Author: महेन्द्रनगर पोष्ट

पोखरा : उपभोक्ता समितिका अध्यक्षलाई कुटपिट आरोपमा माछापुच्छ्रे गाउपालिका-८ का वडाध्यक्ष राम गुरुङ पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । उजुरीको आधारमा वडाध्यक्ष गुरुङलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए । वडाध्यक्ष गुरुङले हातपात गरेको भन्दै उपभोक्ता समितिको अध्यक्ष अमृत भण्डारीलेले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । कांग्रेसबाट वडाध्यक्ष बनेका गुरुङले उपभोक्ता समितिको अध्यक्ष अमृत भण्डारीलाई हातपात गरेको भन्दै नेकपा एमाले माछापुच्छ्रे ७ र ८ वडा कमिटीले मंगलबार वडा कार्यालयमा तालाबन्दी गरेको थियो । तर, जाहेरी दर्ता भएपछि एमालेले वडा कार्यालय लगाएको ताला बुधबार खोलेको थियो ।

Read More

जोहानेसबर्ग ; दक्षिण अफ्रिकाको जोहानेसबर्गमा बुधबार एउटा ठूलो दुर्घटना भएको छ । यहाँ शंकास्पद ग्यास चुहावटका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच महिला र तीन बालबालिका रहेका छन् । घटनास्थलमा पुगेको प्रहरी टोलीले धेरैको उद्धार गरेको थियो । गौतेङ प्रान्तका सरकार प्रमुख पन्याजा लेसुफी घटनास्थलमा आइपुगेको रोयटर्सले जनाएको छ । हाल कुन ग्यास लिक भएर दुर्घटना भएको हो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए । जोहानेसबर्गको पूर्वमा बोक्सबर्ग जिल्ला नजिकै एन्जेलो भनिने एउटा बस्ती छ। यो क्षेत्र अवैध उत्खनन गतिविधि संग जोडिएको मानिन्छ। सञ्चारमाध्यमसँग कुरा गर्दै आपतकालीन सेवा एजेन्सीका प्रवक्ता विलियम एन्टलाडीले घटनास्थलमा २४ जनाको शव…

Read More

धनगढीः डिभिजन वन कार्यालय बैतडीले यस वर्ष करिब डेढ लाख बिरुवा निःशुल्क वितरण गर्दैछ। यहाँको डिभिजन वन कार्यालय र सव डिभिजनहरू कार्यालयहरूमा गरेर जिल्लाका तीन स्थानमा नर्सरी स्थापना गरेर उत्पादन गरेका बिरुवा निःशुल्क वितरण गरिन लागिएका वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिए। डिभिजन वन कार्यालयको नर्सरीमा ७० हजार,सव डिभिजन कार्यालय पाटनमा ४० र गोकुलेश्वरमा ३० हजार जडीबुटी र फलफूलका बिरुवा उत्पादन गरिएका हुन्। नर्सरीमा उत्पादित बिरुवाहरू किसानहरूलाई वृक्षारोपणका लागि निःशुल्क रुपमा वितरण गर्ने कार्य भइरहेको कँडेलले बताए। जडीबुटी र फलफूलका गरि विभिन्न १० प्रजातीका विरुवा उत्पादन गरि वितरणको कार्य थालिएको छ। नर्सरीमा रिठ्ठा,चाप, ओखर, श्रीखण्ड, खर्सु, लप्सी, डालेघाँस,…

Read More

न्युयाेर्क : संयुक्त राज्य अमेरिकाको लुजियानामा आयोजित एक ब्लक पार्टीमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने २ बालबालिकासहित ६ जना घाइते भएका छन् । मङ्गलबार राति यहाँको श्रेभेपोर्ट क्षेत्रमा स्वतन्त्रता दिवस मनाउन भेला भएका मानिसहरु उक्त घटना भएको हो । श्रेभपोर्ट प्रहरीका प्रवक्ता सर्जेन्ट एन्जी विल्हाइटले मंगलबार राति मेलामा कम्तीमा १० जनामाथि गोली चलाउँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए। प्रहरीले मृतकको नाम भने खुलाएको छैन र घटनामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन । घटनास्थलमा सवारीसाधनको भीड भएकाले घटनास्थलसम्म पुग्न समस्या भएको प्रहरीले जनाएको छ । यस्तो अवस्थामा प्रहरीले…

Read More

काठमाडौँ : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, कोशी प्रदेशको मुख्यमन्त्री चयन, संसद्को अवरोध लगायतका विषयमा छलफल भइरहेको बताइएको छ । बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सिके राउत लगायतका नेताहरू छन् ।

Read More

नेपालगञ्ज: बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत भेटिएका छन् । जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए । मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए । घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको तथा यसबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आर्चायले बताए ।

Read More

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ। नतिजा सार्वजनिक गर्न अपराह्न बोर्ड बैठक बोलाइएको छ। बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले कुनै समस्या नआए बिहीबार नतिजा सार्वजनिक गरिने जानकारी दिन। २०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए।

Read More

धनगढीः कैलालीका नन्दलाल रानालाई प्रादेशिक प्रतिभा पुरस्कार दिइने भएको छ। प्रेस चौतारी कैलालीका सह–सचिवसमेत रहेका राना नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रदान गर्ने प्रादेशिक प्रतिभा पुरस्कार (संस्कृति विधा तर्फ) २०७९ मा छनोट भएका हुन्। संस्कृति विधामा पुगाएको योगदानको उचित मुल्यांकन गर्दै सुदूरपश्चिम प्रदेशबाट कैलालीका रानालाइ मन्त्रालयले छनोट गरेको छ।

Read More

धनगढी: आजभोलि बालबालिकाहरूले धेरै समय मोबाइलमा बिताउने गरेको पाइन्छ। अभिभावकहरूको लागि पनि बालबालिका भुल्काउने गतिलो माध्यम बनेको छ, मोबाइल। आफू पनि मोबाइलमा व्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेल्न दिने धेरै अभिभावकहरू छन्। जसले गर्दा बालबालिकामा बिस्तारै मोबाइल खेलाउने एक प्रकारको लत नै बस्न थालेको छ। त्यही लतका कारण कैलालीमा एक बालकले ज्यानै गुमाउन पुगेका छन्। ती ९ वर्षका बालकले आफ्नो प्राण नै लिएका छन्। अस्ति साँझ गोदावरी नगरपालिका-७ हरैयाका भवन चौधरीका छोरा पुन्टुले आफ्नै ज्यान लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बुवाआमासँग मोबाइल माग्दा नदिएपछि उनले रिसको आवेगमा आफ्नै ज्यान लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पुन्टुले आफ्नै एक…

Read More

धनगढीः यही असार ९ गते कैलालीको अत्तरियामा १८ वर्षीया किशोरी अस्मि मृत अवस्थामा फेला परेकी थिइन्। गोदावरी नगरपालिकास्थित आफ्नै घरमा अस्मी मृत अवस्थामा भेटिएकी हुन्। यस विषयमा अनुसन्धान गर्दै जाँदा उनी जबरजस्ती करणीमा परेर मृत्युको बाटो रोज्न पुगेको खुलेको थियो। प्रहरीले अस्मीको आत्महत्या दुरुत्साहन मुद्दामा मुगुको सेरु गाउँपालिका– ३ का २१ वर्षीय डिलेन्द्र शाहीलाई पक्राउ गरिसकेको छ। अस्मीका आफन्तले शाही र अस्मीकी साथी लक्ष्मी खड्काका विरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरेको थियो। तर, आफ्नो कोठामा बोलाएर बलात्कारको मतियार बन्ने साथी लक्ष्मी भने फरार थिइन्। आत्महत्या दुरुत्साहन मुद्दामा लक्ष्मी खडकालाई हिजो नेपालगन्जबाट पक्राउ गरिएको छ। उनलाई जिल्ला झिकाएर अनुसन्धान भइरहेको…

Read More