Author: महेन्द्रनगर पोष्ट

धनगढी : धनगढीमा अस्पताल खोल्ने भन्दै भाडामा लिइएको जग्गामा चर्च निर्माण गर्ने तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ मनेहरामा छाला सम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएपछि स्थानीयहरुले विवाद गरेका थिए । सोही प्रकरणमा स्याङ्जाका पुकार बिक, सोलुखुम्बुका प्रेम दोर्जे राई र धनगढीका विरबहादुर डगौरालाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार पक्राउ परेका तीनैजनालाई ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दामा जाहेरी परेपछि पक्राउ गरिएको कैलाली प्रहरीका प्रवक्ता (डिएसपी) कविन्द्र बोहराले बताए । र यो पनि ! धनगढीमा अस्पतालका नाममा चर्च, प्रहरी प्रशासन के गर्छ…

Read More

धनगढी : कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा स्थानीय र प्रहरीबिच झडप भएको छ । गाउँपालिका–९ स्थित कोइलही ताल ठेक्का विवाद हुँदा स्थानीयले गाउँपालिका घेराउ गर्ने क्रममा झडप भएको हो । भिडिओ 452608804_1479411726267859_1784071495368780797_nDownload

Read More

धनगढी : जनआस्था साप्ताहिकका प्रधानसम्पादक एवं प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई धम्की दिने अछामका कमल सिजापती पक्राउ परेका छन् । विप्लव कार्यकर्ता रहेका सिजापतीले पत्रकार श्रेष्ठलाई फोनमार्फत अश्लील लागीलगौज गर्दै भौतिक कारबाहीको धम्की दिएका थिए । साउन ८ गते मङ्गलवार बिहान १०ः०० बजेदेखि मोबाइलबाट उनले अत्यन्त स्तरहीन शब्द प्रयोग गरी प्रधानसम्पादक श्रेष्ठलाई धम्कीपूर्ण शैलीमा गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको नेपाल पत्रकार महासंघले जनाएको छ । उनले ‘प्रधानसम्पादक श्रेष्ठ र उहाँकी श्रीमतीलाई जहाँ भेटे त्यही मारिदिने’ बम हानेर घर उडाइदिने’ जस्ता धम्की पनि दिएका थिए । हतियारधारी व्यक्ति कार्यालयमा पसेर होहल्ला गरेपछि प्रहरीलाई खबर गरिएकोमा सिजापतीलाई प्रहरीले सोही…

Read More

धनगढी : डोटीको दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटका नारायण कठायतले कलमी भनेर लगाएका आँप स्थानीय प्रकृतिका निस्किएका छन् । उनले करिब १५ रोपनी जमिनमा २०७१ सालमा १५० बोटा कलमी आँप रोपेका थिए । भविष्यमा राम्रो आम्दानी लिने योजनासहित रोपेका आँपमा ८० प्रतिशतभन्दा बढी स्थानीय प्रकृतिका (लोकल) निस्किएपछि उनी चिन्तित बनेका छन् । ‘भविष्यमा आम्दानी लिने योजनासहित कलमी आँप रोपेको थिए,’ कठायतले भने, ‘आँप फल्न पनि समय लाग्यो, फलेपछि अधिकांश आँप स्थानीय प्रकृतिका निस्किए ।’ कठायतले लोकल निस्किएका आँप काटेर आँप र कागती लगाएका छन् । यो वर्ष करिब ५० बोट जति आँप लगाएको उनले बताए । त्यतिबेला जिल्ला कृषि कार्यालय डोटीबाट…

Read More

धनगढी : समाजवादीका नेता दीर्घबहादुर सोडारी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार बजेट पारित नहुँदै अल्पमतमा परेपछि प्रदेशमा बजेट शून्यता भएको छ । प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेट पारित नहुँदै एमाले सरकारबाट बाहिरिएपछि बजेट शून्यता भएको हो । बजेट पारित नहुँदा साउन १ गतेदेखि प्रदेश सरकारको राजस्व सङ्कलन र खर्च ठप्प छ । सरकारमा सहभागी प्रमुख दल नेपाली कांग्रेस, एमालेले समय छँदै बजेटमाथिको छलफल गराउनुपर्नेमा जानाजान ढिलासुस्ती गरेको र अन्य वैधानिक विकल्पको खोजी नगरी प्रदेशलाई बजेट शून्यताको अवस्थामा पुर्याएको आरोप विपक्षीले लगाउँदै आएका छन् । मुख्यमन्त्री सोडारी भने प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा छन् । मुख्यमन्त्री विश्वासको मत लिने मनस्थितिमा…

Read More

धनगढी : कञ्चनपुरबाट लागू औषधसहित दुइ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–१९ बागफाँटा बस्ने सुरज दमाई र सोहि ठाउँका जनक सिंहलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ७ दशमलव ५५० ग्राम खैरो हेरोइन समेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।

Read More

काठमाडौं : सरकारले पूर्वमुख्यसचिव शंकरदाश वैरागीलाई भारतका लागि नेपाली राजदूत बनाउने तयारी गरेको छ । स्रोतका अनुसार सत्ता गठबन्धनमा भएको भागबण्डामा चीन र अमेरिका एमाले र भारतका लागि नेपाली राजदूत कांग्रेसले लिने मोटामोटी समझदारी भएको छ । त्यसअनुसार कांग्रेसले सुरुमा भारतका लागि वर्तमान राजदूत डा शंकर शर्मालाई निरन्तरता लिन चाहेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली तयार भएनन् । एमाले समेत सम्मिलित प्रचण्ड सरकारले उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । आफूले नै फिर्ता बोलाउने निर्णय गराएको शर्मालाई निन्तरता दिँदा राम्रो सन्देश नजाने ओलीले बताएपछि नयाँ नाम खोजिएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकार रहेका…

Read More

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका १९ स्थित सीमामा तैनाथ शसस्त्र प्रहरी बाढीका कारण बिचल्लीमा परेको छ । मोहन नदीमा आएको बाढीका कारण सशस्त्र प्रहरी बल नेपाल बिओपि लल्लिपुर विस्थापित भएको हो । बिओपिमा लल्लिपुरमा सशस्त्र प्रहरी नायब निरीक्षक यज्ञराज भट्टराईको कमान्डमा कार्यरत टोली बिचल्लीमा परेको छ । विस्थापित सशस्त्र प्रहरी स्थानीय सामुदायिक भवनमा बस्दै आएको छ । सिमा सुरक्षा गर्ने उद्देश्यले २०७८ साउन १८ गते स्थापना भएको बिओपि लल्लीपुर गत असार २४ गते विस्थापित भएको हो । मोहना नदीको बाढीका कारण बिओपिको भवन बगउन थालेका कारण बिओपि विस्थापित हुनुपरेको हो । बढीले प्रतीक्षालय , सेन्ट्रीपोष्ट र आँगन बगाई सकेको छ…

Read More

काठमाडौं : जनआस्था साप्ताहिकका प्रधानसम्पादक एवं प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नेकपा विप्लवको विद्यार्थी संगठनबाट धम्की भन्दै घटनाप्रति भर्त्सना गरेको छ । सचिवालय सचिव बताउने कपिल सीले फोनमार्फत अश्लील लागीलगौज गर्दै भौतिक कारबाहीको धम्की दिएको भन्दै श्रेष्ठले महासंघलाई जानकारी गराएका थिए । साउन ८ गते मङ्गलवार बिहान १०ः०० बजेदेखि मोबाइलबाट उनले अत्यन्त स्तरहीन शब्द प्रयोग गरी प्रधानसम्पादक श्रेष्ठलाई धम्कीपूर्ण शैलीमा गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको महासंघले जनाएको छ । उनले ‘प्रधानसम्पादक श्रेष्ठ र उहाँकी श्रीमतीलाई जहाँ भेटे त्यही मारिदिने’ बम हानेर घर उडाइदिने’ जस्ता धम्की पनि दिएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । श्रेष्ठले महासंघलाई दिएको…

Read More

धनगढी : बैतडीमा भिरबाट खसेर महिलाको मृत्यु भएको छ । डिलाशैनी गाउँपालिका–६ खरेलीगाउँकी २२ वर्षीया अनिता नाथको भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । नाथको घर नजिकै रहेको डोब्रा भिरमा घाँस काटिरहेका बेला दुई सय मिटर तल खसेकी थिइन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More