Author: महेन्द्रनगर पोष्ट

कैलाली: कैलालीको गोदावरी नगरपालिका- ४ बुढीतोलामा कार र ट्रक एक आपसमा ठोक्किएका छन्। आज सोमबार बिहान नेपाली नम्बर प्लेट ना६ख ६३९३ नम्बरको ट्रक र भारतीय युके १८जे ९४५६ नम्बर प्लेटको कार एक आपसमा ठोक्किएका हुन्। दुर्घटनामा कार चालक र कारमा सवार एकजना गरि भारतीय नागरिक घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनीहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि अवरोध भएका भीमदत्त राजमार्ग खुलाइएको प्रहरीले जनाएको छ।

Read More

धनगढीः कैलालीस्थित धनगढीको मनेहरा र जुगेडाका ३ जना युवा लागुऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१२ जुगेडा गाँउका ३५ वर्षीय शेर बहादुर भण्डारी र २७ वर्षीय राकेश भट्टलाई लागुऔषधसहित आइतबार पक्राउ गरिएको हो। भण्डारीले संचालन गरेको दुर्गेश्चरी मासु पसलमा शंका लागि चेकजाँच गर्दा १ ग्राम लागुऔषध फेला परेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ। यसैगरि आइतबार साँझ धनगढी उपमहानगरपालिका–७ मनेहरा का २५ वर्षीय गोबिन्द राना लागुऔषधसहित पक्राउ परेका छन्। उनलाई शंका लागि चेकजाँच गर्दा १ ग्राम ७ मिलिग्राम लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीको  टोलीले नियन्त्रणमा लिएको हो।…

Read More

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ नौखरी खत्री टोलका १० परिवार डेढ दशकदेखि खोलाको दूषित पानी पिउँदै आएका छन्। बस्तीमा नल्का गाड्न नसक्दा खत्रीटोलका वासिन्दा गौंडी खोलाको बर्सातको धमिलो पानी पिउन बाध्य भएका हुन्। खोला छेउ सानो खाल्डो खनेर टोलका वासिन्दाले खानेपानीको जोहो गर्दै आएका छन्। वर्षौं पहिले दातृ निकायले टोलमा गाडेको नल्काबाट पानी आउन छाडेपछि खोलाको पानी पिउँदै आएको स्थानीय भक्तबहादुर खत्रीले बताए। ‘टोलमा बसोबास गर्ने सबै परिवारको आर्थिक अवस्था नाजुक छ,’ उनले भने, ‘मजदुरी गरेर चुलोमा आगो बल्ने गरेको छ, नल्का गाडने पैसा जुटाउन नसक्दा खोलाको पानी पिउनुपरेको छ, १५० फिटभन्दा तलसम्म नल्का गाड्नुपर्छ। त्यसका लागि १ लाखभन्दा बढी खर्च हुन्छ,…

Read More

काठमाडौँ: लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि बियर बोतल प्रहार भएको छ। कार्यक्रमको लागि रोमानियामा रहेका गायक सपुतलाई बोतल प्रहार भएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल छ। उक्त बोलत बियरको भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै उक्त भिडियोमा उल्लेख छ। रोमनियामा जुन २५ गते अर्थात् हिजो आइतबार उक्त कार्यक्रम भएको थियो। यस घटनाबारे आधिकारिक जानकारी आउन बाँकी छ।

Read More

धनगढीः निरन्तर भइरहेको वर्षाका कारण आज नदीहरुमा आकस्मिक बहावको जोखिम रहेको छ। सोमवार बिहानको मापन अनुसार महाकाली, कोशी, कन्काई, नारायणी, कर्णाली, बबई, पश्चिम राप्ती, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तलै र सामान्य अवस्थामा रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेल्धुरा, रुपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, सल्यान, कालिकोट, अछाम, बैतडी, दार्चुला, डोटी, बझाङ, बाजुरा, दोलखा, सिन्धुपाल्चोक र आसपास भई बहने केही स–साना नदीहरूमा आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान छ। उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह सम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले महाकालीको तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

Read More

धनगढी: नक्कली डाक्टर बनेर ठगी गर्ने कञ्चनपुर परासन– ७ का २७ वर्षीय मातृकाप्रसाद जैसीले आफ्ना पूर्व प्रेमिकाहरुको हत्या गरेको समेत खुलेको छ। यसअघि उनले बिहे गर्छु भन्दै २ युवतीको पैसा खाएको खुलासा भएको थियो। आफूलाई डाक्टर हुँ भन्दै युवतीसँग ७८ लाख बढी ठगी गर्ने उनी अहिले प्रहरीको खोरमा पुगेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–७ घर भई हाल भक्तपुर कौशलटार बस्ने बस्दै आएका जैसीले नक्कली डाक्टर बनेर युवतीसँग बिहे गर्ने बहानमा ७८ लाख ठगी गरेको प्रहरीले जनाएको छ। जैसीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो। जैसीले आफू १२औं तहको डाक्टर हुँ भने पनि उनी डाक्टर नभएको खुलेको थियो। एक युवतीलाई बिहे गर्ने भनेर…

Read More

डडेल्धुरा: केआइसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवा खोलामा मिनी ट्रक खसेको छ। सोमबार बिहान धनगढीदेखि बाजुरा जाँदै गरेको सुपप्र ०१००१ प १८८६ नम्बरको मिनी ट्रक डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ रडुवामा दुर्घटना भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। उक्त खाद्यान्न बोकेको ट्रक डोटीको जोरायल गाउँपालिका-२ बस्ने २३ वर्षका प्रकाश मल्लले चलाइरहेका थिए। दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ। ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेको बताइएको छ।

Read More

धनगढी: कैलालीका १३ वटा स्थानीय तहहरुमध्ये १२ वटा पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। संवैधानिक व्यवस्थाअनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुपर्ने बाध्यताअनुसार कैलालीका १२ वटा स्थानीय तहहरुले आइतबार नगर तथा गाउँ सभा आयोजना गरि नीति, कार्यक्रम तथा बजेट पेस गरेका हुन्। सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले आगामी आर्थिक वर्ष २०७९/८० लागि अनुमानित एक अर्ब ९३ करोड बढी बजेट प्रस्तुत गरेको छ। धनगढी उपमहानगरपालिकाको कूल बजेटः एक अर्ब ९३ करोड आठ लाख २४ हजार दुई सय १८ रहेको छ। चालू तर्फः एक अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ रहेको छ भने…

Read More

काठमाडौँ: पूर्वप्रधानमन्त्री केपी ‌ओलीसँग निकट रहेका प्रेम राई प्रमुख आयुक्त रहेका बेला अख्तियार दुरुपयोग आयोगले ओलीकै पालामा भएको ठूलो सम्पत्ति हिनामिनाको उजुरीमाथि छानबिन अघि बढाएको छ। राष्ट्र बैँकबाट ८० करोड रुपैयाँमा किनिएको १०३ किलो ७७३ ग्राम सुनमा करिब १० किलो हिनामिना भएको तथ्य महालेखा परीक्षकको कार्यालयले औँल्याएपछि आइतबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको मन्दिरमा रहेको सुनको नापजाँच गरिरहेको छ। नापजाँचका लागि जलहरी निकालेपछि त्यसमा १३ जनाको नाम कुँदेको पाइएको स्रोतले जानकारी दिएको छ। केपी ओली प्रधानमन्त्री रहेको बेला राखिएको जलहरीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन प्रधानमन्त्री ओलीसहित उनीहरु निकटका १३ जनाको नाम कुँदिएको पाइएको छ। राष्ट्रबैँकबाट किनिएको १०३ किलो…

Read More

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकाले ४५ करोड ३९ लाख ६ हजार बजेट ल्याएको छ। आइतबार गाउँपालिका उपाध्यक्ष बसन्ती पालले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि उक्त बजेट गाउँसभाको १३औँ अधिवेशमा प्रस्तुत गरेकी हुन्। जसमध्ये चालुतर्फ ९ करोड ५७ लाख ६० हजार, पूँजीगततर्फ १४ करोड १४ लाख ५३ हजार र शसर्ततर्फ २३ करोड ८६ लाख बजेट विनियोजन गरिएको छ। गाउँपालिकाको नीति तथा कार्यक्रम केहीदिनअघि अध्यक्ष उमेशप्रसाद भट्टले प्रस्तुत गरेका थिए। गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए। अधिवेशले बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको उनले बताए। अजयमेरुले चालु आर्थिक वर्षभन्दा बजेट घटाएर ल्याएको हो।…

Read More