Author: महेन्द्रनगर पोष्ट

दार्चुला: दार्चुलामा बाँकेका एक जनाको कुटपिटबाट मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगन्ज उप–महानगरपालिका–१९ का ३० वर्षीय देव परियारको मृत्यु भएको हो। उनी सदरमुकाम खलंगास्थित बसपार्क नजिक निर्घात कुटपिट भएर अचेत अवस्थामा शनिवार राती भेटिएका थिए। उनको टाउको तथा शरीरभर घाउ थिए। प्रहरीले उद्दार गरेर उपचारका लागि जिल्ला अस्पताल पु¥याएको थियो। उपचारको क्रममा उनको आइतबार मृत्यु भएको हो। परियारमाथि कुटपिट गर्नेको पहिचान नखुलेको र घटनाबारे अनुसन्धान सुरु भैरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले बताए। प्रहरीका अनुसार सोधपुछका लागि चार जना नियन्त्रणमा लिएका छन। मृतक परियार मजदुरीका लागि केही दिन अघि खलंगा आएका थिए। खलंगाको एक होटेलमा…

Read More

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयका प्रशासन कक्षहरुमा तालाबन्दी गरिएको छ। सरकारले गत जेठ १५ गते ल्याइएको बजेटले विद्यालयका कर्मचारीहरुको माग सम्बोधन नगरेको विरोधस्वरुप नेपाल विद्यालय कर्मचारी युनियन परशुराम नगरपालिका कार्यसमितिले विद्यालयका प्रशासन कक्षमा तालाबन्दी गरेको हो। उनीहरुले विद्यालयमा ताला लगाएर प्रधानाध्यापकलाई चाबी बुझाउने र उक्त अवधिभर विद्यालयमा उपस्थित नहुने बताएका छन्। तालाबन्दी आगामी जेठ २६ गतेसम्म जारी रहने जनाइएको छ। जेठ २७ देखि असार १ गतेसम्म राजधानीको भद्रकालीमा अनशन बस्ने, असार २ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने र असार २६ गते बिहानैदेखि नगरपालिकामा विरोध गर्ने घोषणा गरिएको छ।

Read More

डडेल्धुरा: डडेल्धुराका जनप्रतिनिधिले जातीय भेदभाव तथा छुवाछूत गरेको आरोप लागेको छ। जिल्लामा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइरहेको सहभागीले उक्त अरोप लगाएका हुन्। आइतबार जिल्ला सदरमुकाममा एक कार्यक्रमकाबीच छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइएको हो। दलित महिला संघ (फेडो) डडेल्धुराको आयोजनामा दिवसका अवसरमा अमरगढी नगरपालिका–५ तुफानडाँडादेखि जिल्ला प्रहरी कार्यालयसम्म सचेतनामूलक र्‍याली निकालिएको थियो। उक्ति कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका डडेल्धुरा अध्यक्ष सुन्दर जैरुले मुलुकमा जातीय छुवाछुत अन्त्य गर्न राज्य गम्भीर बन्नुपर्ने बताए। उनले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस दलित र त्यस सम्बद्ध अधिकारीकर्मीहरूले मात्र नभई यहाँका प्रत्येक स्थानीय तहहरूले मनाउनपर्नेमा जोड दिए। उनले आजा आयोजना…

Read More

काठमाडौं : भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि गरिने भएको छ । वस्तुगत सहायतास्वरूप प्राप्त हुने उच्च प्रजनन मानका १५ राँगाबाट तीन वर्षपश्चात वार्षिक कम्तीमा एक लाख ५० हजार डोज वीर्य उत्पादन भई कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि हुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालै भएको भारत भ्रमणका दौरान भारत सरकारबाट नेपाललाई मुर्रा राँगो उपलब्ध गराउने सम्वन्धमा समझदारी भएको थियो । मन्त्रालयले सो विषयका सन्दर्भमा थप…

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपाने नेकपा एमालेमा फर्किएका छन्। पार्टी विभाजनपछि नेकपा एसको उपाध्यक्ष रहेका न्यौपानेलाई अध्यक्ष केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाललगायतका नेताहरूले आइतबार पार्टी कार्यालय च्यासलमा स्वागत गरेका हुन् । प्रवेश कार्यक्रममा नेकपा एसका अर्का उपाध्यक्ष केशवलाल श्रेष्ठ पनि सहभागी भएका थिए। श्रेष्ठले एमाले अध्यक्ष ओलीले नेकपा एससहितका सबै कम्युनिस्ट पार्टीहरूलाई मिलाएर बलियो कम्युनिस्ट पार्टी बनाउने अभियानको नेतृत्व लिनुपर्ने प्रस्ताव लिएर एमाले पार्टी कार्यालय च्यासल पुगेको बताएका छन्।

Read More

पाल्पा : पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छ्न् । मृतक दुई महिला र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरूको पहिचान खुलेको छैन । सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याब जिप ढोरपाटन सडकमा दुर्घटनामा परेको प्रहरीको भनाइ छ । घाइते भएकाहरुलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।

Read More

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले बिजुली निर्यातको समस्या समाधान हुने बताएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले भारत भ्रमण भएसँगै अब बिजुली निर्यातको समस्या समाधान हुने बताएका हुन् । उनले बिजुली निर्यातको समस्या नहुनुलाई नेपालले ठूलो उपलब्धिको रूपमा लिनुपर्ने बताए । मन्त्री महतले बिजुलीको विद्युतको उत्पादन बढाएसँगै आन्तरिक खपत पनि बढाउनुपर्नेमा जोड दिए । उनले बिजुली निर्यात बढाउन सकेमा व्यापार घाटा घट्ने बताए। उनले भने, ‘भारत भ्रमणका क्रममा बिजुली निर्यातको समस्या समाधान गर्ने काम अगाडि बढेको छ । हामीले बिजुली उत्पादन गर्न सक्नुपर्‍यो । अब बजारको समस्या हुन्न भन्ने कुरा ठूलो उपलब्धिजस्तो लाग्छ…

Read More

काबुल : अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले आइतवार विज्ञप्तिमार्फत छिमेकी इरानबाट कुल २,१०६ अफगान शरणार्थी शनिबार स्वदेश फर्किएको उल्लेख छ । ‘इरानमा शरणार्थीका रूपमा वर्षौँसम्म बसेका २,१०६ अफगानी शरणार्थी शनिबार आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका छन् । शरणार्थीलाई उनीहरूको देश फर्काउने प्रक्रिया जारी छ,’ विज्ञप्तिमा भनिएको छ । यसअघि मे ३१ मा मन्त्रालयले इरानबाट करिब २,८०० अफगान शरणार्थी फिर्ता भएको जानकारी दिएको थियो । गत जनवरीदेखि करिब ६०,००० अफगान शरणार्थी इरानबाट स्वदेश फर्किएका छन् । २५ लाखभन्दा बढी दर्ता भएका अफगान शरणार्थी इरानमा बस्दै आएका छन् र त्यति नै सङ्ख्यामा अफगान शरणार्थी पाकिस्तानमा बसिरहेका छन् । अफगानिस्तानको कामचलाउ सरकारले…

Read More

काठमाडौँ : सरकारले थप ७१ देशमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ । अहिले खुला रहेका १०८ देशमा थप ७१ देशमा पनि वैदेशिक रोजगारी खुला गर्ने तयारी सरकारले गरेको हो । मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी भएको जानकारी दिए । उनका अनुसार प्रतिबन्धमा रहेको इराकमासमेत वैदेशिक रोजगारी खुला गर्न गृहकार्य सुरु भएको छ । मन्त्रालयको योजनाअनुसार नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम रहेका सबै देश वैदेशिक रोजगारीका लागि खुला गर्ने सरकारको तयारी रहेको सचिव अर्यालले बताए । गर्दा १७९ वटा देशमा…

Read More

कालिकोट : नरहरीनाथ गाउँपालिका वडा नम्बर ५ रुप्साकी एक किशोरीको गोली लागेर मृत्यु भएको छ । जेठ १९ गते दिउँसो मकै बारीमा मकै गोड्दैगर्दा शिकारीको गोली लागेर १७ वर्षीय एलिसा सहकारी घाइते भएकी थिइन् । घाइते सहकारीको प्रथामिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो । उपचारकै क्रममा उनले आज सुर्खेतमा मृत्यु भएको स्थानीय नेत्रराज बोगटीले बताए । रुप्साकै एक स्थानीयले बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गरेकी एलिसाको टाउकोमा लागेको थियो । मृतमको आजै पोष्टमाटम गरी अन्तेष्टी गरिएको छ । उनी कक्षा १० मा अध्ययनरत थिइन् । घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

Read More