोदावरी नगरपालिका वडा नम्बर ९ घर भएका २७ वर्षीय प्रहरी जवान चिरञ्जीवी विश्वकर्मा रहेका छन्। उनलाई धनगढी उपमहानगरपालिका वडानम्बर २ स्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको कार्यालय बाहिरको सडकखण्डबाट समातिएको हो। उनको साथबाट ३८० मिलिग्राम लागूऔषध बरामद गरिएको जनाइएको छ। उनी प्रदेश प्रहरी कार्यालय धनगढीमै कार्यरत थिए। यसअघि केही दिन अगाडिमात्रै धनगढीकै त्रिनगर प्रहरी चौकीका जवान डम्बर साउदलाई पनि लागूऔषध सेवनकर्ताको शङ्का लागेर प्रहरीले समातेको…

Read More