Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: पछिल्ला केही दिनयता गर्मी लगातार बढ्दै जाँदा अधिकतम तापक्रमले कतिपय ठाउँमा रेकर्ड ब्रेक गर्न थालेको छ। जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको तथ्याङकमा आज पनि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ। नेपालको पूर्वी भेगमा आज केही मौसममा बदली भए पनि अन्य क्षेत्रमा तापक्रम बढी नै रहेको मौसमविद बताउँछन। कपिलवस्तुको तौलिहवामा दिउँसो ४२ डिग्री तापक्रम छ।यस्तै चितवनको रामपुरमा ४१ दशमलव सात, सिमरामा ४१ दशमलव एक, जनकपुरमा ४० दशमलव सात डिग्री तापक्रम छ। काठमाडौँमा दिउँसो तापक्रम ३२ डिग्री रहेको पुगेको छ। विगतमा काठमाडौँमा ३६ दशमलव छ डिग्रीसम्म तापक्रम रेकर्ड भएको अभिलेख छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिनमार्फत…

Read More

डडेल्धुराः डडेल्धुराको एक गोठमा आगलागी भएको छ। जिल्लाको परशुराम नगरपालिका–१२ मा ४२ वर्षीय केशब भट्टराईको काठले बनेको १ तले कच्चि गाई गोठमा मच्छर भगाउन बालेको स्याउलाको आगोबाट शुक्रवार आगलागी भएको हो। आगलागीबाट ६ वटा चौपायाको मृत्यु भएको र गोठ पुर्ण रुपमा जली नष्ट भएको ईलाका प्रहरी कार्यालय जोगबुढाले जानकारी दिएको छ। स्थानिय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको जनाइएको छ। 

Read More

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामानसहित २ जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१६ मझगाउँमा बेदकोट नगरपालिका–७ का ३८ वर्षीय धर्म धामीले चलाई ल्याएको म १ प ७१२८ नम्बरको मोटरसाइकल पछाडी सवार सोही ठाउँका ४३ वर्षीय महेश बम पक्राउ परेका छन्। उनीहरुको साथबाट भन्सार छलीका १ लाख ७ हजार ९ सय मुल्य बराबरका चिनी, गुड, तेल बरामद गरी पक्राउ गरिएको हो। अस्थाई प्रहरी पोष्ट मझँगाउँबाट खटिएको प्रहरी टोलीले शुक्रवार मोटरसाइकलसहित दुवैजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

Read More

कैलाली: कैलालीको गोदावरी – ४ बुढीतोलामा आज सुदूरपश्चिम प्रदेश स्तरिय चेस (बुद्धिचाल) प्रतियोगिता हुँदै छ। गोदावरी नगरपालिका र सुदूरपश्चिम प्रदेश वुद्धिचाल संघको संयुक्त आयोजनामा चेस प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा पुरुष, महिला र विद्यार्थीका छुट्टाछुटै टीम सहभागि हुन सुदूरपश्चिम प्रदेश वुद्धिचाल संघका अध्यक्ष भीम पाण्डेले जानकारी दिएका छन् । प्रतियोगिता अन्तरगत पुरुषतर्फ प्रथम हुनेलाई १० हजार, द्धितिय हुनेलाई ७ हजार ५ सय, तृतिय हुनेलाई ५ हजार, चौथो र पाँचौ हुनेलाई क्रमशः २ हजार र २ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ। त्यस्तै महिलातर्फ प्रथम हुनेलाई ४ हजार, द्धितिय हुनेलाई २ हजार ५ सय, विद्यार्थीतर्फ प्रथम हुनेलाई ३ हजार र…

Read More

बैतडीः बैतडीमा शव फेला परेको छ। जिल्लाको शिवनाथ गाउँपालिका–२ खैरेनिमा महाकाली नदीको किनारमा नामथर नखुलेको शव फेला परेको हो। अन्दाजी ४० वर्षीय कालो पाईन्ट, निलोकालो रंगको टिसर्ट लगाएको सडेको अवस्थामा पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। उक्त स्थानमा प्रहरी चौकी कुस्मतघाट बैतडीबाट प्रहरी टोली खटिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ। 

Read More

डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकाको लागि करिब १० लाख बराबरका स्वास्थ्य सामग्री आएको छ। गाउँपालिकाका सबै वडाका लागि ५ वटा अक्सिजन कन्सन्ट्रेटर र ५ वटा अक्सिमिटर स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेको हो। ती सामग्री गाउँपालिकाको वडा नम्बर ६ का अध्यक्ष हरि भण्डारीले बुझेका छन्। उनले ती सामग्रीका लागि विभागमा माग गरेको बताए। यसअघि पनि उनले प्रदेश आपूर्ति केन्द्र, सुदूरपश्चिमबाट पनि विभिन्न स्वास्थ्य सामग्री ल्याउन सफल भएका थिए। त्यहाँबाट करिब १२ लाख बराबरका अल्ट्रासाउन्ड, डेलिभरी बेड, सक्सन मेशेन, बेबी वार्मर सक्सन सेट लयायतका स्वास्थ्य सामग्री प्राप्त गरेको भण्डारीले बताए। यस्तै उनले आँखा अस्पताल डडेलधुरा र वडा कार्यलयको सहकार्यमा नि:शुल्क आँखा शिविर सञ्चालन…

Read More

जाजरकोट: पौडी खेल्ने क्रममा डुबेर जाजरकोटमा दुई जना बालकको मृत्यु भएको छ।  मृत्यु‌ हुनेमा भेरी नगरपालिका- १३ का नरबहादुर बस्नेतका  ८ वर्षीय छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका  ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेका छन्। उनीहरूको खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको हो। दुवै बालक विद्यालयमा पढेर घर आई खाजा खाएर पौडी खेल्न गएको प्रहरीले बताएको छ।

Read More

काठमाडौँ: हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराईका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ । शनिबार कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै भोलि आइतबार पनि कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी…

Read More

ललितपुर: भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५ मुर्रा जातको राँगाबारे देशभर चर्चा छ । तर भारतबाट नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालको भनाइ छ । नश्ल सुधारका लागि नेपाल ल्याउन लागिएको मुर्रा जातको राँगाको प्राविधिक टोली भारत गएर अध्ययन गरिसकेपछि मात्र ल्याइने छ । नेपाल ल्याएपछि राँगालाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालगञ्ज र लहान)मा व्यवस्थापन गरी वीर्य उत्पादन गरिनेछ । सूचना अधिकारी ढकालका अनुसार मुर्रा राँगाका लागि विशेष प्रकारको गोठ र उनीहरूको शारीरिक बनावटको आधारमा दानापानी व्यवस्थापनका लागि पशु विज्ञ खटिने छन् । ढकालले भने, “स्थानीयस्तरबाट आएको जानकारीअनुसार…

Read More

धनगढी: गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न माग गर्दै अनेरास्ववियु सुदूरपश्चिम प्रदेशले विज्ञप्ति निकालेको छ । विज्ञप्तिमा कैलालीको गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको निर्णयलाई बजेटमा समावेश गर्न माग गरिएको छ । ‘२०७९ माघ २९ गते नेपाल सरकार मन्त्रीपरिषदले गरेको निर्णय नयाँ वर्षको बजेटमा समावेश नभएकोप्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । ७१ विघा जग्गामा ५१ वटा सुविधा सम्पन्न भवनहरु निर्माण भइसकेको अवस्थामा नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश भई शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई कार्यान्वयन गर्ने प्रक्रियालाई अवरुद्ध हुने गरी आर्थिक वर्षको बजेट आएकोप्रति आपत्ति जनाउँदै हाम्रो संगठन…

Read More