Author: महेन्द्रनगर पोष्ट

गोरखा: गोरखामा ‘लम्पी स्किन’ रोगका कारण गोरु मर्न थालेपछि रोपाइँमा बाधा पुगेको छ । असार अन्तिम साता सुरु भइसक्दा पनि यहाँका किसानले अझैसम्म धान रोपाइँ गर्न पाएका छैनन् । मानो खाएर मुरी उब्जाउने बेलामा वर्षभरि खेतीपाती गर्नका लागि गोठमा पालेका गोरु मर्न थालेपछि किसान मारमा परेका छन् । लम्पी स्किनले गोरु मरेपछि रोपाइँ गर्न नपाएको गण्डकी गाउँपालिका–३ फुजेलका विष्णुप्रसाद पन्तले बताए । “रोपाइँ गर्ने बेलामा गोरु मर्यो”, उनले भने, “धेरै किसानको गोठमा गोरु बिरामी छन्, रोपाइँ गर्न मुश्किल भएको छ ।” लम्पी स्किन रोगका कारण हल गोरु नै मरेपछि निरास बनेका पन्तले अब रोपाइँ गर्नका लागि ट्याक्टर खोज्न थालेको बताए…

Read More

काठमाडौँ: मिटरब्याज पीडितले देशभर हालसम्म झण्डै २४ हजार उजुरी दिएका छन् । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगका अनुसार परेका उजुरीमध्ये आजसम्म एक हजार तीन सय ८५ वटा उजुरीमा मेलमिलाप भएको छ । यसअघि सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिनसक्ने व्यवस्था गरेको थियो । आयोगका एक सदस्य पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उत्तमराज सुवेदीका अनुसार फर्छ्योट भएका उजुरीमध्ये ३० प्रतिशत अदालतबाट फैसला भएका मुद्दासमेत रहेका छन् । यसअघि अदालतबाट पीडितका विरुद्धमा फैसला भएको भन्दै पीडितले त्यस्तो निर्णय खारेजी हुनुपर्ने माग गरेका थिए । त्यस्ता मुद्दामा पनि मेलमिलाप गरिएको उनले बताए । उनका अनुसार…

Read More

एजेन्सीः तिब्बती निर्वासित धार्मिक नेता दलाई लामा जम्मु कश्मिरको लदाख गएका छन्। लामा भारतको हिमाचल प्रदेशको धर्मशालाबाट नयाँ दिल्ली हुँदै त्यता गएका हुन्। दलाई लामा आज बिहान लदाख पुगेपछि स्थानीय तिब्बतीले स्वागत गरेको बताइन्छ। उनी गत वर्ष जुलाई महिनामा पनि लदाख भ्रमणमा पुगेका थिए। लदाखपछि राजधानी नयाँ दिल्ली पुगेर धर्मशाला फर्केका थिए। त्यसअघि कोरोना महामारीमा दलाई लामो धर्मशालाबाट बाहिर निस्केका थिएनन्।

Read More

काठमाडौँ: माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने भएको छ । अन्तिम ग्रेड सी या सी भन्दा कम प्राप्त गरेकामध्ये बढीमा दुई विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । तर परीक्षा रद्द भएका परीक्षार्थीहरु भने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन् । त्यस्तै नतिजा चित्त नबुझेका विद्यार्थीले साउन ५ गतेसम्म पुनर्योगको लागि निवेदन दिन सक्ने कार्यालयले जनाएको छ ।

Read More

धनगढी: मुलुकको गुप्तचर निकायको रुपमा परिचित राष्ट्रिय अनुसन्धान विभागमा केही उच्च अधिकृतको बढुवा, सरुवा र पदस्थापन भएको छ। जसमा विभागको ललितपुर जिल्लामा कार्यरत एसएसपी इन्द्र लामालाई डिआईजीमा बढुवा गरिएको छ। बढुवालगत्तै उनलाई सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ। उनले धनगढी आएर एक हप्ताभित्रै कार्यभार सम्हाल्ने स्रोतले जनाएको छ। यसअघि सुदूरपश्चिममा डिआइजी ओम खड्काले प्रदेशको कमाण्ड सम्हाल्दै आएका थिए।

Read More

धनगढी: धनगढीमा भन्सार छलीका सामानसहित एक युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ शहिदगेट नजिकबाट भन्सार छलीका सामानसहित घोडाघोडी नगरपालिका–१ का २७ वर्षीय प्रेम शाही पक्राउ परेका हुन् । उनलाई करिब एक लाख २० हजार मूल्य बराबरका टाउजर, टि–सर्ट, जुत्तासहित शुक्रवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, धनगढी उपमहानगरपालिका–३ भन्सार नजिकबाट भन्सार छलीका करिब १५ हजार ४३५ रुपैयाँ बराबरका चिनी, कुर्ती, धोती, साडी लगायतका सामान बेवारिसे अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

Read More

धनगढीः कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित पाँच युवक पक्राउ परेका छन् । कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट ९८० मिलिग्राम लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको टीकापुर नगरपालिका–१ का २८ वर्षीय विनोद चौधरी र टीकापुर ३ का २६ वर्षीय लंक चौलागाई रहेका छन् । उनीहरुलाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी गस्ती टोलीले एक थान मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । त्यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट एक ग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सडकघाटका २२ वर्षीय सुरज चौधरीसहित तीन जना रहेका प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: पछिल्लो समय वन वातावरण संरक्षणका क्षेत्रमा मुलुकले प्राप्त गरेको उपलब्धिका कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रशंसा हुने गरेको छ । तर यससँगै बढेको मानव–वन्यजन्तु द्वन्द्व र त्यसबाट बर्सेनि दजनौँ व्यक्तिको मृत्यु तथा सरकारले व्यहोर्नुपर्ने करोडौँ रकमको क्षतिपूर्तिले भने विभिन्न प्रश्न उठ्ने गरेका छन् । खासगरी संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको वासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो वासस्थान छाडी गाउँ बस्तीमा पस्ने गरेका छन् । यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरि बसोबास गर्ने समुदायको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ । हात्ती, बाघ, गैँडा, चितुवा, भालु, जङ्गली कुकुरलगायतका वन्यजन्तुको आक्रमणबाट पछिल्लो पाँच…

Read More

कञ्चनपुर: पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कञ्चनपुर–कमला सडकमा नयाँ प्रविधिमा आधारित रहेर पुल निर्माण गरिने भएको छ । पुलको माथिल्लो भाग (बिम) निर्माणस्थलमा नबनाई प्रयोगशालामै बनाउने गरी नयाँ प्रविधिको प्रयोग गर्न लागिएको हो । नेपालमा समान्यतया पुल बनाउँदा त्यसको सबै भाग निर्माणस्थलमा नै बनाउने गरिएकामा नयाँ प्रविधिका रुपमा प्रयोगशालामा बनाएर ल्याएर जडान गर्न लागिएको कञ्चनपुर–कमला सडक योजनाले जनाएको छ । सो योजनाका लागि ऋण सम्झौता हुनु पहिले एसियाली विकास बैंकसँग प्राविधिक हस्तान्तरणका विषयमा छलफल भएको थियो । सोही आधारमा नयाँ प्रविधिको प्रयोग यो योजनामा गर्न लागिएको कञ्चनपुर–कमला सडक योजना पश्चिमका प्रमुख नारायणदत्त भण्डारीले बताए । यो सडकको पूर्वी र पश्चिम दुवै खण्डका सबै…

Read More

कञ्चनपुर: महेन्द्रनगरस्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि पनि दोधारा चाँदनीका बासिन्दाले अनेकन समस्यासित सङ्घर्ष गर्नुपरेको छ । महाकाली नदीमा पक्की पुल बन्नुअघि यहाँ झोलुङ्गे पुलबाट दुईपाङ्ग्रे सवारी मात्रै आवतजावत हुन्थ्यो । पछिल्लो समय भएका व्यवस्था परिर्वतनसँगै दोधारा चाँदनीले विकासमा गति लिए पनि हिउँदमा सिँचाइ अभाव र वर्षामा बाढीको मुख्य समस्या झेल्दै आउनुपरेको स्थानीयवासीको दुखेसो छ । दोधारा चाँदनीतर्फको तीन हजार पाँच सय हेक्टर क्षेत्रफल सिँचाइका लागि महाकाली नदीबाट पाउनुपर्ने पानी भारतीय बेवास्ताका कारण पाइएको छैन । विसं २०२२ देखि दोधारा चाँदनीमा बसोबास गर्दै आएका राजबहादुर थापामगरले सिँचाइ नहुँदा तरकारीसम्म फलाउन कठिन हुने गरेको बताए । “दोधारा चाँदनी अन्न…

Read More