Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : बालुवाटारस्थित सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा दर्ता गरिएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेका चार जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।  काठमाडौं जिल्ला अदालतले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले मंगलबार सात जना पक्राउ गरे पनि ३ जनाले पहिले नै अदालतबाट पक्राउ पुर्जीविरूद्ध ‘स्टे अर्डर’ लिएका थिए । उनीहरूलाई मंगलबार साँझ नै छाडिएको थियो ।

Read More

अछाम : अछाममा भरुवा बन्दुक फेला परेको छ । चौरपाटी गाउँपालिका–१ वडामेयरको जंगलमा बेवारिसे अवस्थामा एक नाले एक थान भरुवा बन्दुक फेला परेको हो । बुधबार बिहान प्रहरी चौकी सिउडी अछामबाट खटिएको प्रहरी गस्ती टोलीले जंगलमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं – सर्वोच्च अदालतले समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले समलिंगी विवाह गर्ने जोडीहरुले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गरिदिन आवश्यक व्यवस्था गरिदिन अन्तरिम आदेश जारी गरेको हो । समलिंगी विवाह दर्ता गर्न नेपालको कानुन बाधक रहेको भन्दै ब्लु डायमन्ड सोसाइटीको तर्फबाट अध्यक्ष पिंकी गुरुङसहित ७ जनाले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । उनीहरुले विवाह दर्तासम्बन्धी मुलुकी देवानी संहिता २०७४ मा रहेको व्यवस्था संशोधनको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमेतलाई विपक्षी बनाई रिट दिएका थिए । सर्वोच्चले समलिंगी तेस्रोलिंगी समुदायको विवाह दर्तासम्बन्धी…

Read More

धनगढीः गत शनिबार कैलालीको अत्तरियामा १८ वर्षीया किशोरी अस्मि बोहरा मृत अवस्थामा फेला परेकी थिईन् । गोदारी नगरपालिका वडा नम्बर ४ स्थित आफ्नै घरमा अस्मी मृत अवस्थामा भेटिएकी हुन्। यस विषयमा अनुसन्धान गर्दै जाँदा उनी जबरजस्ती करणीमा परेर मृत्युको बाटो रोज्न पुगेको खुलेको छ। प्रहरीले अस्मिको आत्महत्या दुरुत्साहन मुद्दामा मुगुको सेरु गाउँपालिका– ३ का २१ बर्षीय डिलेन्द्र शाहीलाई पक्राउ गरिसकेको छ। अस्मिका आफन्तले मंगलबार शाही र अस्मिकी साथी लक्ष्मी खड्काका विरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख गणेश बरालले बताए। अस्मिकोे न्यायका लागि आफन्तले अत्तरियामा प्रदर्शन नै गरेका छन्। असार ९ गते आफ्नै घरमा…

Read More

काठमाडौँ : रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ । लामिछानेले अनधिकृत नागरिकता त्यागेको निस्सा पेस नगरी नेपाली नागरिकताको प्रतिलिपि दिइनु गैरकानूनी भएको जिकिरसहित अधिवक्ता युवराज सफलले सर्वोच्चमा अन्तरिम आदेशको माग गरेका थिए । प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासलेसंवैधानिक इजलासले रिट खारेज गरेको हो ।

Read More

धनगढीः ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई भारतको हल्द्धानीमा रहेको साई हस्पिटलले साथ दिएको छ।असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डमा साई हस्पिटल हल्द्धानीले साथ दिएको हो। साई हस्पिटल हल्द्धानी भारतका प्रबन्ध निर्देशक क्याप्टेन डाक्टर मोहन सती र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका निवर्तमान अध्यक्ष सीताराम ओझाले सम्झौता पत्रमा हस्ताक्षर गरे। साई हस्पिटल हल्द्धानी भारतले बिशेषज्ञ चिकित्सकीइ सेवा प्रदान गर्दै आएको छ। धनगढीमा उपलब्ध नभएका विशेषज्ञ स्वास्थ्य सेवाहरु अस्पतालले दिदैं आएको छ। ब्रेन ह्यामरेज, प्यारालाईसिस, मुटुको समस्या, एनजिओग्राफी एवम एनजिओपाष्ट्री लगायतका आधुनिक स्वास्थ्य सेवाहरु अस्पतालले दिदै आएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले ६ वटा विधाहरुको मनोनयन सार्वजनिक…

Read More

काठमाडौँ: काभ्रेको राउत गाउँमा सिम्रिक एयरलाई हेलीपोर्ट बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको सैद्धान्तिक सहमति नागरिक उड्डयन प्राधिकरणले रोकिदिएको छ । प्राधिकरणले हवाई नीतिविपरीत रहेको भन्दै रोकेको हो । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जेठ २६ गते सिम्रिक एयरलाई काभ्रेको बनेपास्थित राउत गाउँको माथिल्लो भागमा रहेको इटापु डाँडामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हेलिपोर्ट निर्माण गर्न मन्त्रीस्तरीय निर्णयबाट बाटो खुला गरेको थियो । तर प्राधिकरणले गठन गरेको कार्यदलको प्रतिवेदनले त्यसलाई कार्यान्वयन गर्न सम्भव नभएको औँल्याएपछि महानिर्देशक प्रदीप अधिकारीले मन्त्रालयले गरेको सैद्धान्तिक सहमतिलाई रोकिदिएका हुन् । यो पनि: https://mahendranagarpost.com/?p=77568

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलि (बिहीबार)देखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क गरिने बताएका छन् । बिहीबारदेखि उपत्यकाका गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध गराउने उनले जानकारी दिए । “कान्तिबाल अस्पतालले ६० शय्या, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले चार सय ५० शय्या, ट्रमा सेन्टरले एक सय ५० शय्या र शहीद गङ्गालाल हृदयरोग केन्द्रले ९० शय्या निःशुल्क गर्ने निर्णय गरेका छन्”, मन्त्री बस्नेतले भने । उनका अनुसार अहिलेसम्म विपन्नका लागि निःशुल्क घोषणा गरिएका शय्याको सङ्ख्या दुई हजार २८ पुगेको…

Read More

काठमाडौँः नेकपा (एकीकृत समाजवादी)का नेता तथा डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रेमबहादुर आलेले सुदन किराँतीविरुद्ध आगो ओकलेका छन्। एक मिडियालाई प्रतिक्रिया दिने क्रममा उनले हालका पर्यटनमन्त्री किराँतीको चर्को आलोचना गरेका हुन्। उनले आफूलाई सुदन किराँतीसँग दाँजेका छन्। उनले आफूलाई किराँतीसँग दाँज्दै प्रश्न गरेका छन्, ‘मेरो शरीर हेर्नुस् न सुदन किराँतीभन्दा डबल छैन ?’ आलेले आफू जन्मँदै एसीमा बसेको कुरा गरेका छन्। उनले आफ्ना बुवा भारतको बम्बईमा रेलवेको अफिसर भएकाले आफू त्यहीँ हुर्केको, पढेको र सोही कारण आफ्नो शरीर पनि किराँतीभन्दा डबल भएको पनि बताएका छन्।

Read More

काठमाडौँ: बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा विभिन्न चरणमा व्यक्तिका नाममा नामसारी गरेको पाइएको छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज पत्रकार सम्मेलन गरी सो प्रकरणमा मङ्गलबार पक्राउ परेका चार जनालाई सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । सीआईबीले हिजो उक्त प्रकरणमा संलग्न भएको आरोपमा सात जनालाई पक्राउ गरेको थियो । यद्यपि तीन जनाले यसअघि नै अदालतबाट ‘स्टे अर्डर’ लिएको हुनाले प्रहरीले कागज गराएर छाडेको थियो । जसमा सुरेन्द्रमान कपाली, कलाधर देउजा र हुपेन्द्रमणि केसी छन् । आज सार्वजनिक हुनेमा काठमाडौँ महानगरपालिका-६ का ६९ वर्षीय मीनबहादुर गुरुङ, काठमाडौँ महानगरपालिका-७ रातोपुलका ८० वर्षीय धर्मप्रसाद गौतम, चन्द्रागिरि नगरपालिका-३ का ६० वर्षीय…

Read More