काठमाडौँ: नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । विसं १९८१ असार १८ गते जन्मिएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो । जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीपप्रज्वलनलगायतका कार्यक्रम राखेका छन् । पूर्व सभापति कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा (माओवादी)लाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए । कोइरालाले मुलुकमा पाँच पटक प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापति भएर काम गरेका थिए । रासस
Author: महेन्द्रनगर पोष्ट
कैलाली: एमाले नेता स्वर्गीय मदन भण्डारीको ७२औँ जन्म जयन्तीको अवसरमा आयोजना गरेको फुटसल प्रतियोगितामा प्रेस चौतारी नेपाल विजयी भएको छ । आज बिहान डल्लुज फुटसलमा नेपाल पत्रकार महासंघ र प्रेस चौतारी बिच भएको प्रतियोगितामा प्रेस चौतारी ७र३ गोल अन्तरले विजयी भएको हो । प्रेस चौतारीबाट दिलबहादुर छत्याल र शिवराज भट्टले २र२ गोल गरेका थिए । गोविन्द रोस्यारा र दिनेश विष्टले १र१ गोल गरेका थिए । १ गोल आत्माघाती भएको थियो । उता पत्रकार महासंघबाट दीपक उपाध्याय, शङ्कर बोहरा र टंक कुवरले १र१ गोल गरेका थिए । प्रतियोगितामा प्रेस चौतारीका भानुभक्त आचार्य उत्कृष्ट खेलाडी भए । विजेताहरूलाई धनगढी उपमहानगरपालिकी उपप्रमुख कन्दकला…
झापा: मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताए । पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उनले जानकारी दिए । सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएका थिए । झापामा छ दिनअघि मात्र जङ्गली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई जङ्गली हात्तीले किल्चेर मारेको थियो । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गएको जानकारी दिए ।…
धनगढी: शनिबार धनगढीको अकाशमा पुगेर पनि अवतरण हुन नसकेको श्री एयरलाईन्सको विमानलाई नागरिक उड्डयन प्राधिकरणले अस्थायी उडान प्रतिबन्ध लगाएको छ। धनगढीको आकाशबाट फर्केको विमानमा हाइड्रोलिकको समस्या देखापरेको नागरिक प्राधिकरणले आइतबार गरेको परीक्षणले देखाएको छ। सो जहाजको मर्मत गर्नुपर्ने भएकोले उडान प्रतिबन्ध लगाइएको हो। सो विमानसँगै शनिबार नै पोखराका लागि उडेको श्रीको अर्को विमान पनि ग्राउण्डेड गरिएको छ। सो विमानमा पनि पविधिक समस्या देखिएपछि पोखरा अवतरण नगरी फर्काइएको थियो। अहिलेलाई श्रीले आन्तरिक उडानमा दुईवटा बमबार्डियर ड्यास क्यू–४०० उडाउने छ। फ्लाइट सेफ्टी स्ट्यान्डर्डस् विभागले श्री एयरलाइन्सका ३ वटा जहाजलाई नियमत उडानका लागि अनुमति दिएको छ। श्रीसँग आन्तरिक उडानका लागि ८ वटा विमान…
धनगढी: कैलालीका एक युवकले अस्पतालमै अनशन थालेका छन्। कैलालीको जानकी गाउँपालिका–८ का २६ वर्षीय वीरेन्द्र जैसीले वीर अस्पतालको बेडमै अनशन थालेका हुन्।उनले प्रहरीलाई बचाउने क्रममा प्रहरीकै गोली प्रहारले घाइते भएको र आफ्नो माग सुनुवाइ नभएको भन्दै अनशन थालेका हुन्। उनले अस्पतालमा १७ औं दिनसम्म पनि अस्पतालको बेडमै अनशन जारी राखेका छन्। उनी असार १ गते बेलुकीदेखि माइतीघर मण्डलामा अनशन बसेका थिए। अनशनरत जैसी १२ औं दिन शनिबार स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका छन्। चिकित्सकले ‘ब्लप्रेसर लो’ भएको छ, तपाईंले अनशन तोड्नुपर्छ भनिरहनुभएको छ, उहाँ (वीरेन्द्र) ले माग पूरा नभएसम्म अनशन नतोड्ने भन्नुभएको छ,’ वीरेन्द्रकी पत्नी राधिका…
धनगढीः कैलालीको टीकापुरमा आगलागी भएको छ। जिल्लाको टिकापुर नगरपालिका वडा नम्बर–९ रोहनीभुजीमा आशाराम चौधरीको घरमा आइतबार आगलागी भएको वडाध्यक्ष लौटन चौधरीले जानकारी दिए। उनका अनुसार घरभित्र रहेको गँहु, तोरी, चामल, काठ लत्ताकपडा, काठसमेत जलेर अन्दाजी २ लाख ५० हजार बराबरको क्षति भएको छ। स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको अध्यक्ष चौधरीले बताए। इलाका प्रहरी कार्यालय टिकापुरका अनुसार दिउँसो २ बजेको समयमा घरमा कोही नभएको बेलामा अचानक आगलागी भएको जनाएको छ।
जुम्ला: दलितले आफ्नी बहिनीलाई प्रेमबिहे गरेको निहुँमा एक युवकले घर नै जलाइदिएका छन् । तातोपानी–४ गिडीखोलामा २१ वर्षीय मुकुन्द नेपालीको घरमा आगजनी गरेको आरोपमा आइतबार स्थानीय २१ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ । गत साता तातोपानी–४ गिडीखोला निवासी नेपाली थरका एक युवाले स्थानीय किशोरीसँग प्रेमबिहे गरेका थिए । स्थानीयका अनुसार ती दुवै जनाले २ वर्षको प्रेमपछि अन्तरजातीय ‘विवाह’ गरेका हुन्। यद्यपि आफन्तले किशोरी १६ वर्षको मात्र भएको बताएका छन् । बिहे अवैध भए कानुनअनुसार हुनुपर्नेमा घर नै जलाइदिएकोमा कारबाही गरिने प्रहरीको भनाइ छ । मुकुन्दका दाजु भरत नेपालीका अनुसार बिहान ४ बजेतिर भएको आगजनीमा घर र त्यसभित्र रहेका सामान नष्ट भएका छन् ।
चितवन: आइतबार साँझ ६ बजेदेखि खुलेको मुग्लिन-नारायणगढ सडकखण्ड पहिरोले फेरि बन्द भएको छ । आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको हो। पहिरो झरेकै स्थानमा एउटा मालबाहक ट्रक पनि पल्टिएको छ। ट्रक चालक सामान्य घाइते भएका छन्। उनको मुग्लिनमा उपचार भइरहेको छ। पहिरो पन्छाएर एकतर्फी सडक खुलाउने प्रयास भइरहेको छ। दुईतर्फी सडक खुलाउन ट्रक उठाउने क्रेनलाई बोलाइएको प्रहरीले जनाएको छ।
धनगढीः महाकाली सन्धिमा परिकल्पना गरिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई तिव्रता दिने सहमति भएको छ। नेपाल र भारत सरकारका सम्बन्धित अधिकारीहरुले तीन महिनाभित्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई छिट्टै अन्तिम रुप दिन यसअघि द्विपक्षीय छलफललाई तीव्रता दिने सहमति भइसकेको हो। पञ्चेश्वर विकास प्राधिकरणले अन्तिम डिपीआर दुवै सरकारलाई बुझाउनेछ। पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको लागि आवश्यक पर्ने वित्तिय व्यवस्था गर्न दुई देशका सरकारहरु र सम्बन्धित निकायहरुले गर्ने गरी समझदारी भएको छ। दुवै सरकारले डिपीआर स्वीकृत गरेपछि एक वर्षभित्र कार्यान्वयनको ढाँचा टुङ्गो लगाइने समझदारी समेत भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा यस्तो समझदारी भएको भारत सरकारको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।…
दार्चुलाः दार्चुलाको एक स्कुलमै बालकको मृत्यु भएको छ। जिल्लाको अपि हिमाल गाउँपालिकाको वडा नम्बर–६ धङकङ छिपुलाकेदार मावि कक्षा ५ मा अध्ययनरत विद्यार्थीको स्कुलको कम्पाउण्डबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आइतबार विद्यालयमा खेलिरहेका बेला मानसिह महताका छोरा अन्दाजी १२/१३ वर्षीय समिर महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए। स्कुलको कम्पाउण्ड नजिकै खेलिरहेका उनी लडेर झण्डै ५०/६० मिटर तल खसेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।