Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निलम्बन गरेर छानबिन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा महानिरीक्षक कुँवरको भूमिका शंकास्पद रहेको सामाचारहरु आएको भन्दै छानबिन गर्ने कि नगर्ने भनी प्रश्न गरेका हुन् । ‘नेपाल प्रहरीका आइजिपीको विरुरुद्धमा पनि पत्रपत्रिकामा आएको छ । एउटा कर्मचारीलाई निलम्बन गरेर छानबिन गर्न कि नगर्ने ?’ सांसद शाहीले प्रश्न गरे ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सभा सदस्य सुरेन्द्रबहादुर पालले बैतडीकी घाइते किशोरीलाई भेटेका छन् । बैतडी क्षेत्र नं १ बाट निर्वाचित प्रदेश सभा सदस्य पालले धनगढीको कैलाली अस्पतालमा उपचाररत कुमारी ऐरको स्वास्थ्य अवस्थाबारे बुझेका हुन् । भेटमा सांसद पालले उपचारमा सहयोग गर्ने बचन दिएका छन् । अस्पतालमै पुगेर उनले स्वास्थ्य अवस्था बुझेर आर्थिक सहयोग गर्ने बचन दिएका घाइते किशोरीका भाइ सुरेन्द्र ऐरले बताए । डिलाशैनी गाउँपालिका ७–मनेकुडाकी कुमारी ऐर यही जेठ ४ गते घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएकी थिइन् । उनको गोकुलेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी रिफर गरिएको थियो । किशोरीको स्वास्थ्यमा अहिले सुधार हुँदै गएको पनि बताइएको छ…

Read More

गोरखा: सुन्तला उत्पादनका हिसाबले छुट्टै पहिचान रहेको गोरखाको मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरिएको छ । सहिद लखन गाउँपालिका–२ स्थित मनकामनाको ढाँटबारीमा सुन्तला खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सुन्तलाको प्रतिमा स्थापना गरिएको वडाध्यक्ष सकुन थापामगरले जानकारी दिए । “मनकामनाको सुन्तला ग्राहकको पहिलो रोजाइमा पर्छ”, उनले भने, “सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको ढाँडबारी गाउँलाई सुन्तलाकै माध्यमबाट प्रचार–प्रसार गरी कृषकलाई उत्पादनमा प्रोत्साहन गर्न प्रतिमा स्थापना गरिएको हो ।” मनकामना मन्दिरका कारण देशकै धार्मिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा रहेको मनकामना क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सुन्तलाको पनि पकेट क्षेत्रका रूपमा रहेको जानकारी गराउन प्रतिमा निर्माण गरिएको हो । प्रतिमा निर्माणले मनकामना क्षेत्रका किसानलाई…

Read More

दार्चुला: दार्चुलामा ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका वृद्धलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । जिल्लाको नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्ना बुधवार बिहान चिया पकाउने क्रममा सिलिन्डरबाट ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएका थिए । उनलाई उपचारका लागि गोकुलेश्वरस्थित अस्पताल लगिएको थियो । थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट भर्खरै काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना दलका नेताहरूलाई चिया खान आउन निम्तो दिएका छन् । बुधवार संसदमा बोल्दै उनले आफ्नो र आफ्ना पार्टीका नेता तथा सांसदहरूको घरमा चिया खान आउन निम्तो दिएका हुन् । उनले जनताले आशा गरेर हेरिएको संसदलाई दुरुपयोग नगरिदिन पनि अनुरोध गरे । ‘यो ३० वर्षको मूल्याङ्कन गर्दा तपाईँहरूले संसदमा उभिएर एक अर्कालाई छेडखानी गर्नुपर्दैन । यस्तो कुरा घरमा चिया खाएर गर्दा हुन्छ,’ लामिछानेले भने । उनले अगाडि भने, ‘नेपाली जनताले आशा गरेर हेरिएको संसदलाई त्यसको दुरुपयोग नगरिदिनु अनुरोध गर्छु,’ उनले भने, ‘चिया खाने ठाउँको अभाव छ भने हामी नयाँ नेताहरूको घरमा आउनुस्,…

Read More

धनगढीः निर्वाचित भएपछि नेकपा एकीकुत समाजवादीका प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री प्रेमबहादुर आले आज पहिलोपटक संसद्मा बोलेका छन्। डोटीबाट निर्वाचित भएका आले नीति तथा कार्यक्रम सम्बन्धीको छलफलमा आज (बुधवार) संसद्मा बोलेका हुन्। आफू बिरामी भएको जानकारी गराउँदै उनले आफ्नो मन्त्रीकालमा गरेका कामहरुको फेहरिस्त सुनाएका थिए। यस्तै बोल्दाबोल्दै पानी पिएका उनले आफू हल्का बिरामी भएकोले संसद्को २ मिनेट थप समयसमेत मागेका थिए। उनले संसद्मा पूर्व अर्थमन्त्री जनार्दन शर्माप्रति गुनासो सोत गरे। उनले भने, ‘म मन्त्री हुँदा निजगढमा विमानस्थल बनाउन पहल गरे। त्उसका लागि लगत स्टीमेट गरेर बजेटका लागि अर्थ मन्त्रालयमा पठाउँदा उहाँ तत्कालीन अर्थमन्त्री (शर्मा) ले त्यो रद्दीको टोकरीमा फाल्नुभयो। बजेट…

Read More

काठमाडौँ: बुधवार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ९ हजार आठ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेर एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

अछामः अछाममा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको बान्निगढी जयगढ गाउँपालिका-३ धारासैनका २१ वर्षीय शंकर ठकुल्ला रहेका छन् । उनलाई सोही गाउँपालिकाको वडा नम्बर ४ तिमल्सेनबाट एक ग्राम ९ सय २० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित ढाकाकुमार श्रेष्ठले आफू समानुपातिक सांसद बन्दा तीन करोड रकम बुझाएको खुलासा गरेका छन् । उनले आफूलाई समानुपातिक सांसद बनाउँदा पार्टीका उपसभापति डीपी अर्याल र महामन्त्री मुकुल ढकालले तीन करोड लिएको खुलासा गरेका हुन् । उनले सभापति रवि लामिछाने निकट भनिएका अर्याल र ढकाललाई पार्टी कार्यालय र रेस्टुरेन्टमै पुगेर पैसा बुझाएको दाबी गरेका छन् । उनले सुरुमा ढकाललाई पार्टी कार्यालय छेउको रेस्टुरेन्टमा एक करोड रकम दिएको र पछि कार्यालयमै गएर अर्याल र ढकाल दुबैलाई एक करोड ८४ लाख दिएको बताएका छन् । समानुपातिक सांसद बन्नका लागि उपसभापति र महामन्त्रीलाई दुई करोड ८४ लाख नगद बुझाएपनि पार्टी…

Read More

काठमाडौंःनेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएकोमा ध्यानाकर्षण भएको जनाएका छन्। उनले अभियुक्त केशव दुलालको बयानको हवाला दिंदै विभिन्न सञ्चार माध्यमले आफ्नो नाम उल्लेख गरेर समाचार सम्प्रेषण गरेकोप्रति ध्यानाकर्षण भएको जनाएका हुन्। उनले लेखेका छन्, ‘अभियुक्त केशव दुलालसँग मेरो चिनजान छैन। चिनजान नै नभएको व्यक्तिले मसँग सरोकार नै नभएको र मलाई थाहै नभएको विषयमा किन मेरो नाम पोले र किन पोल्न लगाइयो, त्यसको कारण पनि मैले बुझ्न सकेको छैन। नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कुरा मलाई थाहा भएको विषय पनि होइन र मैले बुझेको विषय पनि होइन। मैले नचिनेको…

Read More