बैतडी: बैतडी-दार्चुला सिमानामा पर्ने चमेलिया गोकुलेश्वरमा दुई दिने नेपाल–भारत चर्मण्यावती साहित्य सम्मेलन सुरु भएको छ।
भारत र नेपालका ६० भन्दा बढी साहित्यकार सहभागी रहेको उक्त सम्मेलनको सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री संस्कृतिविद् राजेन्द्र रावलले उद्घाटन गरेका हुन्। राष्ट्रियता संरक्षण अभियानको आयोजनामा उक्त सम्मेलन सुरु भएको हो।
दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा सुदूरपश्चिमको भाषा, संस्कृति, साहित्य र इतिहासका विषयमा ४ वटा कार्यपत्र प्रस्तुत हुने आयोजक संस्थाका प्रमुख अभियन्ता हेमवावु लेखकले जानकारी दिए।
मंगलबार दुवै देशका साहित्यकारहरुको भेलाले सांस्कृतिक, भाषिक र साहित्यक विकासका लागि संयुक्त रुपमा गर्न सकिने प्रयासलाई लिएर घोषणापत्र समेत जारी हुने आयोजकले जानकारी दिएका छन् ।
Facebook Comments Box