Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरमा करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१० गड्डाचौकीकी तुलसी कोलीका छोरा आरबको करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार उनी बैतडी घर भई हाल गड्डाचौकी माइती घरमा बस्दै आएकी छिन् । घरमा टिभीको लाइन जोड्ने क्रममा एक्कासी करेन्ट लागेर घाइते भएका आरबको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा मृत्यु भएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

झापा: झापा स्थित पूर्वपश्चिम राजमार्गको शिवसताक्षी–९ स्थित भालुखोलामा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र १–०२–००क ३८७९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्र १–०१–००च ७४८२ नम्बरको कार एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कारमा सवार मोरङ उर्लाबारी नगरपालिका–६ बस्ने ४५ वर्षीय गुरुचन चौधरी र उनकै छोरी १८ वर्षीया कुमकुम चौधरी रहेको प्रहरीले जनाएको छ । गुरुचनको छोरा १० वर्षीय विवेक चौधरी, रतुवामाई नगरपालिका–१० का १९ वर्षीय रिकेश न्यौपाने, उर्लाबारी–७ का ४० वर्षीया मुना साह घाइते भएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिए । उनका अनुसार घाइतेको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । रासस

Read More

काठमाडौँ: सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले भारतको लखनउबाट उनलाई पक्राउ गरी काठमाडौँ ल्याएको छ । सिआइवीका प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई पश्चिम नेपालबाट पक्राउ गरेको पुष्टि गर्दै आजै घटना विवरण सार्वजनिक गर्ने जानकारी दिए । अध्यक्ष शर्मा यसअघि भारतका विभिन्न स्थानबाट लुकीछिपी बसिरहेका थिए । शिवशिखरसहित मोरङमा गएर उनले तुलसी सहकारी पनि खोलेका थिए । दुवै सहकारीका बचतकर्ताको ठूलो रकम उनले कानुनविपरीत आफ्ना विभिन्न कम्पनी तथा फार्महरूमा लगानी गरेको भेटिएको प्रहरीले जनाएको छ । बचतकर्ताले आफ्नो बचत फिर्ताको…

Read More

इलाम: इलामको माङ्सेबुङ–५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्णरूपमा नष्ट भएका छन् । स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन । स्थानीय पत्रकार सुमन लावतीका अनुसार घटनाको पूर्ण विवरण आउन सकेको छैन । गए राति करिब २ः०० बजेबाट आगलागी भएको थियो । स्थानीय तथा प्रहरीको सहभागितामा आगो निभाउने प्रयास भइरहेको छ । आगलागीबाट के–कति क्षति भयो भन्ने अझै यकिन भइसकेको छैन । रातको समय र आगलागी पूर्णरूपमा नियन्त्रणमा आइनसकेकाले क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ । आगलागी के कारणले भयो समेत खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।…

Read More

धनगढी: एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वउपाध्यक्ष डा. भीमबहादुर रावललाई पार्टीमा इन्गेज गराउन खोजेको बताइएको छ। ओलीले रावल नेकपा (एस) अथवा समाजवादी मोर्चामा नजाउन् भनेर यस्तो प्रयास गरिरहेको बताइएको हो। एमाले निकट स्रोतका अनुसार रावलले विगतका कुरालाई आत्मआलोचना गरेर पार्टीमै सक्रिय हुनुपर्ने ओलीको माग छ। स्वयं रावलले पनि पटक–पटक अन्य पार्टीमा नजाने बताइरहेका छन्। त्यसैले उनलाई पार्टीमै राख्ने स्रोत बताउँछ ।नेकपाकाल र १० बुँदे सहमतिपछि पनि एमाले अध्यक्ष ओलीका क्रियाकलापको खरो आलोचना गर्दै आएका उनलाई लामो समयदेखि पार्टीको जिम्मेवारीभन्दा बाहिर राखिएको छ। उनलाई ओलीविरुद्ध चितवन महाधिवेशनमै लडेकै कारण जिल्लाबाट एकल नाम सिफारिस हुँदा पनि अछाम क्षेत्र नम्बर १ को उम्मेदवार…

Read More

नयाँ दिल्ली: बलिउड अभिनेता सलमान खानलाई ग्याङस्टार गोल्डी बराडले ज्यानको धम्की दिएका छन्। गोल्डीले एक अन्तरवार्तामा सलमानलाई मौका मिल्ना साथ मार्ने योजना बनाएको खुलासा गरेका छन्। उनले सलमानले काला हिरण मारेपछि आफूहरुसँग माफी नमागेकाले त्यसको बदला लिने उनले दाबी गरेका हुन्। ‘सलमानले काला हिरण मारेर विश्नोई समाजको बेइज्जत गरेका छन्। विश्नोई समाज काला हिरणलाई पुजा गर्दछ। उहाँलाई माफी माग्नु भन्दा पनि माफी माग्नु भएन। यसकारण जब हामी मौका पाउँछौं, उहाँलाई मारिदिन्छौँ’, गोल्डीले भनेका छन्। यसअघि पनि सलमान खानलाइ ज्यान मार्ने धम्की दिइएकाे थियाे।  सलमान सन् १९९८ मा फिल्म ‘हम साथ साथ हे’को सुटिङ गर्ने सिलसिलामा जोधपुरमा थिए। त्यो बेला सलमान…

Read More

धनगढी: पूर्वशिक्षा राज्यमन्त्री एवं व्यवसायी सिनेट श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उच्च अदालत दिपायलले जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीलाई पत्र पठाउँदै श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। श्रेष्ठले चार वर्षअघि धनगढीस्थित तीनतारे होटल ‘डिभोटी’ खरिद गर्दा ३ करोड २६ लाख रुपैयाँको चेक अनादर (बाउन्स) गरेको भन्दै होटल विक्रेता तथा पर्यटन व्यवसायी कृष्णबहादुर महराले जिल्ला प्रहरी कार्यालय कैलालीमा २०७९ चैत ५ मा निवेदन दिएका थिए। त्यही दिन उच्च अदालत दिपायल महेन्द्रनगर इजलासबाट कार्यालयको चलानी नम्बर ७७४६ मा श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान गर्नुपर्ने आधार, कारण मनासिब देखिएकाले संहिताको दफा ९ (३) बमोजिम पक्राउ गर्न अनुमति दिइएको थियो। कैलाली प्रहरीले पनि…

Read More

कञ्चनपुर: कञ्चनपुरमा आज(मंगलबार) बिहान टिप्पर र मोटरसाइकल ठोक्किदा एकजनाको ज्यान गएको छ। पुनर्वास नगरपालिका-५ सिमरीमा टिप्पर र मोटरसाइकल एकआपसमा ठोक्किँदा स्थानीय ५५ वर्षिय मोतिलाल रानाको मृत्यु भएको हो। धनगढीतर्फ गइरहेको सुपप्र ०१-००१क २२०० नम्बरको टिप्परसँग सिमरी गाउँभित्रबाट विपरित दिशाबाट हुलाकी सडकमा आइरहेको से४प २२७१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनामा घाइते भएका रानाको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए। अहिले मृतक रानाको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ। टिप्पर र चालक ईलाका प्रहरी त्रिभुवनबस्तीको नियन्त्रणमा रहेको बताइएको छ।

Read More

दार्चुला: दार्चुलाको नौगाड गाउँपालिका -१ रङरङेका  ५२ वर्षीय मानबहादुर बम मृत अवस्थामा फेला परेका छन्। गत ८ गते घरबाट सदरमुकाम खलंगा जान भनेर हिँडेका उनी सम्पर्कबिहीन थिए। खोज्दै जाने क्रममा हिजो सोमबार साँझ नौगाड -२ खलपुजा धारमा बाटोबाट अन्दाजी ७० मिटर तल खसेर मृत्यु भएको अवस्थामा उनी भेटिएका हुन्। मृतकका भाई लालबहादुर बमले शव फेला पारेपछि प्रहरीलाई सम्पर्क गरेका थिए। तत्काल घटनास्थललाई सुरक्षित गरिएको र बिहान प्रहरी निरीक्षक जगत गाहामगरको नेतृत्वमा अनुसन्धान टाेली परिचालन गरिएको प्रहरीले जनाएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीले आगामी आर्थिक वर्षको २०८०/०८१ को लागि असार १ गते संसदमा पेश गरेको बजेटमाथि अझै छलफल हुन सकेको छैन। सत्ता गठबन्धनबाटै तीव्र विरोध भएपछि २ साता बितिसक्दा पनि प्रदेशसभामा बजेट माथिको छलफल हुन नसकेको हो। २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट संसदमा प्रस्तुत गरिएपनि त्यसको सुरुदेखि नै विरोध हुँदै आएको थियो। अहिले बजेटमाथिको छलफलका लागि बैठक बोलाउने बारे कुनै छलफल नभएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए। आर्थिक मामिला मन्त्री नरेश शाहीलाई सत्ता गठबन्धनका सांसदहरूले आफ्नो क्षेत्रका दर्जनौँ योजनाहरू बुझाएका थिए। तर, बजेट प्रस्तुत हुँदा सांसदले बुझाएका…

Read More