Author: महेन्द्रनगर पोष्ट

धनगढी: जिल्ला प्रशासन कार्यालय कैलालीले अनुचित लेनदेन (मिटरब्याज) पीडितलाई निवेदन दिन ७ दिनको म्याद थप गरेको छ। प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै मिटर व्याज सम्बन्धी जाँचबुझ आयोग २०७९ बाट निवेदन आह्वान भए बमोजिम मिटरब्याज पीडितलाई निवेदन दिन अनुरोध गरेकोे हो। यसअघि प्रशासनले बैशाख १७ गतेदेखि ३१ गते सम्म १५ दिन मिटरब्याज पीडितलाई निवेदन दिन अनुरोध गरेको थियो। प्रशासनले पीडितलाई आफूसँग भएका सबुत प्रमाणसहित कार्यालय परिसरभित्र स्थापना भएको अनुचित लेनदेन पीडित सहायता कक्षमा सम्पर्क राखी तोकिएको ढाँचामा फाराम भर्न भनेको छ।

Read More

काठमाडौं: नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा ऐन महरले प्रदेशको संरचना खारेज गर्नु उपयुक्त हुने सुझाव दिएका छन्। हिजोको बैठकमा उनले समानुपातिक निर्वाचन प्रणालिको खारेजि र प्रत्यक्ष निर्वाचन प्रणालिको व्यवस्था, धर्म निरपेक्षता नभएर धार्मिक स्वतन्त्रता भन्ने शब्द संविधानमा राख्नुपर्ने, जिल्ला समन्वय समिति खारेज गर्नु माग राखेक थिए। यस्तै महरले उच्च ओहोदामा रहेका सबै ब्यक्तिको सम्पति छानबिन गरिनुपर्ने, भ्रष्टाचारका विरुद्धमा पार्टीले अविलम्ब संघर्षका कार्यक्रम घोषणा गर्न माग गर्नुपर्ने सुझावसमेत दिएका छन्।

Read More

दार्चुला : शुक्रबार दार्चुलाको नेपाल-भारत सीमा क्षेत्रमा ढुङ्गा हानाहान भएको छ। भारतले सीमा नदी महाकाली नदी किनारमा निर्माण गरिरहेको पक्की तटबन्धको विषयलाई लिएर ढुङ्गा हानाहान भएको थियो। महाकाली नगरपालिका–१ का स्थानीय र भारतीय प्रहरीबीच सीमाको विषयलाई लिएर विवाद बढेपछि ढुङ्गा हानाहानको स्थिति सिर्जना भएको हो। भारतीय पक्षले महाकाली नगरपालिका–४ बंगाबगरको पारी खोतिला क्षेत्रमा नदी किनारमा पक्की तटबन्ध निर्माण गरिरहेको छ। तटबन्ध निर्माणको क्रममा भारतीय पक्षले महाकाली नदीको नेपालतर्फको सीमामा आएर निर्माण सामाग्री निकाली रहेका बेला नेपाली नागरिकले रोक्न खोज्दा भारतीय र नेपाली नागरीकबीच ढुङ्गा हानाहान भएको स्थानीयले बताएका छन्। भारतीय पक्षले सीमा नदी महाकाली नदीको बिच भागमा आएर निर्माण सामाग्री…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारबारे निर्णय गर्न शुक्रबार दिउँसो २ बजे माओवादीले संसदीय दलको बैठक बोलाएको थियो। तर तयारी नपुगेको कारण देखाउदै अन्तिम समयमा स्थगीत गरिदियो। शनिबार बैठक बस्नेगरी दलका नेता खगराज भट्टले हिजोको बैठक स्थगीत गरेका थिए। तर शनिबारको बैठकको समय तय भएको छैन। जसका कारण माओवादी केन्द्रको बैठक अनिश्चित बनेको छ। सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा दलहरुबीच मन्त्रालयगत भागबण्डा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन। काठमाडौँमा शिर्ष तहमा यो विषय नटुंगिएपछि प्रदेशका मुख्यमन्त्रीले सरकार विस्तार गर्न नसकिरहेका हुन्।

Read More

काठमाडौं: नेपाल नागरिक उड्ययन प्राधिकरणले जागिर खान चाहनेहरुको लागि अवसर खुलाएको छ। प्राधिकरणले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। ११ औँ देखि छैटौँ तहसम्मका लागि आवेदन दिन सकिनेछ। २१ दिनभित्र अनलाइन आवेदन दिन सकिने प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ।

Read More

बैतडी: बैतडीका पशुचौपायामा लम्पी स्कीन रोग प्रकोपका रुपमा फैलिएको छ। जिल्लामा अहिले यो रोगका कारण झण्डै ३ सय पशुचौपाया मरीसकेका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले जानकारी दिए।  जिल्लाभरी लम्पी स्कीनका कारण ३ हजार १४६ पशुचौपाया बिरामी परेका पन्तले जानकारी दिए। सबैभन्दा बढी मेलौली नगरपालिकामा लम्पी स्कीनको प्रकोप फैलिएको बताइएको छ।  मेलौली नगरपालिकामा लम्पी स्कीनबाट १ हजार १ सय पशुचौपाया बिरामी परेका छन् भने १२ पशुचौपाया मरेका छन्।  लम्पी स्कीनका कारण घरपालुवा जनावरहरु धमाधम मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन्। लम्पीस्कीनबाट गाईगोरु बढी प्रभावित भएका पशु सेवा विज्ञ केन्द्रका प्रमुख पन्तले बताए।  पशुचौपायाहरुमा ज्वरो आउने, सिँगान…

Read More

लाहोर: पाकिस्तान तेहरिक–ए–इन्साफ पार्टीका प्रमुख इमरान खान दुई दिन हिरासतमा रहेपछि शनिबार बिहान लाहोरस्थित आफ्नो घर पुगेका छन्। इस्लामाबाद उच्च अदालतले शुक्रबार अल-कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई दुई हप्ताको लागि अन्तरिम जमानत दिएको थियो। इमरान खान भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि पाकिस्तानभर हिंसाका घटनाहरू भइरहेका छन्।

Read More

कैलाली: सुदूरपश्चिमका ५ जिल्लासहित ७ जिल्लाका प्रभावित परिवारलाई अनुदान उपलब्ध गराउने सरकारले निर्णय गरेको हो।  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७औँ बैठकले ०७८ र ०७९ मा गएका भूकम्पबाट घर पूर्ण रूपमा क्षतिग्रस्त भएका प्रभावित परिवारलाई दुई किस्तामा अनुदान दिने निर्णय गरेको हो। प्राधिकरणका अनुसार ०७८ जेठमा लमजुङ, ०७८ साउनमा खोटाङ, ०७९ कात्तिकमा डोटी र ०७९ माघमा बाजुरा केन्द्रबिन्दु भएर गएका भूकम्पबाट डोटी, अछाम, बाजुरा, बझाङ,  डडेल्धुरा, लमजुङ र खोटाङका पाँच हजार आठ सय ८० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए।

Read More

धनगढीः आज सुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली  प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। राति देशभर मौसम सामान्यतया सफा रहने छ। हाल देशमा  स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बंगालको खाडीमा विकसित भइरहेको “मोखा” नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ। उक्त…

Read More

धनगढी: निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ? झापा हल्दीबारी-८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ। केहीक्षण त पत्याउनै नसकिने माहोल बन्यो। परिवारका सदस्य खुसीले रुन थाले तर किरिया गरिसकिएका सुरज कार्कीको भनिएको शव कसको थियो भन्ने यति बेला निकै रहस्यको विषय बन्न पुगेको छ। कनकाई नगरपालिका-४, कोटीहोममा १७ दिन पहिले बेवारिसे शव फेला परेको थियो। इलाका प्रहरी कार्यालय सुरुङ्गाले मुचुल्का तयार गर्यो र शवलाई आफन्तको पहिचान नहुन्जेलसम्मका लागि शवगृह भद्रपुरमा छाडिदियो। सामाजिक सञ्जाल र अन्य माध्यमबाट प्रचार गरियो। आफन्तले शव राखेको चौथो दिन शवगृहबाट बुझेर ल्याई कनकाई-४ को कोटीहवन क्षेत्रमा…

Read More