Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिममा १०२ डायल गरी आकस्मिक एम्बुलेन्स सेवा लिन पाइने भएको छ । स्वास्थ्य निर्देशनालय राजपुरले आकस्मिक एम्बुलेन्स सेवा प्रेसण केन्द्र स्थापना गरी उक्त सेवा दिन लागेको हो । प्रदेशमा सडक दुर्घटना वा अन्य कुनै बिरामी भएर आकस्मिक एम्बुलेन्स चाहिए छिटो एम्बुलेन्स उपलब्ध गराउने हेतुले आकस्मिक एम्बुलेन्स सेवा प्रेसण केन्द्र स्थापना गरी सेवा दिन लागिएको स्वास्थ्य निर्देशक जगदिश जोशीले बताए । एम्बुलेन्सका लागि १०२ देशभर भए पनि सुदूरपश्चिम प्रदेशले प्रेसण केन्द्र नै स्थापना गरेर सेवा सुरु गरेको छ । प्रेसण केन्द्रमा इर्मेजेन्सी मेडिकल केयर (ईएमडी) तालिम प्राप्त स्वास्थ्यकर्मी पनि हुने हुँदा बिरामीको अवस्थाबारे जानकारी लिई प्रारम्भिक उपचार गर्न केन्द्रबाट सुझाउने…

Read More

काठमाडौँ: भिजिट भिसामा वैदेशिक रोजगारीमा जान लागेका चार हजारभन्दा धेरैलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ । २०७९ वैशाखयता अहिलेसम्म भिजिट भिसामा वैदेशिक रोजगारीमा जान लागेका चार हजार एक सय ७३ जनालाई विमानस्थलबाटै फर्काइएको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले जनाएको छ । भिजिट भिसा लगाएर रोजगारीका लागि विदेश हिँडेको र मानव बेचबिखन तथा मानव तस्करीमा पर्न सक्ने उच्च जोखिम भएकाहरूलाई प्रहरीले परामर्श गरी विमानस्थलबाटै फर्काउने गरेको छ । यसरी विमानस्थलबाट फर्काइनेमा सबैभन्दा धेरै महिला छन् । भिजिट भिसामा हिँडेका र बेचबिखन तथा तस्करीको जोखिम भएकाहरूमध्ये धेरैजसो खाडीका देशमा जान खोज्नेहरू रहेको ब्युरोले जनाएको छ ।

Read More

धनगढीः धनगढीमा प्रहरीले भन्सार छलीका सामान फेला पारी नियन्त्रणमा लिएको छ । धनगढी उपमहानगरपालिका–३ मिलन चोकमा भारतबाट भन्सार छली ल्याइएका चिनी, पास्ता, नरिवल, बिडी, साबुन लगायतका सामानहरु बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । अन्दाजी १५ हजार मूल्य बराबरका ती सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

Read More

छेन्दु: जनवादी चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान विश्वविद्यालय कमिटीका महासचिव कानले आज भेट गरेका छन् । छेन्दुस्थित सिचुवान विश्वविद्यालयमा भएको सो भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भएको छ । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउन विश्वविद्यालयले खेलेको भूमिकाको प्रंशसा गरे। उनले आगामी दिनमा विभिन्नस्तरबाट नेपाल–चीन सम्बन्धलाई बलियो बनाउनुपर्नेमा जोड दिए। उपप्रधानमन्त्री श्रेष्ठले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकताको पक्षमा चीन सदैव उभिँदै आएको स्मरण गर्दै नेपालको विकासमा चीनको निरन्तर साथ र सहयोग रहने विश्वास व्यक्त गरे । भेटमा महासचिव कानले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई नजिक ल्याउन…

Read More

काठमाडौँ: आज सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । सुन आज तोलामा एक लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

Read More

गोरखा: गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परिसरमा रहेको धर्मशालामा स्थानीयवासीले तालाबन्दी गरेका छन् । गुठी संस्थानलाई धर्मशाला व्यापारिक प्रयोजनका लागि भाडामा नलगाउन गरेको आग्रहलाई बेवास्ता गरेको जनाउँदै बुधबारदेखि धर्मशालाको भवनमा तालाबन्दी गरिएको स्थानीयवासी मनोज जोशीले जानकारी दिए । “योगी, तपस्वी, गरिब, असहाय तीर्थालु भक्तजन बस्नका लागि बनाइएको धर्मशालालाई गुठी संस्थानले गएको ४० वर्षदेखि व्यापारिक प्रयोजनका भाडा लगाएर कमाउने काम मात्र गर्दै आएको छ”, उनले भने, “मनकामनावासीले यस पटक पुनः संस्थानले भाडामा लगाउन बोलपत्र आह्वान गरेपछि बोलपत्र रद्द गर्न आग्रह गरेको भए पनि संस्थानबाट कुनै सुनुवाइ नभएपछि धर्मशालाको भवनमा ताला लगाएका हौँ ।” धर्मशालामा व्यवसाय सञ्चालन गर्नुभन्दा सस्तो दररेटमा मन्दिरमा आउने…

Read More

बैतडी: पहिरोले अवरुद्ध भएको जयपृथ्वी राजमार्ग एकतर्फी रुपमा सुचारु भएको छ । राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका-८ आलुगैरामा गएराति पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी रुपमा सुचारु भएको हो । एकतर्फी रुपमा सडक सुचारु भइसकेको र दुईतर्फी सञ्चालनका लागि पहिरो पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

Read More

धनगढी: धनगढी उप–महानगरपालिकाले विपद व्यवस्थापन सम्बन्धी सामग्रीहरू हस्तान्तरण गरेको छ । उपमहानगरले जिल्ला प्रहरी कार्यालय कैलाली र सशस्त्र प्रहरी बल नेपाल नं.३४ गण हेडक्वाटर धनगढी कैलालीलाई विपद व्यवस्थापन सम्बन्धी सामग्री हस्तान्तरण गरेको हो । उपमहानगरले आज २०/२० ओटा लाइफ ज्याकेट, २०/२० ओटा नै हेलमेट, १५/१५ जोर गमबुट (पानी बुट), १५/१५ ओटा स्टेक्चर, १/१ हेन्ड माइक र १५/१५ ओटा फलामको बाल्टी हस्तान्तरण गरेको हो ।

Read More

काठमाडौँ: सुदूरपश्चिमका तीन पहाडी जिल्लामा सडक अवरुद्ध भएका छन् । बैतडी, दार्चुला र अछामका विभिन्न स्थानमा सडक अवरुद्ध भएका हुन् । प्रहरीका अनुसार बैतडीको सुर्नया गाउँपालिका-८ आलुगैरास्थित सडकमा पहिरो जाँदा जयपृथ्वी राजमार्ग अन्तर्गतको खोड्पे बझाङ सडकखण्ड अवरुद्ध भएको छ । त्यस्तै, दार्चुलाको शैल्यशिखर नगरपालिका–६, पनेबाँज र मालिकार्जुन गाउँपालिका४ तेर्छालेकमा पहिरो जाँदा गोकुलेश्वर–दार्चुला हाईवे सडकखण्ड अवरुद्ध भएको छ । अछामको बान्निगढीजयगढ गाउँपालिका-४ कचरेटी खोला भन्ने स्थानमा पहिरो जाँदा मंगलसेन–साँफे सडकखण्ड अवरुद्ध भएको छ । प्रहरीले मनसुन र भारी वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध रहेका सडक खुलाउने प्रयास भइरहेको बताएको छ ।

Read More

काठमाडौँ: आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा…

Read More