Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम प्रदेश सभा सदस्य ओमविक्रम भाट ‘सरल’ले प्रदेश सभाबाट प्राप्त अवैधानिक भनिएको रकम फिर्ता गर्ने जनाएका छन्। उनले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनताका प्रदेश सभाबाट यातायात खर्च र दैनिक भत्तास्वरुप दिइएको रकम फिर्ता गर्ने जनाएका हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो जानकारी दिएका छन्।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले जेठ १३ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । प्रदेशको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १३ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो । मुख्यमन्त्री कमलबहादुर साहको सचिवालयका अनुसार जेठ १३ गते दिउँसो २ बजेदेखि बजेट अधिवेशन बोलाउने निर्णय भएको छ ।

Read More

धनगढीः धनगढीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ जोखरतालबाट बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ का ३५ वर्षीय शिवराज उपाध्यायल पक्राउ परेका हुन् । उनलाई ७३६ ग्राम लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

Read More

काठमाडौँ: घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरस्थित खेतमा आज बिहान युवकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो । अन्दाजी २५ वर्षीय युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Read More

धनगढीः कैलालीको धनगढीस्थित हसनपुरमा रहेको एक्सिस विद्याश्रममा चोरी भएको छ। शनिवार विहान २ बजेको समयमा विद्यालयमा चोरी भएको हो। विद्यालयबाट दुई जनाको युवाले ३ वटा सिसिटिभी क्यामेरा, एउटा राउटर र टेलिफोनको तार चोरी गरेको प्राचार्य अनिता पन्तले जानकारी दिइन्। विद्यालयबाट ती सामान चोर्दाको फुटेज सिसिटिभी क्यामेरामा कैद भएको उनले बताइन्। प्राचार्य पन्तले आवश्यक अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएको बताइन।

Read More

धनगढीः धनगढीको एक स्कुलमा चोरी भएको छ। एक्सिस विद्याश्रममा शनिवार राति २ बजेको समयमा चोरी भएको हो। राति दुई जना युवाले विद्यालयबाट तीन वटा सिसिटिभी क्यामेरा, एउटा राउटर र टेलिफोनको तार चोरी गरेको बताइएको छ। सामान चोर्दाको भिडिओ सिसिटिभी क्यामेरामा देखिएको र आवश्यक अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएको स्कुल प्रशासनले जनाएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरका आरक्ष पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आफ्ना समस्याका बारेमा बताएका छन्। आइतबार आरक्ष पीडितले संकटकालको मौका छोपेर विस्थापित गरेको दुई दशक बढी समय बितिसक्दा न्यायिक पुर्नस्थापना नभएको भन्दै प्रधानमन्त्रीसमक्ष गुनासो गरेका हुन्। छलफलपछि प्रधानमन्त्रीले जग्गाको सट्टामा जग्गा नै उपलब्ध गराउने र क्षतिपूर्ति दिलाउने विश्वास दिलाएको सुदूरपश्चिम प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल)ले जानकारी दिए। आरक्ष पीडितलाई प्रधानमन्त्रीसँग भेटाउने वातावरण उनले नै मिलाएका थिए। तत्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा ०५८ सालमा विस्थापित भएका पीडितको अझै पुनस्र्थापना भएको छैन। राज्यले ३२ वटा आयोग बनाउँदा पनि पीडितले क्षतिपूर्ति तथा मुआब्जा पाएका छैनन्।

Read More

काभ्रे: किशोरीलाई यौनधन्दामा लगाउने रोशीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोशी गाउँपालिका ६ घर भई हाल बनेपा–८ मा लामा क्याफे सञ्चालन गर्दै आएका २९ वर्षीय राधाकृष्ण मैनाली रहेको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ।  लामाले क्याफेमा अनैतिक क्रियाकलाप गराउने गरेको सूचनाको आधारमा उनलाई जेष्ठ ५ गते पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोरा जानकारीले दिए। उनका अनुसार उक्त होटलमा ३ जना किशोरीहरूलाई यौनधन्दामा लगाइएको जानकारी प्राप्त भएको थियो। सूचना प्राप्त भएपश्चात अनुगमनमा जाँदा अनैतिक क्रियाकलाप गर्दै गरेको भेटिएपछि त्यहाँका किशोरीहरूलाई उद्धार गरिएको छ।

Read More

सिन्धुली : मरिण गाउँपालिकाले विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ प्रदान गर्न थालेको छ। स्थानीय विद्यालय, क्याम्पसमा अध्ययन गरेका छात्रालाई गाउँपालिकाले प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ दिन थालेको हो। छात्रालाई प्रोत्साहन र स्थानीय विद्यालयको प्रवर्धन गर्ने उद्देश्य यस कार्यक्रमको रहेको गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले बताए।  यही कार्यक्रमअन्तर्गत शनिबार गाउँपालिकाले स्नातक तह उत्तीर्ण गरेका पाँच जनालाई जनही एक लाख हस्तान्तरण गर्‍यो। मरिण–७ का चार र वडा नं ६ की एकजना किशोरीलाई रकम प्रदान गरिएको हो। अघिल्लो वर्ष स्नातक तह उत्तीर्ण गरेर शनिबार मरिण सरकारबाट एक लाख बुझेकी मरिण–७ जयमंगलकी सुकृता घिसिङले प्रोत्साहनस्वरूप पाएको रकमले खुशी बनाएको बताइन्। उक्त रकमले स्नाकोत्तर पढ्न सहयोग…

Read More

काठमाडौं: वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै सर्वसाधरणबाट दुई करोड ५३ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको सुनवर्षी नगरपालिका– ६ का ३७ वर्षीय अजयकुमार राजवंशी रहेका छन् । उनीविरुद्ध मोरङ र झापाका ३६ जना युवाले ठगी आरोपमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कायर्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार ३६ जनाबाट २ करोड ५३ लाख ७५ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ । एक वर्षदेखि फरार अवस्थामा रहेका राजवंशीलाई शनिबार विराटनगरबाट पक्राउ गरिएको दाहालले बताए ।

Read More