Author: महेन्द्रनगर पोष्ट

ललितपुर: भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५ मुर्रा जातको राँगाबारे देशभर चर्चा छ । तर भारतबाट नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालको भनाइ छ । नश्ल सुधारका लागि नेपाल ल्याउन लागिएको मुर्रा जातको राँगाको प्राविधिक टोली भारत गएर अध्ययन गरिसकेपछि मात्र ल्याइने छ । नेपाल ल्याएपछि राँगालाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालगञ्ज र लहान)मा व्यवस्थापन गरी वीर्य उत्पादन गरिनेछ । सूचना अधिकारी ढकालका अनुसार मुर्रा राँगाका लागि विशेष प्रकारको गोठ र उनीहरूको शारीरिक बनावटको आधारमा दानापानी व्यवस्थापनका लागि पशु विज्ञ खटिने छन् । ढकालले भने, “स्थानीयस्तरबाट आएको जानकारीअनुसार…

Read More

धनगढी: गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न माग गर्दै अनेरास्ववियु सुदूरपश्चिम प्रदेशले विज्ञप्ति निकालेको छ । विज्ञप्तिमा कैलालीको गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको निर्णयलाई बजेटमा समावेश गर्न माग गरिएको छ । ‘२०७९ माघ २९ गते नेपाल सरकार मन्त्रीपरिषदले गरेको निर्णय नयाँ वर्षको बजेटमा समावेश नभएकोप्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । ७१ विघा जग्गामा ५१ वटा सुविधा सम्पन्न भवनहरु निर्माण भइसकेको अवस्थामा नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश भई शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई कार्यान्वयन गर्ने प्रक्रियालाई अवरुद्ध हुने गरी आर्थिक वर्षको बजेट आएकोप्रति आपत्ति जनाउँदै हाम्रो संगठन…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । आज साँझ सवा ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो । यसअघि प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट फर्किएको भोलिपल्टै जेठ २१ गते साँझ पनि विप्लवले भेटवार्ता गरेका थिए ।माओवादी केन्द्र र नेकपाबीच पार्टी एकताका लागि आन्तरिक छलफल भइरहेको भनिएका बेला विप्लव लगालग बालुवाटार पुग्नुलाई माओवादी वृत्तले चासोका साथ हेरेको छ ।

Read More

धनगढीः धनगढीको एक विद्यालयमा १२ जना विद्यार्थी मात्रै भर्ना भएका पाइएको छ । धनगढी उपमहानगरपालिका-१८ नुकलीपुरस्थित नेपाल भुपूसैनिक आधारभूत विद्यालयमा यो वर्ष १२ जना विद्यार्थी मात्रै भर्ना भएका पाइएको हो । गाउँ पनि सानो भएकाले विद्यार्थी संख्या कम रहेको बताइएको छ । कक्षा ३ सम्मको उक्त विद्यालयमा गत शैक्षिकसत्रसम्म तीन जना शिक्षक र एक जना कार्यालय सहयोगी रहेकोमा यो वर्ष एक जना शिक्षकको अन्तै सरुवा भएको छ । विद्यालयका प्रधानाध्यापक देवकी पन्त र जमुना न्यौपाने राहत शिक्षकको रुपमा कार्यरत छन् । विद्यालय अन्यत्र समायोजन भए राम्रो हुने उनीहरु बताउँछन् ।

Read More

अछाम: अछाममा पाँच दिनअघि सामाजिक सुरक्षा भत्ता लिन बैङ्क गएकी एक महिला मृत फेला परेकी छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी अन्दाजी ६१ वर्षीया कौशीलादेवी रावल मृत फेला परेकी हुन् । मध्य पहाडी सडक खण्डबाट करिब पाँच सय मिटर तल भिरमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घरबाट छोरासँग पाँच दिनअघि सामाजिक सुरक्षा भत्ता लिन विनायकमा रहेको माछापुच्छ्रे्र बैङ्क गएकी उनी बेपत्ता भएकी थिइन् । पारिवारिक स्रोतका अनुसार उनको मानसिक सन्तुलनमा केही समस्या रहेको र कान कम सुन्ने गर्थिन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

दार्चुला: दार्चुलाको मार्मा गाउँपालिका-३ अन्तर्गतको चिउरानी बिटुले सकड खण्डमा ट्याक्टर दुर्घटना भएको छ । लटिनाथबाट राष्ट्रिय प्रशारण लाइनको लागि बिजुलीका पोल ढुवानी गरेर आइरहेको से २ त १६८ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा चालक मिलन धामीसहित ट्याक्टरमा सवार तीन जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी: गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय कार्यान्वयन गर्न माग गर्दै नेकपा एमाले कैलालीले धनगढीमा प्रदर्शन गरेको छ । शुक्रवार साँझ एमाले जिल्ला कमिटिको कार्यालयदेखि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसम्म र्‍यालीसहित प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा मेडिकल माफियाको प्रभावमा परेर मन्त्रीपरिषद्को निर्णय विपरीत सरकारले गेटामा विश्वविद्यालयको सट्टा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको भन्दै सरकारविरुद्ध नाराबाजी गरिएको छ । गेटामा मेडिकल विश्वविद्यालय कायम नगरिएको खण्डमा थप आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिइएको छ । २९ माघमा सरकारले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । तर १५ जेठमा ल्याइएको…

Read More

धनगढीः कैलालीमा प्रदेशस्तरीय चेस (बुद्धिचाल) प्रतियोगिता हुने भएको छ । जिल्लाको गोदावरी नगरपालिका–४ बुढीतोलमा सुदूरपश्चिम प्रदेशस्तरीय चेस (बुद्धिचाल) प्रतियोगिता हुने भएको हो । गोदावरी नगरपालिका र सुदूरपश्चिम प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा पुरुष, महिला र विद्यार्थीका छुट्टाछुट्टै टीम सहभागी हुने सुदूरपश्चिम प्रदेश बुद्धिचाल संघका अध्यक्ष भीम पाण्डेले बताए । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेलाई १० हजार, द्धितीयलाई ७ हजार ५ सय, तृतीयलाई ५ हजार, चौथो र पाँचौलाई २/२ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ । त्यस्तै, महिलातर्फ प्रथमलाई ४ हजार, द्धितीयलाई २ हजार ५ सय र विद्यार्थीतर्फ प्रथमलाई ३ हजार र द्वितीयलाई २ हजार पुरस्कार दिइनेछ ।

Read More

बैतडी: बैतडीको तल्लोस्वराड क्षेत्रको व्यापारिक केन्द्रका रूपमा चिनिँदै आएको मेलौली बजार क्षेत्र अव्यवस्थित फोहोरका कारण दुर्गन्धित बन्दै गएको छ । तल्लोस्वराड क्षेत्रको प्रवेशद्वारका रूपमा समेत चिनिने मेलौली बजार क्षेत्रमा जथाभावी फालिएको फोहरले दुर्गन्धित बनेको हो । जताततै फालिएको फोहरले मेलौली बजारसँगै वसपार्क क्षेत्र दुर्गन्धित बनेको स्थानीय व्यवसायी मोहनसिंह नेगीले बताए । नगरपालिका कार्यालय जोड्ने बाटोसमेत पर्ने बजार क्षेत्रमा जथाभावी फालिएको फोहरका कारण कुरुप बन्दै गएको छ । जताततै फोहर थुपार्दा सास्ती भोग्नुपरेको स्थानीय देवबहादुर चन्दले बताए । उनले भने, “जततातै फालिएको फोहरले एकदमै सास्ती भइरहेको छ । सहजरूपमा हिँडडुल गर्न समस्या छ । दुर्गन्धले एकातिर हिँडडुल गर्न समस्या छ भने…

Read More

डडेल्धुरा: डडेल्धुराको साविकको अजयमेरु गाविसका पूर्वअध्यक्ष हिक्मत सिंह ऐरको निधन भएको छ । उनको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको बताइएको छ । उनी केही दिनदेखि बिरामी भएर अस्पताल भर्ना भएका थिए ।

Read More