Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको घोडाघोडी नगरपालिका–८ दीपनगरकी कृष्णादेवि चौधरी सोमवार बिहान मृत अवस्थामा भेटिएकी प्रहरीले बताएको छ । प्रहरीका अनुसार आइतवार राति आफ्नै कोठामा सुतेकी चौधरी बिहान मृत भेटिएकी हुन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।

Read More

पर्सा: वीरगञ्ज महानगरपालिकाको एक वडाको नाला सफाइ गर्ने क्रममा हिजो आइतवार ठुलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ । महानगरपालिकाका कर्मचारीहरूले वीरगञ्ज–६ मा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने एक सय पाँच थान गोली फेला पारेको हो । नाइन एमएमको ३२ थान, ३८ बोरको २४ रान्ड, एसएलआरको चार राउन्ड, हर्नेटको १७ राउन्डसहित अन्य विभिन्न बन्दुकमा लाग्ने गरी एक सय पाँच राउन्ड गोली फेला परेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । भेटिएको गोलीबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताए । रासस

Read More

धनगढी : काठमाडौंबाट टर्की हुँदै जर्मनी जान लागेका एक जना यात्रुको ब्यागेजमा गाँजा फेला परेको छ । आज बिहान टर्किस एअरलाइन्सको उडान नम्बर टीके ७२७ को उडानमा इस्तानबुल जान लागेका पौल वेस्र्टको ब्यागेज चेक जाँच गर्ने क्रममा गाँजा फेला परेको बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षको एक्सरे मेसिनमा ब्यागेज परीक्षण गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला परेको हो । प्रहरीले तत्काल नियन्त्रणमा लिएर जर्मन नागरिकलाई थप अनुसन्धान तथा कारवाहीको निम्ति लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर पुर्याएको छ ।

Read More

डडेल्धुरा: सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको छ। बाजुरामा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो। केन्द्रका सहायक प्राविधिक राजेश शर्माका अनुसार जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो। बाजुरामा पछिल्लो समय पटकपटक भूकम्प गइरहेको छ।

Read More

धनगढीः धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ भइरहेको आन्दोलनमा सहभागी हुन अपिल गरेका छन्। शनिवार एक भिडियो सन्देश जारी गर्दै मेयर हमालले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमको प्रतिष्ठासँगै आवश्यकता भएकाले आन्दोलनमा सहभागी हुन अपिल गरेका हुन्। उनले आम सर्वसाधारणसँगै स्थानीय तहका प्रमुख जनप्रतिनिधिलाई पनि अभियानमा सहभागी हुन अनुरोध गरेका छन्। ‘स्थानीय तहका प्रमुख, जनप्रतिनिधिलाई अनुरोध गर्न चाहन्छु की यो अभियानमा सबैले सहयोग गरौं। जुनसुकै दलमा भएपनि एकछिनका लागि दल बिर्सौ। यो हाम्रो प्रतिष्ठाको विषमा मात्रै होइन आवश्यकताको पनि कुरा हो’ उनले भनेका छन्।

Read More

बर्दिया: चितुवासँग सेल्फी खिच्न खोजेपछि  बर्दियामा पाँच जना आक्रमणमा परेका छन्। शनिबार बेलुका ४ बजेतिर बर्दियाको ठाकुरबाबा नगरपालिका -९ बनतरिया जाने बाटोको छेउमा दलिराम चौधरीको मकै बारीमा चितुवासँग भिडिओ खिच्ने क्रममा चितुवाले झम्टिँदा पाँच जना घाइते भएका प्रहरीले जनाएको छ।  चितुवाको आक्रमणबाट ठाकुरबाबा–९ का ४९ वर्षीया सीता थरुनीको बायाँ हात र पिँठ्यूमा चिथोरेको, स्थानीय ३० वर्षीय सोमप्रसाद थारुको दाहिने हातको औंलामा घाउ खत भएको, ४० वर्षीय सोहराम थारुको बायाँ हातमा घाउ खत भएको, ४५ वर्षीय रामदास चौधरीको पिँठ्यू, बायाँ खुट्टामा घाउ खत रहेको र २८ वर्षीय चन्द्र बोगटीको बायाँ खुट्टामा चितुवाले चिथोरी घाउ खत बनाएको छ। चितुवा देखेपछि स्थानीय २०/२५ जना युवाहरूको समूह…

Read More

कैलाली: कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग उठिरहेका बेला नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टले मुख खोलेका छन्। कैलाली निर्वाचन क्षेत्र ४ बाट प्रतिनिधिसभाका उम्मेदवार समेत बनेका उनले सामाजिक सञ्जालमार्फत गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै सञ्चालन हुनुपर्ने माग राखेका छन्। उनले लेखेका छन् , ‘म सदनभित्र भएपनि होस वा सदनबाहिर, शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनार्थ आफ्नो भूमिका स्पष्ट रूपमा खेलीरहेकै छु, प्रतिबद्ध छु। जनताको मागभन्दा सर्वोपरी मेरा लागि अरू केही हुनै सक्दैन र कहिले भएन पनि।’

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित ३ युवक पक्राउ परेका छन्। गएराति भीमदत्त नगरपालिका–११ स्थित नेपाल भारत सिमा ७ नम्बर पिल्लर नजिक सोही नगरपालिका–५ सुकासालका २१ वर्षीय सौरव पहरी, २० वर्षीय सुरज सुनार र २१ वर्षीय कोहरिस दमाइ पक्राउ परेका हुन्। शंका लागि चेकजाँच गर्दा उनीहरूको साथबाट ०.५१ ग्राम चरेश र ०.६० ग्राम खैरोहेरोइन बरामद भएको प्रहरीले जनाएको छ। तिनै जनालाई सशस्त्र प्रहरी सिमा सुरक्षा बलबाट खटिएको टोलीले पक्राउ गरेको हो। यस विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

डोटीः डोटीको सेती नदीमा नुहाउने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ। रामेछाप उर्माकुण्डा गाउँपालिका–५ कृतिगाउँ घर भई हाल काठ चिरानको काम गर्दै आएका २४ वर्षीय मिलन तामाङको आइतवार डुबेर मृत्यु भएको हो। उनी सेती नदिमा नुहाउने क्रममा डुबी बेपत्ता भएका थिए। डुबेर बेपत्ता भएका तामाङकोे जिल्ला प्रहरी कार्यालय डोटी, ईलाका प्रहरी कार्यालय दिपायल र स्थानीयहरुको सहयोगमा खोजीपछि शव फेला परेको थियो।  

Read More

साउथ वेल्स: अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको हन्टर भ्याली क्षेत्रमा बस दुर्घटनामा परेको छ । प्रहरीका अनुसार सो घटनामा परेर कम्तीमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। १८ यात्रु भने सो दुर्घटनाबाट जोगिएका छन् । प्रहरीका अनुसार घटनापछि आपतकालीन सेवालाई घटनास्थलमा बोलाइएको थियो।  त्यसपछि ठूलो आपतकालीन अपरेशन सुरु गरिएको थियो। बसका चालकलाई अनिवार्य परीक्षण र मूल्यांकनका लागि प्रहरी सुरक्षामा अस्पताल लगिएको थियो । घाइते पीडितहरूलाई सडक र हवाई मार्गबाट ​​हन्टर उपत्यकाका धेरै अस्पतालहरूमा लगियो, जसमा घाइतेहरूकाे न्यू ल्याम्बटन हाइट्सको जोन हन्टर अस्पताल र वाराताहको मेटर अस्पतालमा उपचार गरिएको छ ।

Read More