Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको सहप्रायोजकको रुपमा स्वस्तिक अस्पताल जोडिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डका लागि धनगढीको चटकपुरमा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पीयालिटी हस्पिटल (स्वस्तिक अस्पताल)ले मुख्य सह–प्रायोजकको रुपमा सहयोग गर्ने भएको हो । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठक र स्वस्तिक अस्पतालका अध्यक्ष महेशराज जोशीले प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । अवार्डको मुख्य प्रायोजक सुदू्पश्चिमाञ्चल एकेडेमीपछि ईन एसोसिएसन विथ रुपमा स्वस्तिक अस्पतालले अवार्डमा स्थान पाउनेछ । सहप्रायोजकको रुपमा स्वस्तिक अस्पताललाई अवार्डमा जोडिने अवसर दिएकोमा अस्पतालका अध्यक्ष महेशराज जोशीले स्वास्थ्य र खेलकुद क्षेत्रसँग एक अर्कासँग जोडिएकोले देशका गहना खेलाडीलाई…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री नरेशकुमार शाहीले प्रदेशका पूर्व आर्थिक मामिला मन्त्रीहरुसँग आगामी बजेटबारे छलफल गरेका छन् । उनले पूर्व आर्थिक मामिला मन्त्रीहरु झपड बोहरा, प्रकाश शाह, तारालामा तामाङ र प्रकाश रावललाई मन्त्रालयमा बोलाई आर्थिक वर्ष २०८०/८१ को पूर्व बजेट छलफल गरेका हुन् । त्यस्तै, प्रदेश सरकारले असार १ गते बजेट ल्याउने तयारी गरिरहेका बेला आर्थिक मामिला मन्त्री शाहीले पूर्व आर्थिक मामिला मन्त्रीहरुसँग सुझाव पनि मागेका छन् । पूर्व आर्थिक मामिला मन्त्रीहरुसँग विगतका बजेटको समीक्षा गर्दै उनले सुझाव पनि मागेका हुन् ।

Read More

धनगढीः बझाङस्थित मष्टा गाउँपालिकामा रैथाने बालीको उत्पादन फस्टाउन थालेको छ। त्यहाँको स्थानीय सरकारले रैथाने बालीको उत्पादन थप बढाउने नीति नै लिएर काम गरिरहेको जनाएको छ। पालिकाले रैथाने बालीको उत्पादनलाई बढाउने कुरा प्राथमिकतामा राखेको छ। सोही सन्दर्भमा आज (शुक्रबार) धनगढीमा रैथाने बाली उत्पादनको व्यवसायीकरण प्रवद्र्धन विषयक उद्योगी व्यवसायी तथा अन्य सरोकारवालाबीच प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको छ। मष्टा गाउँपालिकाले सो कार्यक्रम आयोजना गरेको हो। उक्त कार्यक्रममा रैथाने बालीको उत्पादन, सम्भावना चुनौती लगायतका विषयमा छलफल तथा चर्चा गरिएको थियो। कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांक अनुसार मष्टा गाउँपालिकामा यो वर्ष मात्रै २ सय हेक्टर क्षेत्रमा कोदो खेती र ५० हेक्टर क्षेत्रफलमा सिमी खेती गरिएको थियो।…

Read More

काठमाडौँ: भारत भ्रमणका क्रममा शुक्रबार मध्यप्रदेशको उज्जैन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई त्यहाँका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरे । साथै स्थानीयले दाहालको सम्मानमा नेपाल र भारतको झण्डा लिएर सडकमा ताँती लागेर सांस्कृतिक प्रस्तुति दिए ।दिल्ली, इन्दौर र उज्जैन जाने यो सडकमा प्रत्येक विद्युत्को पोल–पोलमा प्रधानमन्त्री दाहाल र भारतीय समकक्षीको तस्बिर राखेर स्वागत गरियो । त्यसैक्रममा भारतको वैश्नभ विद्यापीठ विश्वविद्यालयले पनि प्रधानमन्त्री दाहालको स्वागतमा कार्यक्रम राख्यो । तर त्यहाँ अनौठो दृश्य देखियो । प्रधानमन्त्री दाहाललाई स्वागत गर्न बनाइएको ब्यानरमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राखियो । यद्यपि साइडमा राखिएको ब्यानरमा भने प्रधानमन्त्री दाहाल, समकक्षी मोदीसँगै मध्यप्रदेशका मुख्यमन्त्री…

Read More

धनगढीः अंशबण्डाको विषयमा विवाद हुँदा इलामका एक पुरुषले आफ्नै बृद्ध बाबुको हत्या गरेका छन्। ७० वर्षीय लोकबहादुर कुमालको हत्या गरेको अभियोगमा माई नगरपालिका–२ चेप्टीका ३२ वर्षीय छोरा दीपक कुमाललाई आज बिहान प्रहरीले समातेको छ। गत ज्येष्ठ ८ गते अंशबण्डाको विषयमा विवाद भई दिपकले बुबा लोकबहादुरमाथि कुटपिट गर्दा उनी गम्भिर भएका थिए। तत्कालै उपचारका निम्ति बिर्तासिटी अस्पताल पुर्याइएकोमा लोकबहादुरको आज बिहान निधन भएको प्रहरीले जनाएको छ। पक्राउ परेका दिपकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Read More

सिन्धुली: सुनकोशी नदीमा शुक्रबार बिहान ११ बजे आसपासमा स्कार्पियो खस्दा बेपत्ता भएका तीन जनाको पहिचान खुलेको छ । भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् ९सिटिइभिटी०बाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटबाट सुनकोशी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार स्कोर्पियोमा चार जना सवार रहेकोमा चालक दाङ राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल भएका थिए भने बाँकी तीन जना अझै बेपत्ता छन् । बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका–९ घर भई सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वीनवलपरासी प्रगति…

Read More

काठमाडौँ: भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्दौरको उज्जैन पुगेका छन् । महाकालेश्वर मन्दिरमा उनलाई मध्यप्रदेशका राज्यपाल मंगु पटेल र प्रदेश सरकारका मन्त्री मोहन यादवले स्वागत गरेका छन् । प्रधानमन्त्री प्रचण्डले पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामनासहित उज्जैनस्थित महाकाल बाबाको मन्दिरमा विशेष पूजा गरेका छन् । उनले महाकाल बाबाको गर्भ गृहमा पत्नीको स्वास्थ्यलाभको कामनासहित विशेष पूजा गरेको बताइएको छ । महाकालेश्वर दर्शनका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालबाटै लगेको १०० रुद्राक्ष र नगद ५१ हजार रुपैयाँ चढाएको बताइएको छ ।

Read More

काठमाडौँ: सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट संसद्मा प्रस्तुत गरिसकेको छ । आगामी आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घ सरकारबाट प्रदेश र स्थानीय तहका लागि कूल चार खर्ब आठ करोड ७० लाख विनियोजन भएको छ । जसमध्ये चालु शीर्षकमा रू तीन खर्ब ३६ अर्ब ६७ करोड १० लाख र पुँजीगततर्फ रू ६३ अर्ब ४१ करोड ६० लाख विनियोजन भएको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत प्रदेश र स्थानीय तहमा जाने रकममध्ये समानीकरण अनुदानतर्फ रू एक खर्ब ४६ अर्ब दुई करोड चार लाख, सशर्त अनुदानतर्फ रू दुई खर्ब २७ अर्ब ६१ करोड ४५ लाख, विशेष अनुदानतर्फ रू १३ अर्ब…

Read More

धनगढी: धनगढीमा राष्ट्रिय किशोर सञ्जाल नेपाल, राष्ट्रिय किशोरी सञ्जाल र सिविन नेपालको संयुक्त आयोजनामा भएको तीन दिने जीवनउपयोगी सीप तालिम सम्पन्न भएको छ । किशोर किशोरीहरूलाई आत्मजागरण, अनुभूति, अन्तर व्यक्ति सम्बन्ध, समालोचनात्मक सोचाइ, समस्या समाधानको सीप जस्ता जीवनोपयोगी सीप जरुरी रहेको र जीविकोपार्जनका लागि जीवनउपयोगी सीपको आवश्यकता पर्ने भएकोले सो तालिमको आयोजना गरेको बताइएको छ । उक्त तीन दिने तालिममा प्रमुख प्रशिक्षक बालिका दुलही होइनन्की राष्ट्रिय संयोजक तथा बाल अधिकारकर्मी निरिजना भट्ट थिइन् । तालिममा प्रदेशका विभिन्न जिल्लाका ३० जना किशोर किशोरीको सहभागिता रहेको थियो ।

Read More

सिन्धुली: मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका-७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी)का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो । जीपमा चार जना सवार रहेको र एक जना जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था अज्ञात रहेको उनले बताए । गाडीमा सवार रहेकाको पहिचान हुन सकेको छैन । बेपत्ताहरुको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको उनले जानकारी दिए । रासस

Read More