Author: महेन्द्रनगर पोष्ट

धनगढीः बाजुराको जगन्नाथ गाउँपालिकाकी पूर्व उपाध्यक्ष ऐना गिरीको निधन भएको छ। २०७४ को स्थानीय निर्वाचिनमा नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित गिरीको शनिवार निधन भएको हो। खुट्टा र पेटको समस्याबाट पीडित गिरीलाई शुक्रबार राति एक्कासी बेहोस भएपछि उपचारका लागि धनगढी ल्याउने क्रममा डोटीको साझघाट नजिकै मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउने भएको छ । नगरपालिकाले रक्तसञ्चार केन्द्र धनगढीलाई रगत संकलन कार्यमा आवश्यक सहयोग गर्ने र लाग्ने दस्तुर पालिकाले ब्यहोर्ने गरी नेपाल रेडक्रस सोसाइटी धनगढी शाखासँग सम्झौता गरेको छ ।रगतका लागि नगरपालिका क्षेत्रका नागरिकलाई कुनै सास्ती नहोस् र रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भनी निःशुल्क रगतको व्यवस्था गरिएको नगरप्रमुख तोयप्रसाद शर्माले बताए ।त्यस्तै, नगरपालिकाभित्र रक्तदान उत्प्रेरणा कार्यक्रमको आयोजना गर्न नगरपालिकाले वार्षिक कार्ययोजना बनाई कार्यान्वयन गर्ने र यसका लागि आवश्यक प्राविधिक सहयोग रक्तसञ्चार केन्द्र धनगढीले गर्ने गरी निःशुल्क रगत उपलब्ध गराउन रेडक्रसको धनगढी शाखसँग समझौता गरेको उनले बताए ।

Read More

धनगढी: सुदूरपश्चिममा प्रदेश सरकार विस्तार गरिएको छ। आज (शनिबार) मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तार गरेका हुन्। जसअनुसार उनले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेपाली काङ्ग्रेसका पृथ्वीबहादुर सिंहलाई, सामाजिक विकास मन्त्रीमा माओवादी केन्द्रका झपटबहादुर साउदलाई र वन पर्यटन तथा वातावरण मन्त्रीमा माओवादीकै रमेशसिंह धामीलाई नियुक्त गरेका हुन्। यस्तै, माओवादीकी गितादेवी माल वन पर्यटन तथा वातावरण राज्यमन्त्री बनेकी छन्। मन्त्रीत्रयले आज प्रदेश प्रमुख देवराज समक्ष पद तथा गोपनीयताको सपथ लिएका थिए भने राज्यमन्त्री मालले मुख्यमन्त्रीबाट सपथ लिइन्।

Read More

काठमाडौँ: सरकारले आउँदो तीन वर्षभित्र दोधारा चाँदनीमा सुक्खा बन्दरगाहको निर्माण प्रक्रिया सक्ने लक्ष्य लिएको छ । सरकारले लामो समयदेखि विविध कारणले गति लिन नसकेको दोधारा चाँदनी सुक्खा बन्दरगाह र महाकाली करिडोर निर्माणको कामलाई नीति तथा कार्यक्रममा समेटेको हो । बन्दरगाह र करिडोर निर्माणको काम नीति तथा कार्यक्रममा समेटिएसँगै आयोजनाले गति लिने अपेक्षा गरिएको छ । विसं २०६४ सालमा कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण प्रस्ताव भए पनि हालै सरकारले योजनाको प्रभाव मूल्याङ्कन ‘ईआईए’ प्रतिवेदन प्रस्ताव स्वीकृत गरेको थियो । यहाँबाट प्रतिनिधि सभामा निर्वाचित सांसद तथा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुक्खा बन्दरगाह निर्माणलाई मुख्य चुनावी एजेन्डासमेत बनाएका थिए ।…

Read More

बैतडी: बैतडीको दशरथचन्द नगरपालिकाको शिवस्थली मावि जर्गका विद्यार्थीहरुलाई आयुर्वेद तथा योग शिक्षा दिइएको छ । नगरपालिकाको आयुर्वेद शाखाले शिविर सञ्चालन गरी सो विद्यालयका विद्यार्थीहरुलाई आयुर्वेद र योगका बारेमा जानकारी गराएको हो । नगरपालिकाका आयुर्वेद शाखा प्रमुख नरेन्द्र कलौनीका अनुसार यही जेठ १ गतेदेखि ५ गतेसम्म शिविरको आयोजना गरिएको थियो । शिविरमा स्थानीयस्तरमा भएका जडीबुटी, तिनको संरक्षणका र प्रयोगका बारेमा समेत जानकारी दिइएको छ । योग गर्नाले विभिन्न रोगबाट मुक्ति पाइने भएकाले विद्यार्थीहरुलाई शिविरमार्फत योग शिक्षा दिइएको आयुर्वेद औषधालय शाहीलेकमा कार्यरत कविराज आरती साउँदले बताइन् ।

Read More

एजेन्सी: विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ । डब्लुएचओका अनुसार यस वर्ष अहिलेसम्म २४ देशमा हैजाको प्रकोप देखिएको छ । गएको वर्षको मे महिनामा मात्रै १५ देशमा हैजाको प्रकोप देखिएको थियो । सामान्यतया हैजाको प्रकोपबाट मुक्त रहेका भनिएका देशहरु पनि पछिल्लो समय यसबाट प्रभावित भइरहेका छन् र मृत्युदर एक सय भन्दा धेरै छ । गरिबी, द्वन्द्व, जलवायु परिवर्तन र त्यसले निम्त्याएको जनसङ्ख्या विस्थापनका कारण सङ्क्रमण बढेको डब्लुएचओका कार्यक्रम व्यवस्थापक हेनरी ग्रेले बताए । हैजाबाट प्रभावित देशहरूको सङ्ख्या बढ्दै जाँदा, रोकथाम र प्रतिकार्यका लागि उपलब्ध स्रोतहरू कम छ । साथै खोप अभियान…

Read More

चितवन: गैँडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा शनिबार बिहान ११ बजे गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमणबाट गम्भीर घाइते पौडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा ११:४५ बजे मृत्यु भएको हो । यस्तै गैँडाको आक्रमणबाट स्थानीय ५७ वर्षीय टङ्कनाथ रेग्मी घाइते भएका छन् । सामान्य घाइते रहेका रेग्मी उपचारपश्चात् घर फर्किएको कार्यालयले जनाएको छ । रासस

Read More

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकाले टोलफ्री नम्बर सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले पालिकावासीका गुनासो सुन्न पैँसा नलाग्ने टोलफ्री नम्बर सञ्चालनमा ल्याएको हो । गाउँपालिकाका सूचना अधिकारी प्रयागराज पन्तका अनुसार टोलफ्री नम्बर १८१०५०००४२२ रहेको छ । यसमा कल गरेर नागरिकले गाउँपालिकाबाट प्रदान हुने सेवाका बारेमा जानकारी लिनुका साथै गुनासो समेत टिप्न सक्नेछन् । यस्तै, गाउँपालिकाले अडियो नोटिस बोर्ड सेवा पनि सुरु गरेको छ । १६१८०७०७०९५०३ नम्बर डायल गरी अडियो नोटिस बोर्ड सेवा सुन्न सकिनेछ ।

Read More

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको विपद् व्यवस्थापनका लागि पूर्वानुमानमा आधारित विपद् पूर्वकार्य कार्यविधि तर्जुमा सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न भएको छ। दोधारा चाँदनी नगरपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्ल्यूए०, डीसीए नेपाल, र इन्स्च्युट अफ हिमालयन रिस्क रिडक्शनको सहकार्यमा शुक्रबार दुई दिने कार्यशाला सम्पन्न भएको हो। बाढीको उच्च जोखिममा रहेको दोधारा चाँदनी नगरपालिकाका वडा नम्बर ८, ९ र १० मा मौसम पूर्वानुमानको आधारमा विपद् न्यूनिकरणको लागि के(कस्ता क्रियाकलापहरू गर्न सकिन्छ भन्ने विषयमा बन्ने कार्यविधिको लागि मस्यौदा तयार पार्ने उद्देश्यले सो क्षेत्रका सरोकारवालाहरूसँग कार्यशाला गरिएको हो। कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बुले दोधारा चाँदनी नगरपालिकासँगै देशका…

Read More

बैतडीः बैतडीमा दुई अध्यक्षबीच कुटाकुट भएको छ। जिल्लाको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी र सडक उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्रसिहं धामीबिच कुटाकुट भएको हो। उनीहरुबिच देउलेक–कान्धार सडक उपभोक्ता समितिलाई २० लाख ४४ हजारको चेक काटिएको विषयलाई लिएर कुटाकुट भएको हो। कुटपिटबाट घाइते भएका समितिका अध्यक्ष वीरेन्द्रसिहं धामीलाई बैतडी अस्पताल भर्ना गरिएको छ। समितिका अध्यक्ष धामीका अनुसार गाउँपालिकाले दिएको चेक साट्न बैंक जाँदा गाउँपालिका अध्यक्षले बैंकमा फोन गरेर चेक रोक्न आदेश दिएका थिए। गाउँपालिकाका अध्यक्षले लाठी, ढुङ्गामुडा, र लात्ताले कुटपिट गरेको समितिका अध्यक्षको गुनासो छ। गाउँपालिकाका अध्यक्षले भने आफूले कसैमाथि कुटपिट नगरेको र उल्टै गाउँपालिकाका कर्मचारी र आफूमाथि दुव्र्यवहार भएको दाबी गरेका…

Read More