Author: महेन्द्रनगर पोष्ट

कैलालीः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सभाको सोमबारको बैठक बहिस्कार गरेको छ। एमालेले गेटामा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो धारणासहित मन्त्रीपरिषद् बैठकबाट निर्णय गर्नुपर्ने माग गर्दै बैठक बहिस्कार गरेको हो। प्रमुख प्रतिपक्षी दल एमालेले बैठक बहिस्कार गरेपछि प्रदेश सभाको बैठक एक घण्टाको लागि स्थगित भएको छ। एमालेले विश्वविद्यालय सञ्चालनको मागसहित विगत केही दिनदेखि भइरहेको आन्दोलनप्रति समेत सरकारको धारणा माग गरेको छ।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई नर्भिक अस्पताल लगिएको छ । सोमबार दाहाललाई फलो अप उपचारका लागि नर्भिक अस्पताल लगिएको हो । लामो समय मेडिसिटी अस्पताल र सुमेर अस्पतालमा उपचार भएकोमा पछिल्लो समय सीताको घरमै उपचार हुँदै आएको थियो । तर, आज सीतालाई फलो अप उपचारका लागि नर्भिकमा लगिएको छ ।

Read More

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले सशस्त्र विद्रोहमा सामेल नभएका व्यक्तिहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मुद्दा हालेको आरोप लगाएका छन् । सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव पौडेलले सशस्त्र विद्रोहमा सामेल नभएका र त्यसप्रति अपनत्व नभएकाहरूले प्रधानमन्त्री दाहालकाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेको बताएका हुन् । उनले भने, ‘शान्ति प्रक्रियासित सम्बन्धित विषयमा देश निकै गम्भीर भएर हामी लामो कालखण्ड पार गरेर आएका छौँ । शान्ति प्रक्रियाका बाँकी कार्यभारहरू पूरा गर्नु हामी सबैको कर्तव्य र दायित्व हो । तर, दुर्भाग्य एक थरी तत्त्वहरू यो वा त्यो बहानामा निरन्तर विभिन्न पक्षहरूलाई प्रयोग गर्ने, उचाल्ने र…

Read More

काठमाडौं : विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरू विशेष गरी मध्य तथा पश्चिमी भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको देखिन्छ । काठमाडौं उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा पनि तापक्रममा वृद्धि भएको देखिन्छ । देशका मध्य तथा पश्चिम तराईका भू–भागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्मका लागि देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका धेरैजसो भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना अझै रहने जनाएको छ । साथै बागमती प्रदेशको तराईका भू–भाग र मधेस प्रदेशको पश्चिमी भू–भागमा थोरै तापक्रम घटे पनि अत्यधिक गर्मीको सम्भावना यथावत् रहने देखिएको…

Read More

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेललाई नेपालका लागि पाकिस्तान अबरार हुसैन हाश्मी र दक्षिण कोरियाका राजदूत पार्क तइयोङले सोमबार ओहदाको प्रमाणपत्र बुझाएका छन् । नेपालमा नयाँ राजदूतको रूपमा आएका उनीहरूले राष्ट्रपतिको कार्यालय शीतल निवासमा पुगेर ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।

Read More

काठमाडौं : काठमाडौं गोँगबुस्थित एक होटलमा युवायुवती मृत अवस्थामा भेटिएका छन् । टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलमा आज बिहान युवायुवती मृतावस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलको कोठाभित्रको बाथरुममा केटा र कोठाभित्र केटी झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए । मृत्यु हुनेमा गोरखा सहिद लखन गाउँपालिका–१ घर भएका दिनेश सार्की र तनहुँ व्यास नगरपालिका–१० दमौली घर भएकी मुस्कान वयक रहेको प्रवक्ता रिजालले बताए । बिहान होटलका कामदारले खाना खानका लागि बोलाउन जाँदा नबोलेपछि प्रहरीलाई खबर गरेर ढोका फुटाउँदा महिला कोठाभित्र र पुरुष बाथरुमभित्र चुकुल लगाएर झुन्डिएको…

Read More

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मङ्गलवार सिंगापुर जाने भएका छन् । उनी स्वास्थ्य उपचारका लागि सिंगापुर जान लागेको उनी निकटका एक नेताले जानकारी दिए । ती नेताका अनुसार देउवा आँखाको उपचारका लागि सिंगापुर जान लागेका हुन् ।

Read More

काठमाडौँ: शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सरकारले माध्यमिक शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउने प्रक्रिया अघि बढाएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री राईले त्रिभुवन विश्वविद्यालयभित्र हुने दलीय राजनीतिक गतिविधिले सुरक्षित वातावरणमा पढ्न पाउने अधिकारबाट विद्यार्थी वञ्चित हुनुपरेकाले विश्वविद्यालय छाता ऐन ल्याउने प्रक्रिया अघि बढे्को बताए । उनले सरकारको नीति तथा कार्यक्रममा समावेश भए अनुसार शिक्षामा आवश्यक बजेट विनियोजन नभएको गुनासो गर्दै नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको उचित व्यवस्थापन गर्ने उल्लेख भए पनि बजेटले सम्बोधन गर्न नसक्नु दुःखद् भएको बताए । बैठकमा समितिका सांसदहरुले विद्यालय कर्मचारीको आन्दोलनको सम्बोधन हुनुपर्ने, विश्वविद्यालयमा…

Read More

दार्चुलाः दार्चुलामा यार्सागुम्बा सङ्कलन गरी परिवारका सदस्यसहित घर फर्किरहेकी एक बालिकाको मृत्यु भएको छ । व्याँस गाउँपालिकाको हुमदुम्तीमा हिउँमा चिप्लिएर घाइते भएकी १४ वर्षीया आरती कार्कीको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । दार्चुला जिल्ला अस्पतालमा भर्ना गरिएकी उनलाई थप उपचारका लागि भारतको हल्द्धानी रेफर गरिएको थियो । त्यहाँ लैजादै गर्दा बालिकाको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Read More

काठमाडौँ: नेपालको भौगोलिक अवस्था (हिमाल, पहाड र तराई) अनुसार आ–आफ्नै विशेषतायुक्त हावापानी छ । फरक हावापानीका कारण विपद्जन्य घटनाको प्रकृति पनि फरक–फरक देखिँदै आएको छ । पहाडी भेगमा पहिरो, तराईमा बाढी र हिमाली क्षेत्रमा हिमपहिरोका घटना भइरहेका छन् । मनसुनको समयमा अन्य बेलाभन्दा बढी बाढीपहिरोले जनजीवन प्रभावित बनाउने गर्दछ । पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण एकै ठाउँमा धेरै पानी पर्ने र ठूलो भेल पहिरोसहित बाढी आउने गरेको छ । दुई वर्षअघि सिन्धुपाल्चोकको मेलम्चीकामा आएको बाढीपहिरोले यसलाई पुष्टी गर्दछ । नेपालका कतिपय जिल्ला बढीबाट बढी प्रभावित छन् भने कतिपय जिल्ला पहिरोबाट बढी प्रभावित छन् । यस्तै केही जिल्ला बढी र…

Read More