Author: महेन्द्रनगर पोष्ट

धनगढीः  कैलालीको धनगढीस्थित एक घरमा आगलागी भएको छ। धनगढी उपहानगरपालिका–११ बेलातालका ४९ वर्षीय प्रेमप्रसाद भट्टको घरमा बिहीवार आगलागी भएको हो। घरमा विजुलीको तार सर्ट भएर आगलागी हुँदा अन्नपात, लुगाकपडा, काठपात जली अन्दाजी २० हजार बराबरको सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ। दमकल, प्रहरी र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

डडेल्धुराः डडेल्धुरामा आगलागी भएको छ। जिल्लाको परशुराम नगरपालिका–११ उत्तरखेडाका ६८ वर्षीय धौल सिहं भाटको १ तले गोठमा बिहीवार आगलागी भएको हो। गोठ नजिक कुणो पकाउन बालेको आगोबाट अचानक गोठमा आगलागी हुँदा गोठमा रहेका १ वटा गोरु, १ वटा गाई जलेर मृत्यु भएको र १ वटा गोरु, १ वटा गाई घाइते भएको जनाइएको छ। आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आईसकेको बताइएको छ। क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। 

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–९ का गणेश बुढा र करन ओडलाई बिहीवार पक्राउ गरिएको हो। ओडलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट ११० ग्राम लागुऔषध चरेश फेला परेको हो। सोधपुछ गर्दा गणेश बुढाको पसलबाट ल्याएको बताएपछि दुवै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ब्रहमदेबले जानकारी दिएको छ। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

कैलाली: कैलालीको भजनी नगरपालिका–२ का रामप्रसाद चौधरी गत वर्ष अहिलेको समयमा खेतमा निकै व्यस्त थिए। आकाशे पानीको भरमा खेती गर्दै आएका उनी यस वर्ष भने फुर्सदमा छन् । समयमा वर्षा नभएपछि धान रोप्न नपाएका चौधरीको दिनचर्या पानी पर्छ कि भन्ने आशमै बित्ने गरेको छ । ‘खेती लगाउने समय ढल्किन लागेको छ । ब्याड राखेको पनि एक–डेढ महिना भइसकेको छ,’ चौधरी भन्छन्, ‘बोरिङ आफूसँग छैन । पालो लगाएर ब्याडमा पानी लगाउनै ठिक्क हुन्छ । आकाशबाट पानी पर्ने सुरसार अझै छैन । धान रोप्न ढिलाइ भएको छ ।’ यस वर्ष मनसुन सक्रिय हुन ढिलाइ भएका कारण चौधरीजस्तै अन्य किसानले पनि समयमा धान रोप्न…

Read More

टीकापुर:  राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजना सुरु भएको १२ वर्षपछि आयोजनाको मूल नहरबाटै पानी सञ्चालन भएको छ। जेठ ३१ गते साँझ मूल नहरबाट पठाएको पानी शाखा, प्रशाखा नहर हुँदै जेठ ३२ गते दिउँसो किसानको खेत खेतमा पुगेको छ।  आर्थिक वर्ष २०६७/६८ देखि निर्माण सुरु भएको आयोजनाले यसअघि मूल नहरको परीक्षण गरेको थियो। यस पटक मूल नहरबाट पानी ल्याई तीन वटै कुला प्रणालीमा ४५ क्युमेक्स पानी पठाइएको आयोजनाका निर्देशक केदारकुमार श्रेष्ठले जानकारी दिए। यी प्रणालीबाट १४ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ हुन्छ। श्रेष्ठका अनुसार लम्कीतिरको नहरमा पनि एक साताभित्रै पानी सञ्चालन गरिने छ, जहाँबाट छ हजार हेक्टर जमिनमा सिँचाइ…

Read More

डडेल्धुरा: सुदूरपश्चिम प्रदेश सरकारले आज शुक्रबार प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट विनियोजन प्रस्तुत गर्ने तयारी गरेको छ। अपरान्ह ४ बजे आर्थिक मामिलामन्त्री नरेश शाहीले ३२ अर्बभन्दा बढीको बजेट प्रस्तुत गर्ने भएका हुन्। यहि बेला सत्ता साझेदार नेकपा माओवादी केन्द्रका एक नेताले बजेटपछि सुदूरपश्चिम सरकार ढल्ने संकेत गरेका छन्। नेकपा माओवादी सुदूरपश्चिम कमिटी उपाध्यक्ष मानसिंह मालले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सरकारले एकल निर्णय गरेको आरोप लगाएका छन्। उनले सरकारले ल्याउन लागेको बजेटमा आफूहरु सन्तुष्ट नभएको प्रष्ट पारेका हुन्। सोही कारण बजेटपछि सुदूरपश्चिम सरकारको आयु घट्ने संकेत उनले गरेका छन्। आज बिहानै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुदूरपश्चिम प्रदेश सरकारको आज…

Read More

कैलाली: सुदूरपश्चिम प्रदेश सरकारले आज शुक्रबार प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट विनियोजन प्रस्तुत गर्ने भएको छ। अपरान्ह ४ बजे आर्थिक मामिलामन्त्री नरेश शाहीले ३२ अर्बभन्दा बढीको बजेट प्रस्तुत गर्ने भएका हुन्। प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा ३२ निर्वाचन क्षेत्रका सांसदलाई तीन/तीन करोडका दरले बजेट विनियोजन गर्ने भएको छ। संघीय सरकार आलोचित भइरहँदा सुदूरपश्चिम प्रदेश सरकारले पनि त्यही बाटो पछ्याएको छ। चालू आर्थिक वर्षमा सुदूरपश्चिम सरकारले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार साझेदार कार्यक्रम स्थगित गरेको थियो। तर, संघले नाम हेरफेर गरेर कार्यक्रम ब्युँताएपछि प्रदेश सरकार पनि त्यही बाटोमा लाग्ने तयारी गरिरहेको छ। सुदूरपश्चिममा प्रदेश सभाका ३२ निर्वाचन क्षेत्र छन्।…

Read More

काठमाडौँ: हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका केही भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्यधिक गर्मी हुने सम्भावना यथावत् रहेको महाशाखाले जनाएको छ।

Read More

धनगढी: बैतडीको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कुमारी कौशीला चन्द विवादको भूमरीमा फसेकी छन्। जातीय विभेद हुने खालको अभिव्यक्ती दिएको आरोपपछि उनको चौतर्फी आलोचना भैरहेको छ। उपप्रमुख चन्दले नेपाललाई जातीय भेदभावमुक्त राष्ट्र घोषणा गरेको दिनको अवसरमा अस्ती जेठ २१ गते नगरपालिकामै आयोजित एक अन्तरक्रिया कार्यक्रममा भाषण ठोकेकी थिइन्। त्यसक्रममा अन्तरक्रिया चलिरहेकै बेला सोही कार्यपालिका सदस्य प्रेम दयालले प्रश्न उठाए, ‘अहिलेको अवस्थामा पनि हाम्रै नगरपालिकामा जातीय विभेद भइरहेको छ, यसरी त कहिले हुन्छ र छुवाछुत अन्त्य ?’ दयालले कुनै व्यक्ति विशेषलाई तोकेर यस्तो प्रश्न उठाएका थिएनन्, सम्रग नगरपालिकाको अवस्था र आफ्नो पीडा सुनाइरहेको थिए। तर, दयालको त्यो प्रश्नले उपमेयर कौशिला चन्दको छोयो। उनले…

Read More

धनगढीः धनगढीको बिशालनगरमा सडक अतिक्रमण गरेर बनाइएका संरचना डोजर लगाएर भत्काउन सुरु गरिएको छ। धनगढी उपमहानगरले सडक फराकिलो बनाउन बिशालनगर सडक आसपासका क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना बिहीबारदेखि भत्काउन सुरु गरिएको हो। साँघुरो सडकका कारण दुर्घटनाको जोखिम हुन थालेपछि उपमहानगरले सडक चौडा बनाउने योजना ल्याएको हो।

Read More