Author: महेन्द्रनगर पोष्ट

धनगढी: हिजो रातिदेखि धनगढी उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको धार्मिकस्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरू भयो। त्यो मेलामा रातिबाटै भक्तजनहरु मन्दिर तथा भगवान दर्शनका लागि आएका थिए। तर, मेलामा दर्शन गर्न गएका भक्तजनहरु त्यहाँ लुटिएका छन्। उनीहरु पार्किङको नाममा लुटिएका हुन्। बेहडाबाबामा मेला व्यवस्थापन समितिले पार्किङको नाममा लुट मच्चाएको बताइएको हो। समितिले मोटरसाइकल, स्कुटर पार्किङ गरेको एक सय, अटोरिक्सा पार्किङको दुई सय, ट्याक्टरको तीन सय, जिप र कारको दुई सय पचास र बस पार्किङ गरेको ४५० असुली गरिरहेका छन्। भक्तजनहरु लुटिन थालेपछि यसको चौतर्फी विरोध भएको छ। यता मन्दिर व्यवस्थान समितिले भने पार्किङ शुल्क घटाएर लिने बताएको छ। यहाँ धनगढी,…

Read More

धनगढी: धनगढीको बेहडाबाबास्थित तालमा डुबेर मृत्यु भएका युवकको पहिचान खुलेको छ। उनी डडेल्धुराको परशुराम नगरपालिका जोगबुडा घर भएका २५ वर्षीय लोकेश भाट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए। उनी कञ्चनपुरको महेन्द्रनगरमा बस्दै आएका थिए। आज बिहान ५ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर–१६ रामपुर स्थित बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेवा तालमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको थियो। उनीसँगै गएका ३ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको डीएसपी चन्दले जानकारी दिए।

Read More

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वाधार विकास साझेदार कार्यक्रम पुनः सुरू गरिएपछि सांसदहरू वडाध्यक्षको तहमा आएको टिप्पणी गरेका छन्। अर्थमन्त्री प्रकाशशरण महतले सोमबार बजेट वक्तव्यका क्रममा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ५ करोड विनियोजन गरेको बताएका थिए। ‘सांसद विकास कोष पाउनु भएपछि बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो। वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीयज्यूहरू?’ सांसद विकास कोषको लागि ८ अर्ब २५ करोड रूपैयाँ विनियोजन गरिएको महतले बताएका थिए।

Read More

काठमाडौं: भारतमा आइतवार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’ को नक्सा भित्तामा अङ्कित गरिएको छ। नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको छ। नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतले नयाँ बनाएको संसद् भवनको ‘अखण्ड भारत’ भित्तेचित्रले कुटनीतिक विवाद सिर्जना गरेको बताएका छन्। नेपालका भूभाग कपिलवस्तु, लुम्बिनीलाई समेत भित्तेचित्रमा भारतले आफ्नै भू–भाग जसरी दर्शाउँदा दुई देशबीचको द्विपक्षीय सम्बन्धमा दरार ल्याउने उनको भनाइ छ । भट्टराईले ट्विटमा लेखेका छन् ‘यसले भारतका निकटतम् छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई बिगार्छ । विश्वासको सङ्कटलाई अझ बढाउने सम्भावना देखिन्छ । यो भित्तेचित्रको अभिप्राय र सन्देशलाई भारतले बेलैमा प्रस्ट पार्नुपर्ने…

Read More

काठमाडौँ: क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ । यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले पीडितको उमेरको विवादमा पेस गरेको जन्म मिति सम्बन्धी प्रमाण पुनः झिकाउन आदेश ‌भएको थियो । पीडितको उमेरसम्बन्धी विषयको टुङ्गो नलाग्दा यो मुद्दामा पटक पटक अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि  सुनुवाइ स्थगित हुँदै आएको थियो ।  लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । गत वर्ष भदौ ५ गते पटक–पटक बलात्कार गरेको आरोपमा भदौ २१ गते जाहेरी दर्ता भएको थियो ।

Read More

काठमाडौं: नेकपा माओवादी केन्द्रका सांसद जगतबहादुर पार्की नयाँ दिल्ली प्रस्थान गरेका छन् । पार्की हिजो राति पौने १० बजे काठमाडौंबाट त्यसतर्फ गएका हुन् ।  उनी उपचारको निम्ति एअर इण्डियाको उडान नम्बर एआई २१२ मा राति भारत गएको बताइएको छ ।

Read More

डोटी:  असल अभ्यासको आदान–प्रदान गर्दै अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठक सम्पन्न भएको छ।  सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान केन्द्र डोटीको पुन्नामा हालै सम्पन्न सो बैठकमा डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र बझाङका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखका सहभागिता रहेको थियो।  बैठकमा जिल्लाले गरेका असल अभ्यासको आदान–प्रदान गर्नुका साथै सबै जिल्लाका साझा समस्या र सवालका बारेमा ब्यापक छलफल भएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन्।  जिल्ला प्रशासन कार्यालय डोटीद्वारा आयोजित सो बैठकमा राजमार्ग सञ्चालन, अन्तर जिल्लास्तरीय शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, अवैध हातहतियार तथा लागुऔषध नियन्त्रण, वन पैदावार तथा…

Read More

धनगढी: कैलालीको धनगढी उप महानगरपालिका १६  स्थित महादेव तालमा एक व्यक्तिको शव फेला परेको छ। बेहडाबाबा मन्दिर नजिकै रहेको उक्त तालमा डुबेको अवस्थामा मानिसको शव फेला परेको हो। शवको पहिचान नभएको प्रहरीले बताएको छ। घटनास्थलबाट तीन जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। गङ्गा दशहरा पूजाको लागि तालमा नुहाउन मानिसहरूको भीड लागेको छ। सोही क्रममा महादेव तालमा शव फेला परेको हो।

Read More

बैतडी: बैतडी-दार्चुला सिमानामा पर्ने चमेलिया गोकुलेश्वरमा दुई दिने नेपाल–भारत चर्मण्यावती साहित्य सम्मेलन सुरु भएको छ। भारत र नेपालका ६० भन्दा बढी साहित्यकार सहभागी रहेको उक्त सम्मेलनको सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री संस्कृतिविद् राजेन्द्र रावलले उद्घाटन गरेका हुन्। राष्ट्रियता संरक्षण अभियानको आयोजनामा उक्त सम्मेलन सुरु भएको हो। दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा सुदूरपश्चिमको भाषा, संस्कृति, साहित्य र इतिहासका विषयमा ४ वटा कार्यपत्र प्रस्तुत हुने आयोजक संस्थाका प्रमुख अभियन्ता हेमवावु लेखकले जानकारी दिए। मंगलबार दुवै देशका साहित्यकारहरुको भेलाले सांस्कृतिक, भाषिक र साहित्यक विकासका लागि संयुक्त रुपमा गर्न सकिने प्रयासलाई लिएर घोषणापत्र समेत जारी हुने आयोजकले जानकारी दिएका छन् ।

Read More

काठमाडौं: सरकारले ल्याएको नयाँ बजेटमा कर्मचारीको तलबमान विगतकै कायम गरिएको छ । कर्मचरीले पाउने रकम भने कटौती हुने भएको छ । कर्मचारीले पाउने पोसाक भत्ता, महँगी भत्ता र फिल्ड भत्ता तथा वैदेशिक भत्ता भने कायम राखिएको छ । बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशरण महतले भने, “स्रोतमा परेको चापलाई मध्यनजर गरी आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्तासहित भत्ता खारेज गरेको छु ।” सरकारले आगामी आर्थिक वर्षमा कर्मचारीका लागि नयाँ दरबन्दी स्वीकृत नगर्ने नीति पनि बजेटमार्फत सार्वजनिक गरेको छ । “सबै सरकारी सेवा, नियामक निकाय र सार्वजनिक संस्थानमा आगामी आर्थिक वर्ष नयाँ संरचना र दरबन्दी सिर्जना गरिने छैन,” अर्थमन्त्रीले भनेका…

Read More