Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको घोडाघोडी नगरपालिका–३ नारायणपुरमा विद्युतको पोलबाट करेन्ट लागेर सोही ठाउँका ३५ वर्षीय फुलाराम चौधरीको मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका चौधरीको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी: गेटा चिकित्सा विश्वविद्यालयको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ। आज सोमबार गेटामा निर्मित संरचना हेर्न अस्तीदेखी कैलालीमा आन्दोलन गर्नेहरु गएका थिए। त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेर आन्दोलनकारीमाथि बल प्रयोग गर्दै बाहिर निकालेको हो। आन्दोलन गर्नेहरु गेटा अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीलाई भेट्न गएका थिए। सोही बेला आन्दोलनकारीहरूलाई प्रहरीले बल प्रयोग गरेर बाहिर निकालेको जनाइएको छ। अस्पताल सञ्चालनको अवस्थाबारे बुझ्न गएका आन्दोलनकारीले डाक्टर जोशीसँग भेट गर्न पाएनन्। गेटामा युनिभर्सिटी माग गर्दै संघर्ष समितिले आन्दोलन गर्दै आएको छ।

Read More

धनगढी: कैलालीमा अवैध काठसहित फर्निचर सञ्चालकलाई पक्राउ गरिएको छ। सोमबार जिल्लाको कैलारी गाउँपालिका–२ उजेरीसिमरामा रहेको रामबिर फर्निचर उद्योगका सञ्चालक सोही ठाउँका ५४ वर्षीय रामकुमार चौधरीलाई पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले विशेष सूचनाका आधारमा चौधरीलाई एक लाख ७० हजार रुपैयाँ पर्ने १०६ दशमव ५१ क्युफिटका ७ वटा सालका गोलिया र १८ वटा सिलापट बरामद गरिएको जानकारी दिए। चौधरीलाई ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको टोलीले पक्राउ गरेको थियो। चौधरीलाई काठसहित आवश्यक कारवाहीका लागि सब डिभिजन वन कार्यालय उदासीपुरमा बुझाइएको प्रहरी निरीक्षक साउदले बताए।

Read More

काठमाडौं: भारत सरकारले त्यहाँको बाह्य गुप्तचर एजेन्सी रिसर्च एण्ड एनालाइसिस विङ (रअ) प्रमुखमा रवी सिन्हालाई नियुक्त गरेको छ। भारतको बिहार राज्यका स्थायी बासिन्दा सिन्हा नेपाल मामिलाका जानकार हुन्। भारत सरकार कार्मिक, सार्वजनिक गुनासो तथा निवृत्तिभरण विभाग, कर्मचारी तथा तालिम मन्त्रालयको मन्त्रिपरिषद्को नियुक्ति समितिले सोमबार भारतीय प्रहरी सेवा (आइपीएस) मा १९८८ ब्याचका उत्कृष्ट अधिकृत सिन्हालाई प्रमुख गुप्तचर एजेन्सीको जिम्मेवारी दिएको हो। सिन्हा अन्तर्राष्ट्रिय मामिला र आन्तरिक आतंकवादविरुद्ध सशक्त कारबाहीका लागि कहलिएका सुरक्षा अधिकारी हुन्। उनी भारतको जम्मु–कश्मिर, उत्तर पूर्वी राज्यहरु र चरम वामपन्थी आन्दोलनका जानकार मानिन्छन्। हालका र’अ प्रमुख सामन्तकुमार गोयलले १५ असार (३० जुन, २०२३) बाट अनिवार्य अवकाश पाउने छन्।…

Read More

दार्चुला: बैतडीको डिलाशैनी गाउँपालिका-१ का ५० वर्षीय कमलकुमार राना लागुऔषध चरेशसहित दार्चुलाबाट पक्राउ परेका छन् । उनलाई दार्चुलाको शैल्यशिखर नगरपालिक- ९ नायलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । रानाको साथबाट एक केजी ७०० ग्राम लागुऔषध चरेश फेला परेको हो । उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील मानिएको सुन्धारास्थित केन्द्रीय कारागारभित्र आपराधिक क्रियाकलाप हुने गरेको पाइएको छ । गैरकानूनी मिटरव्याजीदेखि लुटपाटसम्म हुन थालेपछि गृहमन्त्रालय र विभागीय निकायमा उजुरीसमेत दर्ता भएको छ । एक महिला कैदीले उजुरी दिएकी हुन् । कारागारभित्रै कैदीका आफन्तले सीधै पैसा दिन नपाउने व्यवस्था छ । यसका लागि कारागारभित्र कैदीबन्दीका आफन्तबाट पैसा लिन रोकी ऋण लिन लगाउने र त्यस्तो ऋणको सयकडा ५ रूपैंयाका दरले हिसाब गरी मिटरब्याज उठाउने गरिएको छ । त्यस्तै कैदीबन्दीका लागि आफन्तले दिएको रकम मूल नाइकेले आधा कमिसन लिएर दिने गरेको पीडितको तर्फबाट दिइएको उजुरीमा उल्लेख छ । यस्तै कारागारभित्र लागुऔषध, चुरोट र मदिराको समेत गैरकानूनी…

Read More

डडेल्धुरा: डेल्धुरामा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको आलिताल गाउँपालिका-८ कुर्जेनीमा सुपप्र ०१००१क १६८३ नम्बरको जेसिबी दुर्घटना भएको हो । दुर्घटनामा बझाङ घर भएका एक जनाको ज्यान गएको र सनाखत हुन नसकेको आलिताल प्रहरीले जनाएको छ । जेसिबी सडकबाट करिब ३० मिटर तल खसेको र दुर्घटनाबारे सन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज दिउँसो संखुवासभाको तुम्लिङटार पुगेका छन् । आइतबार परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु र १८ जनाभन्दा बढी बेपत्ता भएका थिए । प्रधानामन्त्रीले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्दारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका थिए । प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबारविहीनलाई तत्काल स्थानान्तरण र भोलिको आवासको लागि व्यवस्था मिलाउन आवस्यकता अनुसार सरकारले तदारुकताका साथ काम गर्ने बताए । प्रधानमन्त्री आजै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवलोकन गरी अपरान्ह काठमाडौं फर्कनेछन् ।

Read More

धनगढीः धनगढीमा भारतीय चलचित्र ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाइएको छ । धनगढीको एसटिएस सिनेमा हलले स्वस्फूर्त रुपमा ‘आदिपुरुष’को प्रदर्शमा रोक लगाउने निर्णय गरेको हो । फिल्लमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डायलगले नेपालको राष्ट्रियता र सांस्कृतिक एकतामाथि प्रहार गरेको भन्दै सोमबारदेखि ‘आदिपुरुष’को सम्पूर्ण शो रोकेको एसटिएस सिनेमाले जनाएको छ । आदिपुरुषमा समावेश जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देशको देशव्यापी रुपमा चर्को आलोचना भइरहेको छ ।

Read More

काठमाडौँ: लोसपा सांसद रामप्रकाश चौधरीले पब्जी गेम बन्द गर्न सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले पब्जी गेमका कारण बालबालिकाहरु बिग्रँदै गएको भन्दै तत्काल बन्द गर्न आग्रह गरेका हुन् । ‘यो पब्जी गेम तुरुन्त बन्द गरियोस् । आज हाम्रा बालबालिका ठोकठोक, मारमार भन्दाभन्दै पागलजस्तो भएका छन् । त्यसैले यो पवजी गेम तुरुन्त बन्द गरियोस्’, सांसद चौधरीले संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

Read More