Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेकपा एमालेले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय विपरीत प्रतिष्ठानका रुपमा अघि बढाउने सरकारको घोषणाबारे सुदूरपश्चिम प्रदेश सरकारको धारणा मागेको छ । आइतबार बसेको प्रदेशसभाको बैठकमा एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठकले प्रदेश सरकारको धारणा मागेका हुन् । उनले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै आन्दोलन भइरहेका बेला प्रदेश सरकारको कुनै धारणा नआएको बताए । उनले प्रदेशवासीको आन्दोलनमा नेकपा एमालेको समर्थन रहेको समेत बताए । ‘गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै भइरहेका आन्दोलनमा नेकपा एमालेको ऐक्यबद्धता छ तर यसबारे प्रदेश सरकारको धारणा के हो ?’ पाठकले भने, ‘हामीले यसअघिको बैठकमा पनि…

Read More

काठमाडौँ: रुपन्देहीको तिलोत्तमामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा जिप चालक अर्घाखाँचीको छत्रदेव गाउँपालिका–६ का ३२ वर्षीय विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा२०च १४३८ नम्बरको स्कार्पियो जिप सिद्धार्थ राजमार्गअन्तर्गत तिलोत्तमा–३ शान्तिकुन्जमा अनियिन्त्रत भई बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा जिपमा सवार अन्य पाँच जना घाइते भएका छन् । १७ वर्षीय सुशान श्रेष्ठ, १८ वर्षका विप्लव श्रेष्ठ, ४५ वर्षका सुरेन्द्र श्रेष्ठ, ३१ वर्षका विज्ञान श्रेष्ठ र ३५ वर्षका विशाल श्रेष्ठ घाइते भएका प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

कैलाली: गणतन्त्र दिवसमा आममाफी पाएपछि रिहा भएका रेशमलाल चौधरीले धरान जाने घोषणा गरेका छन्। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीले श्रमदान गर्न धरान जाने बताएका हुन्। उनले सामाजिक सञ्जालमार्फत धरानका मेयर हर्क साम्पाङलाई सघाउन जाने प्रतिबद्धता जनाएका छन्।

Read More

धनगढी: राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेश सभा सदस्य खेमादेवी विष्टले प्रदेशसभा बैठक बहिष्कार गरेकी छिन्। कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग राख्दै प्रदेशबासी आन्दोलित भएकाले प्रदेश सभा बैठक बहिष्कार गरेकी हुन्. सभामा बोल्दै विष्टले भनिन्, ‘अहिले मेडिकल कलेज सञ्चालनका लागि प्रदेशबासी आन्दोलित छन्। आज बन्दको घोषणा पनि गरिएको छ। यस्तो समयमा प्रदेश सभा बैठक सञ्चालन हुनु उचित होइन तसर्थ बैठक स्थगित गरिनुपर्छ। साथै आजको बैठक म बहिष्कार गरेको छु।’

Read More

धनगढी: एमालेका नेता भीम रावलले कैलालीस्थित गेटामा निर्माणाधीन सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको बारेमा मुख खोलेका छन्। उनले आइतबार सामाजिक संजालमार्फत सरकारले सुदूरपश्चिमका जनतालाई आन्दोलन गर्न बाध्य बनाएको बताएका छन्। उनले लेखेका छन्, ‘कैलालीको गेटामा शिक्षण अस्पताल सहितको विश्वविद्यालय बनाउने भनी धेरै ठूलो लगानी गर्दै भवन लगायतका पूर्वाधार बनिसकेपछि सरकारले अन्यथा गरी त्यहाँका जनतालाई आन्दोलन गर्न किन बाध्य पारेको? जनताको माग सुदूरपश्चिम कै आवश्यकता हो।तुरून्त पूरा गरियोस्।’ गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतवार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको छ। उक्त मागका लागि कैलालीमा १० दिनदेखि आन्दोलन भइरहेको छ। संघीय मन्त्रिपरिषदले २०७९ माघ २९ गते र…

Read More

धनगढी: भारतमा काम्का लागि गएका अछामका एक जनाको हत्या भएको छ। चौरपाटी गाउँपालिका-१ का झुसे साउँदको पञ्जाबको लुधियानामा हत्या भएको हो। भारतको पञ्जाबमा बसेर मजदुरी गर्दै आएका साउँदको त्यहीँ हत्या भएको परिवारले जनाएको छ। केही दिनदेखि बेपत्ता भएका साउँदको ४/५ दिनपछि हत्या गरिएको अवस्थामा शव भेटिएको बताइएको छ। हत्याको कारण भने खुलेको छैन। अहिले त्यहाँको प्रहरीले हत्यामा संलग्न भएको आरोपमा सोही गाउँपालिकाकै वडा नम्बर ३ का एक जनालाई नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

धनगढी: कैलालीको धनगढीमा गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै बन्द गराउँदै हिँडेका ५ जना समातिएका छन्। अर्थमन्त्री नरेशबहादुर शाहीको गाडीमा मोबाइल हानेको भन्दै ५ जना बन्दकर्तालाई प्रदेशसभा भवन बाहिरबाट प्रकाउ गरिएको प्रहरीले जनाएको छ। गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतवार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको छ।

Read More

धनगढीः कैलालीका बेग्लाबेग्लै स्थानबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन्। शनिबार कैलारी गाउँपालिका–७ बसन्तामा रामपुरबाट ५४ वर्षीय सुकानु चौधरीलाई से ७ प २५०४ नम्बरको कुटी चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो। चौधरीको साथबाट ३८ ग्राम ४८० मिलिग्राम लागुऔषध खैरोहिरोइन फेलापारी लागुऔषध ब्युरो नेपालगंज र इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिवार पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट कञ्चनपुर पुनर्वास नगरपालिका–११ का ४२ वर्षीय बिक्रम सुवाल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले १६० मिलिग्राम ब्राउन सुगरसहित सुवाललाई पक्राउ गरेको हो। यस्तै टिकापुर नगरपालिका–४ अस्नेरीमा २३ वर्षीय गणेश कार्कीसहित २ जनाबाट ६० मिलिग्राम लागुऔषध खैरो…

Read More

धनगढीः कैलालीस्थित गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आज (आइतवार) सुदूरपश्चिम ठप्प हुने भनिएको छ। गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतबार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको हो। स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले आइतवार सुदूरपश्चिम पूर्ण रुपमा ठप्प हुने बताएका थिए। सोही आव्हानपछि आज सुदूरपश्चिमम सबै जिल्ला जोड्ने अत्तरिया सुनसान बनेको छ। तर, सुरक्षाकर्मीको उपस्थिति भने बाक्लो छ।

Read More

कञ्चनपुर: भारतको उत्तराखण्ड अन्तर्गत वनबासा नजिकैको चकरपुरमा दुर्घटनामा परि एकै परिवारका ४ जनाको ज्यान गएको छ। कञ्चनपुरको उल्टाखाम घर भएका चन्द परिवारका ४ जना उक्त दुर्घटनामा बितेका हुन्। शनिबार भएको उक्त दुर्घटनामा नेपाल घर भइ खटिमाको गोयल कलिनी, मुडेली बस्दै आएका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २३ वर्षीया बुहारी नर्मदा चन्द र भाईकी पत्नी कल्पना चन्दको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरू चारैजना बनबासा हुँदै २ वटा स्कुटरमा खटिमातर्फ गइरहेका थिए। उनीहरुलाई विपरीत दिशाबाट आइरहेको कारले ठक्कर दिएको थियो।

Read More