Author: महेन्द्रनगर पोष्ट

हेटौंडा: मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् । हेटौँडा उपमहानगरपालिका–१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उहाँकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुवैजना गए राति तीन तले पक्की घरको पूजा कोठामा पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । मृतक दम्पती कान्छो छोरा र बुहारीसँगै बस्दै आएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस

Read More

मुगु: खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउँदा करेन्ट लागेर सोही नगरपालिका–४ भामवाडाका २२ वर्षीय सञ्जय भामको मृत्यु भएको हो । उनी ब्याट्री र १२ भोल्टको इन्भर्टर लगेर खोलामा माछा मार्न गएका बताइएको छ । खोलामा करेन्ट लागेर बेहोस भएपछि जिल्ला अस्पताल मुगु पु¥याइएका उनकोे अस्पताल पुगेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read More

धनगढीः नेपाली काँग्रेस कैलालीले जिल्ला उपसभापति भीम बडुवाललाई स्पष्टीकरण सोध्ने भएको छ । नेपाली काँग्रेस कैलालीको १२औँ जिल्ला समितिको कैलालीको चुरे-५ सहजपुरमा बसेको बैठकमा सम्मेलनको समीक्षाको एजेण्डमा कुरा उठेपछि जिल्ला समितिले उक्त निर्णय गरेको हो । जिल्ला सम्मेलनअघि लम्कीमा सम्पादन समिति बैठकले एजेण्डा पारित गरेको थियो । बैठकमा सहभागीहरुले उपसभापति बडुवाललाई जवाफ मग्न दवाब दिएका थिए । सोही विषयमा बडुवाललाई स्पष्टीकरण सोधिने कैलाली काँग्रेसका सभापति नारायणदत्त भट्टले बताए ।

Read More

गोरखा: गर्मी अत्यधिक बढेपछि गोरखा र तनहुँमा विद्यालयको पठनपाठन बन्द गरिएको छ । गोरखाको पालुङटार नगरपालिकाले नगरक्षेत्र भित्रका सवै विद्यालयमा पठनपाठन बन्द गरेको छ । गर्मीले विद्यालयमा पठनपाठन गर्न नसकिने भएपछि नगरपालिकाले नगरक्षेत्रका ५३ वटै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । ती सबै विद्यालय तीन दिन बन्द रहने पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले जानकारी दिए । “गर्मी ह्वात्तै बढेपछि बालबालिकाको स्वास्थ्यमा समेत असर पर्न थालेपछि विद्यालय बन्द गरिएको हो”, उनले भने । मङ्गलबारसम्म सम्पूर्ण विद्यालय बन्द रहने छन् । गर्मी बढ्दै गए थप समयका लागि पठनपाठन बन्द गरिने नगरप्रमुख चिन्तन बताउँछन् । “कक्षा कोठाभित्र बस्न सकिने अवस्था छैन”, उनले…

Read More

जापान: टोकियोको हानेदा विमनस्थलमा शनिबार दुईवटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका छन् । जापानको यातायात मन्त्रालयले जनाएअनुसार (स्थानीय समय) बिहान ११ः०० बजे बैङ्ककका लागि प्रस्थान गरेको थाई एयरवेजको विमान र इभा एयरको विमान हानेडा विमानस्थलको धावनमार्ग मा ठोक्किएको देखिएको स्थानीय सञ्चारमाध्यमले विमानस्थल स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेका छन् । ती दुई विमानहरू अहिले धावनमार्गमा पार्क गरिएका छन् । राष्ट्रिय प्रसारक एनएचकेका अनुसार दुर्घटनाबाट थाई एयरवेजको विमानको पखेटाको भाग भाँचिएको छ । विमानस्थलले दुर्घटनास्थल नजिकैको धावनमार्ग बन्द गरेको छ । विमानस्थलबाट कतिपय आन्तरिक तथा अन्तरराष्ट्रिय उडानहरू ढिला भएका छन् । रासस

Read More

काठमाडौँ: नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेको बताएका छन् । उनले प्रधानमन्त्रीले सत्ता टिकाउन अदालतको आदेश विपरीत चौधरीलाई आममाफी दिने निर्णय गरेको बताएका हुन् ।शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति, भक्तपुरद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले तीन वटै अदालतको आदेश विपरीत चौधरीलाई आममाफी दिने कुराले लोतन्त्रलाई कमजोर बनाउने बताए । ‘तीन अदालत उच्च अदालत, जिल्ला अदालत, सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले त्यो मशी सुक्न नपाउँदै माफी दिनुभये । हामी जस्ताले त्यसलाई कसरी हेर्ने ?,’ उनले भने, ‘यी कुराहरू अत्यन्त गम्भिर हुन्छन् भोलीका दिनमा। सरकार टिकाउन यी कुराहरू गर्दाखरी लोकतन्त्र…

Read More

धनगढी: धनगढी उपमहानगरपालिकाले उपमहानगर क्षेत्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको छ । अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा विभिन्न समस्या देखा पर्नसक्ने भन्दै उपमहानगरले बिदा दिएको हो । भोलि २८ गतेदेखि ४ दिनका लागि सम्पूर्ण विद्यालयहरुमा बिदा दिइएको छ । साथै दादुरा रुबेला खोपमा प्रभाव नपर्ने गरी अध्ययन अध्यापन कार्य बन्द गर्न भनिएको छ । त्यस्तै, गर्मी एवम् लुबाट बच्न सावधानी अपनाउन पनि भनिएको छ ।

Read More

धनगढीः धनगढी उपमहानगरपालिका–१ शिवनगरबाट १५ वर्षीय अमृत विष्ट हराएका छन् । उनी सोमवार दिउँसोबाट हराएका हुन् । उनी आफ्ना काकासँग शिवनगरमा बस्दै आएका र धनगढीको चैतन्य पाठशालामा कक्षा ९ मा अध्ययनरत रहेको बताइएको छ । विष्टका आफन्तले उनको खोजी गरिदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको बताएका छन् । साथै उनलाई कसैले देखे, फेला पारे नजिकको प्रहरी वा ९८४८७०१२७४ मा सम्पर्क गरी खबर गर्न अनुरोध गरिएको छ ।

Read More

धनगढी: सुदूरपश्चिमका यातायात व्यवसायीहरु आन्दोलित भएका छन्। प्रदेशले तोकेको नयाँ भाडादर समायोजनको विषयमा सहमती हुन नसकेपछि यातायात व्यवसायीहरु हिजोदेखि आन्दोलित भएका हुन्। केही दिनअघि प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा चल्ने लामो दुरीका सार्वजनिक सवारी साधनको भाडादर तोकेको थियो। जसअन्तर्गत धनगढीदेखि बझाङसम्मको भाडा एक हजार ४१ रुपैयाँ तोकिएको थियो । तर यातायात व्यवसायीहरुले भने पुरानै भाडा एक हजार दुई सय ५० रुपैयाँ लिन पाउनुपर्ने बताएका छन् । प्रदेश सरकारले एकलौटी रुपमा भाडादर कायम गरेको भन्दै यातायात व्यवसायीहरुले बझाङमा आज बिहानैदेखि यातायातका साधनहरु पुर्णरुपमा बन्द गरेका हुन । लामोदुरीका सार्वजनिक सवारी साधन ठप्प भएपछि जिल्ला आउने र बाहिर जाने यात्रुहरु अलपत्र परेका…

Read More

धनगढी: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय नेताहरुलाई धम्की दिइएको बताइएको छ। कैलाली जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई थापाले धम्की दिएको बताइएको हो। कैलाली काँग्रेसका सभापति नारायणदत्त भट्टले नै कैलालीका नेता तथा कार्यकर्ताहरुलाई थापाले धम्की दिएको बताए। उनले हिजो (शुक्रबार) चुरेको सहजपुरमा बसेको जिल्ला कमिटीको १२ औं बैठकमा यस्तो बताएका हुन्। ‘गगन थापाले कैलालीमा काङ्ग्रेसका हाम्रा साथीभाईहरुलाई प्रशनली धम्की दिएको थाहा पाए,’ उनले भने, ‘उहाँले फोन गरेर धम्की दिनुभएछ। मान्छेलाई बहकाउने, धम्काउने कोही नेता हुन सक्दैन।’ तर कुन विषयमा धम्की दिएको भनेर उनले खुलाएका छैनन्। यस्तै उनले गगन थापा नेतालाई थर्काएर च्याखे थाप्ने र भाषण मात्रै गर्ने मान्छे भएको बताए। त्यस्तै…

Read More