Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीमा महिलाहरुलाई अचार बनाउने तालिम दिइएको छ । जिल्लाको पाटन नगरपालिका ८, ९ र १० का ३० जना महिलालाई तालिम दिइएको हो । तालिममा तीनै वडाका कृषि सहकारीमा आवद्ध महिलाहरू सहभागी थिए । उनीहरुलाई यही जेठ २१ गतेदेखि ७ दिने तालिम दिइएको बताइएको छ । तालिममा फापर, मुला, अदुवा, खुर्सानी लगायतको अचार राख्न सिकाइएको छ । महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

Read More

धनगढी: कैलालीको गेटामा चिकित्सा विश्वविद्यालय माग गर्दै निरन्तर आन्दोलन चर्किरहेको छ। भोलि सुदूरपश्चिम बन्द नै गरेर आन्दोलन घोषणा गरिएपछि आन्दोलन थप सशक्त बनेको हो। संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयन गर्नुपर्ने माग गर्दै भइरहेका आन्दोलनका कार्यक्रम अन्तरगत आइतबार आमहड्ताल र सुदूरपश्चिम बन्दको घोषणा गरिएको बताए। उनकाअनुसार उक्त दिन प्रदेशभर अत्यावश्यक बाहेक कुनै पनि सेवा सञ्चालन गर्न पाइने छैन। संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ ले गेटा मेडिकल विश्वविद्यालय बनाउन सरकारले गरेको निर्णय कार्यान्वयनका लागि दबाब दिन आमहड्ताल गर्न बाध्य भएको बताए। गेटामा युनिभर्सिटी बनाउनुपर्ने भन्दै नेकपा एमाले र संघर्ष समिति…

Read More

कञ्चनपुर: कञ्चनपुरका एक युवक नहरमा मृत फेला परेका छन् । भीमदत्त नगरपालिका–१८ गोबरिया नहरमा भीमदत्त–१५ का ३५ वर्षीय भुवनराज भट्ट शनिवार मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनी खेतमा सिँचाइका लागि नहरबाट पानी लगाउन भनेर घरबाट निस्किएका थिए । घर नफर्किएपछि खोजतलास गर्ने क्रममा उनी पानीमा डुबेको अवस्थामा मृत भेटिएका हुन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Read More

धनगढीः धनगढी उपमहानगरपालिका–१ शिवनगरबाट हराएका १५ वर्षीय अमृत विष्ट फेला परेका छन् । उनी अत्तरियास्थित गोदावरी नगरपालिकाको लामीताल क्षेत्रमा फेला परेका हुन् । उनलाई अहिले प्रहरीले उनका काका नरेश विष्टको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए । बैतडीको सुर्नया गाउँपालिका घर भएका उनी आफ्ना काकासँग शिवनगरमा बस्दै आएका थिए ।

Read More

काठमाडौँ: एक जना नेपालीले आमाको पुण्य तिथि अर्थात् श्राध्दमा केक काट्न तयार रहेको फोटो पोष्ट गरेपछि धेरैतिरबाट विरोध गरिएको छ । पोषणविद् तथा चिकित्सकहरुले पितृहरुलाई पनि पत्रु खाना (जंक फुड) खुवाएको भन्दै व्यङ्ग्य गरेका छन् । पोषणविद् डा. अरुणा उप्रेतीले डा.करुणा वन्तको फेसबुकबाट साभार र सेयर गरेको उक्त केकबारे लेखेकी छन्, ‘हाम्रा पितृहरुलाई समेत पत्रु खाना ख्वाउने के चलन आयो ? अब किरियापुत्रीहरुले पनि यस्तो खाना खालान् ?’ केकमा ‘हार्दिक श्रद्धाञ्जली आमा, स्वर्गमा बास होस्’ भनेर लेखिएको छ । उक्त फोटो र केकमा लेखिएको स्टाटसलाई तोयनाथ भट्टराईले सांस्कृतिक विचलनको रुप भनेका छन् । रामेश्वर पन्त लेख्छन्, ‘अब त पिण्डको सट्टा…

Read More

काठमाडौँ: काभ्रेको पाँचखाल नगरपालिकाका किसानहरूले टमाटरको बजार मूल्य नपाएपछि खोलामा फालेका छन् । बारीमा राम्रो गोलभेडा उत्पादन गरे पनि बजार मूल्य नपाउँदा किसानहरूले आज नगरपालिकाको झिगु खोलामा लगेर फालेका हुन् । भारतबाट भित्रिने विषादीयुक्त तरकारीका कारण स्थानीय उत्पादनले बजार र मूल्य नपाएको भन्दै किसानहरुले स्थानीय सरकारले समेत समन्वय नगरेको आरोप लगाए ।

Read More

एजेन्सी: बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् । तत्कालै लागु हुने गरी उनले राजीनामा दिएका हुन् । जोनसनले राजीनामा दिएपछि रिक्त भएको सिटमा उपचुनाव हुने समाचार संस्था एपीले जनाएको छ । कोरोनासम्बन्धी नियम पालना नगरेको विषयमा उनीमाथि हाउस अफ कमन्सलाई भ्रमित गरेको आरोप छ । तर उनले कोभिड–१९ का सबै नियम पालना गरेको बताउँदै आएका छन् । संसद्को विशेषाधिकार समितिले जोनसनले लापरबाही वा जानाजानी सांसदलाई गुमराह गरेको प्रमाणित भएमा उनलाई १० दिनभन्दा धेरै सांसद पदबाट निलम्बन गर्न सिफारिस गर्न सक्छ । प्रधानमन्त्री हुँदा कोभिड–१९ का नियमहरू तोडेर पार्टी गरेपछि उनको आलोचना भएको थियो ।

Read More

हेटौंडा: मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् । हेटौँडा उपमहानगरपालिका–१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उहाँकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुवैजना गए राति तीन तले पक्की घरको पूजा कोठामा पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । मृतक दम्पती कान्छो छोरा र बुहारीसँगै बस्दै आएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस

Read More

मुगु: खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउँदा करेन्ट लागेर सोही नगरपालिका–४ भामवाडाका २२ वर्षीय सञ्जय भामको मृत्यु भएको हो । उनी ब्याट्री र १२ भोल्टको इन्भर्टर लगेर खोलामा माछा मार्न गएका बताइएको छ । खोलामा करेन्ट लागेर बेहोस भएपछि जिल्ला अस्पताल मुगु पु¥याइएका उनकोे अस्पताल पुगेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read More

धनगढीः नेपाली काँग्रेस कैलालीले जिल्ला उपसभापति भीम बडुवाललाई स्पष्टीकरण सोध्ने भएको छ । नेपाली काँग्रेस कैलालीको १२औँ जिल्ला समितिको कैलालीको चुरे-५ सहजपुरमा बसेको बैठकमा सम्मेलनको समीक्षाको एजेण्डमा कुरा उठेपछि जिल्ला समितिले उक्त निर्णय गरेको हो । जिल्ला सम्मेलनअघि लम्कीमा सम्पादन समिति बैठकले एजेण्डा पारित गरेको थियो । बैठकमा सहभागीहरुले उपसभापति बडुवाललाई जवाफ मग्न दवाब दिएका थिए । सोही विषयमा बडुवाललाई स्पष्टीकरण सोधिने कैलाली काँग्रेसका सभापति नारायणदत्त भट्टले बताए ।

Read More