Author: महेन्द्रनगर पोष्ट

महेन्द्रनगर: कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले यहाँ ‘बुस्टर डोज’को पहिलो र दोस्रो मात्रा लगाइएको जानकारी दिए । “नौवटै पालिकाका स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको बुस्टर डोज लगाइयो”, उनले भने, “अहिलेसम्म चौथो खोप लगाइके फेरि पनि खोप आवश्यक भएकाले केन्द्रमा माग गरेका छौँ ।” उनले खोप उपलब्ध भए आगामी जेठ दोस्रो सातापछि पुनः खोप अभियान सञ्चालन गर्ने योजना रहेको बताए । यहाँ बुस्टरको पहिलो मात्रा सो अभियानका क्रममा १३ हजार सात सय ५८ जनाले मात्रै लगाएको स्वास्थ्य कार्यालयको…

Read More

काठमाडौँ: आजदेखि मोबाइल आयात र प्रयोगलाई व्यवस्थित गर्न स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागु हुने भएको छ। अब नेपाल भित्रिने मोबाइल (सम्बन्धित मोबाइलको आइएमइआई) लाई यो प्रणालीमा अनिवार्य दर्ता गर्नुपर्ने छ । प्रणालीमा दर्ता नभएका मोबाइलको नेटवर्क लक’ गरिने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । लक भएका त्यस्ता मोबाइलमा नेपालका दूरसञ्चार कम्पनीको सेवा उपलब्ध नहुने प्राधिकरणले स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार प्रणालीमा मोबाइलको आइएमइआई दर्ता गर्न कुनै शुल्क लाग्दैन । त्यस्तै आइतबार (वैशाख ३१) सम्प प्रयोगमा रहेका मोबाइल भने प्रणालीमा स्वतः दर्ता हुने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । लामो समयको उतारचढावपछि एमडिएमएस कार्यान्वयनमा आउन लागेको हो ।…

Read More

काठमाडौँ: पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ अनुमति जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शुक्रवार प्रतिकविरुद्ध पक्राउ अनुमति जारी गरेको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले बताए । भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको प्रकरणमा प्रतिकको संलग्नता देखिएको छ । नेकपा (एमाले) का उपाध्यक्ष ‘बादल’ गृहमन्त्री हुँदा गिरोहले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दा सुरु गरेका थिए । सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित १२ जना थुनामा छन् ।

Read More

काठमाडौँ: हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै मंगलबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र  बागमती प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

Read More

धनगढी: प्रदेश सभा सदस्री तथा नेकपा माओवादी केन्द्रका नेता ओमविक्रम भाट सरलले अब सुदूरपश्चिममा खल्तिमा ल्याइएका चिटका आधारमा याेजना दिने सिस्टम बन्द हुने बताएका छन्। उनले आज कृष्णपुर नगरपालिका वडा नम्वर ७ मट्टैयाकटानमा बनेकाे ग्वाँसी बहुउद्देश्यीय विकास समाज नेपालकाे भवन उद्घाटन कार्यक्रममा साे कुरा बताएका हुन्। प्रदेशमा पहुँच र कमिसनका आधार मन्त्रालयमा आएर याेजना मागेर लैजाने प्रवृत्ति बन्द गर्ने बताउँदै उनले जनताका आवश्यकताका अधारमा याेजना वितरण गरिने बताए। यस्तै आफू कृष्णपुरकाे विकासका लागि पालिका, प्रदेश र केन्द्र सरकार मिलेर काम गर्ने पनि उनले बताए। सडक, स्वास्थ्य, शिक्षा र खानेपानीकाे पुर्वाधार निर्माणका लागि आफू प्रयासरत रहेको उनको भनाई छ।

Read More

धनगढी : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी काठमाडौंको बूढानीलकण्ठ नजिकैबाट पक्राउ परेका छन् । उनलाई बूढानीलकण्ठ र हात्तिगौंडाबीचको पासिकोटबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ पुर्जी जारी गरेको ११ दिनपछि उनी आज राजधानीमा फेला परेका हुन् । ललितपुरको सात दोबाटो छाडेर उनी पासिकोटमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । वैशाख २० गते साँझ भैरहवाबाट उडानमा काठमाडौं आउन लागेका उनी एकाएक फरार भएका थिए । रायमाझी मुछिएको यो प्रकरणलाई एमालेले ‘राज्यविरुद्को अपराध’ ठहर गर्दै उनलाई निलम्बन गरेको हो । काण्डमा पूर्वगृहमन्त्री खाँण, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वगृह…

Read More

धनगढी: धनगढीमा घरबाहिर पार्किङ गरेर राखिएको मोटरसाइकल चोरी भएको छ। हिजो (शनिवार) धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ स्थित उत्तरबेहडी ओमशान्ती टोलबाट ३५ वर्षीय रोहितजङ्ग कडालको मोटरसाइकल चोरी भएको हो। हिजो ५ बजेर ६ मिनेटमा घरमै ह्याण्डिल लक गरेर पार्किङमा राखेको आफ्नो मोटरसाइकल चोरी भएको कडालले बताए। उनले मोटरसाइकल चोरी भएको विषयमा प्रहरीलाई जानकारी गराएका छन्। प्रहरीले खोजविन गरिरहेको जनाएको छ।

Read More

धनगढीः प्रहरीले कञ्चनपुरको बेलौरीबाट भारतबाट भित्र्याइएका प्रतिबन्धित बोइलर कुखुरासहित दुई जनालाई पक्राउ गरेको छ। शनिबार बेलौरी नगरपालिका–६ भुराकोटबाट दुई वटा मोटरसाइकलमा लोड गरी भारतबाट नेपाल ल्याइरहेको करिब २ क्विन्टल २० किलो बोइलर कुखुरासहित दुई जनालाई पक्राउ गरेको हो। से ५ प ८००१ नम्बरको होण्डा साइन र से ३ प ६३२५ नम्बरको बजाज मोटरसाइकलमा नेपाल भित्र्याइएको बोइलर कुखुरासहित बेलौरी नगरपालिका–७ बरैया बस्ने ४० वर्षीय किसन राना र वडा नं।–४ रिछाह बस्ने ४३ वर्षीय जवाहर रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएका ५० हजार मुल्य भन्दा बढीका कुखुरालाई पशु क्वारेन्टाइन बेलौरी, जनप्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय र पत्रकारको रोहबरमा नष्ट…

Read More

काठमाडौं: चक्रवाती आँधी ‘मोका’ तीव्र गतिमा शक्तिशाली हुँदै गएको छ। यसका लागि भारतको मौसम विज्ञान विभागले लगातार चेतावनी दिइरहेको छ। बंगालको खाडीमा विकसित मोखा चक्रवातसमेतको असरले काठमाडौं उपत्यकासहितका पहाडी जिल्लाहरुमा आजदेखि तीन दिन बदली र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बंगालको खाडीमा विकसित ‘मोखा’ नामको चक्रवातको आंशिक प्रभाव तथा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज, भोलि र पर्सि पहाडी भूभागमा वर्षा हुने पूर्वानुमान गरिएको हो । चक्रवातले भने नेपालमा धेरै असर गरेको छैन । यो आँधी बङ्गालको खाडीबाट बङ्गलादेश र म्यानमारतर्फ बढिरहेको छ । यसमा सय किलोमिटरप्रति घण्टाको गतिले तीव्र हावा चल्ने र मुसल धारे वर्षा हुने…

Read More

धनगढी: बैतडीमा एक महिला कर्मचारीलाई कुट्ने युवक समातिएका छन्। शनिवार जिल्लाको सिगास गाउँपालिका-१ का २८ वर्षीय केशव धामीले कृषि विकास बैंकमा कार्यालय सहयोगीका रूपमा कार्यरत २८ वर्षीया सुसिला धामीलाई कुटपिट गरेका थिए। प्रहरीका अनुसार सिगास गाउँपालिका२ मा रहेको कृषि विकास बैंकमा कार्यरत महिला कर्मचारीमाथि कुटपिट भएको हो। सुशिलामाथि कुटपिट भएको र कुटपिट गर्ने धामीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।  केशवले मदिरा सेवन गरी कुटपिट गरेको प्रहरीले जनाएको छ। महिलाको अनुहारलगायत शरीरमा चोट लागेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले बताएको छ।

Read More