Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम प्रदेशमा आज मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तारको गृहकार्य गरिरहेका छन् । उनको हातमा मन्त्री बन्नेहरूको नाम पुगिसकेको छ तर, मन्त्रालयको भागबन्डा भने अझै मिलिसकेको छैन। आफू मुख्यमन्त्री भएको भोलिपल्टै २७ माघमा भौतिक पूर्वाधार विकास मन्त्रालयमा कांग्रेसका प्रकाश देउवा र आर्थिक मामिला तथा योजना मन्त्रालयमा नेकपा एकीकृत समाजवादीका नरेश बहादुर शाहीलाई नियुक्त गरेका थिए । १०० दिनको उपलब्धी सार्वजनिक गर्दै मुख्यमन्त्री शाहले हिजै सरकारलाई पूर्णता दिने दाबी गरेका थिए । तर, अहिले सम्म सरकारले पूर्णता पाउन सकेको छैन । आज सरकार विस्तार गर्ने तयारी भएपनि अहिले सम्म भागबन्डा मिलेको छैन । मुख्यमन्त्रीको गोजीमा रहेको नामहरू पनि असमावेशी रहेको आरोप…

Read More

डोटी: डोटीका महिलाहरु अहिले काफल बेचेर घरखर्च चलाइरहेका छन् । विशेषगरी आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका महिलाले काफल बेचेरै घरखर्च चलाइरहेका हुन् । जोरायल गाउँपालिका–१ गैराकी भगवती साउदले काफल बेचेर राम्रो आम्दानी भइरहेको बताइन् । त्यस्तै, शिखर नगरपालिका–१ कपल्लेकी खगीदेवी ऐरले अहिले काफल बिक्री गरेरै घर खर्च चलेको बताइन् । उनीहरुले काफल बेचेर दैनिक पाँच सयदेखि चार हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताएका छन् । न्यून आयस्रोत भएका परिवारका लागि काफल अहिले आम्दानीको स्रोत बनेको छ ।

Read More

धनगढी: सुदूरपश्चिममा आज प्रदेश सरकार विस्तार हुने जनाइएको छ। हिजो सरकार विस्तार हुने भनिएकोमा दलहरुबीच सहमति नजुटेपछि आज विस्तार गरिने भएको हो। मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयका अनुसार सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले सरकारबारे निर्णय लिन समय माग गर्दै २ मन्त्रीसहित एक राज्यमन्त्रालय मागेपछि हिजो सरकार विस्तार हुन नसकेको हो। सुदूरपश्चिममा अहिले ४ मन्त्रालय मन्त्रीविहीन छन्। जसमा मुख्यमन्त्री शाहले आज सामाजिक विकास मन्त्रालयमा माओवादीबाट झपटबहादुर साउद र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा माओवादीबाटै रमेशसिंह धामीलाई नियुक्त गर्ने जनाइएको छ। साउद अछाम र धामी कैलालीबाट निर्वाचित भएका थिए। माओवादीकी गीता देवी माल पनि राज्य मन्त्रीमा नियुक्त हुनेछिन्। उनको मन्त्रालय भने…

Read More

धनगढी: नेपाली कांग्रेस कैलाली जिल्ला उप-सभापति भीम बडूवालले भ्रष्टाचारविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्न नदिएको भन्दै दुख मानेका छन्। कैलालीमा सुरु भएको प्रथम जिल्ला सम्मेलनको उद्घाटन सत्रमा आफूलाई मन्तव्य राख्न नदिएको र बन्द सत्रमा पनि आफ्ना एजेन्डा दर्ता नगरेको उप-सभापति बडूवालको आरोप छ। जिल्ला सभापति नारायणदत्त भट्टले भ्रष्टाचारविरुद्ध सङ्कल्प प्रस्ताव दर्ता गर्न नदिएको उनले आरोप लगाए । ‘सभापति ज्यूले एकलौटी रुपमा कार्यक्रमलाई लैजानु भयो। बन्द सत्रमा मेरो प्रस्तावलाई दर्ता नै नगर्न भूमिका खेल्नु भयो’ उनले भने। प्रथम जिल्ला सम्मेलनमा उनले ‘भ्रष्टाचार गर्ने छैन र भ्रष्टाचार गर्नेलाई बचाउने पनि छैन र जिल्ला कार्यसमितिले जिल्ला समिति सदस्यको सम्पत्ति विवरण जिल्ला कार्यसमितिमा बुझाउने छ…

Read More

डडेल्धुरा: सरकारले सुदूरपश्चिमका २ वटा क्रीकेट रंगशालामा पूर्वाधार निर्माणको काम अघि बढाउने घोषणा गरेको छ। हिजो आगामी आर्थिक वर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बैतडीको दशरथचन्दसहित कैलालीको फाप्ला, मोरङको बिराटनगर, चितवनको भरतपुर क्रिकेट रंगशालाको पुर्वाधार निर्माण कार्य अघि बढाइने घोषणा गरेका हुन्। बैतडीको सुन्दरखालमा २०६३ मा निर्माण भएको गरेको क्रिकेट मैदानलाई २०७१ सालमा राष्ट्रिय खेलकुद परिषदले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने भनेर शुरु गरेको थियो । तर पछिल्लो समयमा राखेपले नै सो मैदानलाई अलपत्र छाडेको छ ।

Read More

धनगढीः हिजो हुन नसकेको सुदूरपश्चिमको मन्त्रिपरिषद् विस्तार आज गर्ने तयारी छ। हिजो सत्ता गठबन्धनको बैठक आज (शनिवार) विहान १० बजे मन्त्री परिषद् विस्तार गर्ने सहमति भएर सकिएको मुख्यमन्त्रीको सचिवालय जनाएको छ। नागरिक उन्मुक्ति पार्टीले शनिवारसम्म समय मागेकाले शुक्रवार मन्त्रिपरिषद् विस्तारको काम रोकिएको सचिवालय जनाएको हो। सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले सहमति जुटाउन समय मागेपछि शुक्रवार हुने भनिएको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तारको काम अन्तिम समयमा रोकिएको थियो। नागरिक उन्मुक्तिले शनिवार बिहान १० बजेसम्मको समय मागेको छ। मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट शिवराज भट्ट वा पृथ्वीबहादुर सिंहमध्ये १ जना र नेकपा माओवादी केन्द्रबाट रमेशसिंह धामी र झपटबहादुर बोहराको नाम आइसकेको छ। माओवादी केन्द्रकै गीतादेवी…

Read More

काठमाडौं: इण्डियन प्रिमियर लिग (आईपीएल) मा जारी सिजन प्लेअफको होडबाट बाहिरिने पञ्जाब किंग्स तेस्रो टोली बनेको छ। गएराति सम्पन्न खेलमा राजस्थान रोयल्ससँग ४ विकेटको पराजय ब्यहोरेसँगै पञ्जाब प्लेअफको होडबाट बाहिरिएको हो। यसअघि दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद पनि बाहिरिसकेका छन् भने गुजरात टाइटन्सले प्लेअफमा स्थान पक्का गरिसकेको छ। हिमाचल प्रदेश क्रिकेट स्टेडियममा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८७ रन बनाएको थियो। जसका लागि साम करनले सर्वाधिक अविजित ४९ रन बनाउँदा जितेश शर्माले ४४ तथा शाहरुख खानले अविजित ४१ रन बनाए। त्यस्तै अथर्ब ताइडेले १९ तथा कप्तान शिखर धवनले १७ रन बनाए। बलिङतर्फ…

Read More

बैतडी: बैतडी शिवनाथ गाउँपालिकामा १० शैय्या आधारभूत अस्पतालको शिलान्यास गरिएको छ। गाउँपालिकाको वडा नम्बर ६ सुल्लेखानमा अस्पतालको शिलान्यास गरिएको हो । शुक्रबार एक कार्यक्रमबीच शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले अस्पतालको शिलान्यास गरेका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुदानबाट १० शैय्या अस्पताल भवनको शिलान्यास गरिएको उनले बताए। कूल ७ करोड ३ लाख ७४ हजार २ सय ४९ रुपैयाँको लागतमा अस्पताल निर्माण भैरहेको छ। निर्माणको जिम्मा एस मित्र जेभी निर्माण कम्पनीले पाएको र १ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

Read More

काठमाडौं: श्रीमतीको हत्या गरी फरार रोल्पाका गर्भे विकलाई जेठ २ गते काठमाडौँमा पक्राउ गरिएको छ। गत फागुनमा श्रीमती केशु विकको हत्या गरी उनी फरार थिए। केशुको हत्यापछि शिवराज नगरपालिकाको चन्द्रौटाको निर्माणाधीन रिफ्रेश सेन्टरको सेफ्टी ट्याङ्कीमा शव फालेका थिए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका विकलाई कपिलवस्तुमा लगिएको छ। उनी रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगाम स्थायी बासिन्दा हुन्। केशुको शव फागुन २० गते सडेगलेको अवस्थामा फेला परेको थियो। हत्यापछि छोराछोरी लिएर गर्भे विक फरार रहेको प्रहरी उपरीक्षक प्रेम बस्नेतले बताए।

Read More

धनगढी: हिजो राति कैलालीको धनगढीमा रहेको दृष्टि फाउन्डेसन अगाडि आजजनी गरिएको छ। हिजो शुक्रबार राति करिब पौने १० बजेतिर आगजनी गरिएको हो। प्रहरीकाे सहयाेगमा उक्त आगाे नियन्त्रणमा लिइएको फाउन्डेसनकी सञ्चालक कल्पना भट्टले जानकारी दिइन्। असहाय तथा सडक मानवलाई आश्रय दिइरहेको उक्त फाउन्डेसन अगाडि आगजनी गर्ने दोषीलाई कारबाही गर्न उनले माग गरेकी छिन्।

Read More