Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेकपा एमालेले प्रदेश र जिल्ला इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । एमालेले सुदूरपश्चिम प्रदेश इन्चार्जमा छविलाल विश्वकर्मालाई तोकेको छ । यहाँका इन्चार्ज लेखराज भट्टलाई कर्णाली पठाएको छ । यस्तै, कञ्चनपुरमा नारदमुनी राना, कैलालीमा गणेशसिंह ठगुन्ना, बैतडीमा निरु पाल, अछाममा लालबहादुर थापा, डडेल्धुरामा गौरी ओली, बाजुरामा भैरव सिंह, बझाङमा राजेन्द्रसिंह रावल, दार्चुलामा सहदेव बोगटी र डोटीमा लिला भण्डारीलाई जिल्ला इन्चार्ज तोकिएको छ ।

Read More

बाजुरा: बाजुरामा स्याउला काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार शनिवार जिल्लाको बडीमालिका नगरपालिका–९ ढम्कनेका ४२ वर्षीय देवबहादुर धामीको रुखबाट खसेर मृत्यु भएको हो । स्याउला काट्ने क्रममा रुखबाट खसेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।उनी आज बिहान गाउँ नजिकैको कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका थिए ।

Read More

धनगढी: धनगढीको एक होटेलमा जुवातास खेलिरहेका ८ जना समातिएका छन् । धनगढी उपमहानगरपालिका–४ स्थित बझाङ बित्थडचिर गाउँपालिका–२ का २८ वर्षीय जीवन बोहराको कमल रोशन होटलबाट ८ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बित्थडचिर गाउँपालिका–१ का ४३ वर्षीय नरबहादुर बोहरा, २ का ४१ वर्षीय सुरेन्द्र बोहरा, ४३ वर्षीय रणबहादुर बोहरा, ३४ वर्षीय पबेन्द्र मण्डल, ३४ वर्षीय देविचन्द्र मण्डल, ३ का २३ वर्षीय चक्र बोहरा, ९ का २६ वर्षीय दिलिप खड्का र होटल सञ्चालक बोहरा रहेका छन् । उनीहरुलाई नगद २५ हजार ७ सय र ३ गड्डी ताससहित फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसबारे जिल्ला प्रहरी कार्यालय कैलालीले…

Read More

धनगढीः कैलालीमा अवैध काठ बरामद गरिएको छ । जिल्लाको कैलारी गाउँपालिका–९ गदरीयाका ४२ वर्षीय मदनसिंह रानाको घर अगाडि बारीमा सालको काठ लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले ४ गोलिया २३.७४ क्युफिट सालको काठ बरामद गरेको जनाइएको छ । बरामद गरिएको काठ आवश्यक कारबाहीका लागि सव डिभिजन वन कार्यालय फूलवारीको जिम्मा लगाएको प्रहरीले बताएको छ ।

Read More

धनगढीः धनगढी उपमहानगरपालिका–३ बोराडाँडी डिलासैनी टोलका ५२ वर्षीय वीरबहादुर विष्टले आफ्नै घरमा आगो लगाएका छन् । प्रहरीका अनुसार उनले मादक पदार्थ सेवन गरी आफ्नो दुईतले पक्की घरमा शुक्रवार राति आगो लगाएका हुन् । आगलागीबाट कोठाभित्र रहेका सोफा, वाईरिङ तार, लत्ताकपडा गरी ७० हजार बराबरको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा राति नै आगो नियन्त्रणमा लिइएको थियो । आगो लगाउने विष्टलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Read More

मोरङ: मोरङको सुन्दरहरैचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् । मोरङ प्रहरीका अनुसार मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाल विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा शनिबार बिहान भेटिएका हुन् । उनी सोही विद्यालयका लेखापाल हुन् । आगोले जलेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याइएको छ । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा उनने आफैलाई आगो लगाएको देखिएको प्रहरीले बताएको छ ।

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड–१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताए। यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो । मन्त्रालयले सङक्रमण दर न्यून भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड-१९ को परीक्षण गरेको र कोभिड-१९ को विरुद्धको खोप लगाएको प्रमाण आवश्यक नभएको समेत बताए । उनले अब कोभिड-१९ को कडाइको रुपमा मापदण्ड पालना गर्नुपर्नेलाई सहज गर्दै अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड आवश्यक नपर्ने जानकारी दिए । मन्त्रालयले कोभिड-१९…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमण सकेर आज स्वदेश फर्कँदैछन् । यही जेठ १७ गते भारत भ्रमण गएका प्रचण्ड विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्कन लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड आज दिल्लीबाट अपराह्न ४:२० मा नेपाल एयरलाइन्सको उडानबाट काठमाडौँ फर्कने कार्यक्रम तय भएको छ । प्रचण्डले भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मुलगायतसँग भेटवार्ता गरिसकेका छन् ।

Read More

धनगढी: टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका तर राष्ट्रपतिबाट आममाफी पाएका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीको चाकडी गरेको आरोप लागेका डिएसपीको सरुवा भएको छ। इलाका प्रहरी कार्यालयको इन्चार्ज रहदा राम्रो काम गरेको भन्दै ख्याति कमाएका तर अस्ति रेशमलाल आउँदा हतारहतार  गएर ‘एकदम खुसी लाग्यो’ भन्दै खादा लगाउने डिएसपी उद्दबसिंह भाटको हिजो सरुवाको भएको हो।भाटले पनि थारुको सम्मान गरेको भन्दै आफ्नो सरुवा गरिएको महेन्द्रनगरपोष्टलाई बताएका थिए। उद्धव सिंह भाटलाई इलाका प्रहरी कार्यालय टिकापुरबाट विशेष सुरक्षा गण सुनवल तानिएको छ। उनीसहित नेपाल प्रहरीका २ प्रहरी उपरीक्षक (एसपी) र २ डीएसपीको सरुवा भएको छ।  प्रहरी प्रधान कार्यालयका अनुसार एसपी काजीकुमार आचार्य र विनोद…

Read More

डडेल्धुरा: डडेल्धुरामा बजार अनुगमनका क्रममा भेटिएको अखाद्य वस्तु नष्ट गरिएको छ । जिल्लाको भागेश्वर गाउँपालिकास्थित भागेश्वर बजारमा शुक्रवार अनुगमन गरिएको हो । गाउँपालिकासँगै स्थानीय प्रशासन र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराको संयुक्त बजार अनुगमन टोलीले पालिकाभित्रका विभिन्न बजारमा अनुगमन गरेको बताइएको छ । अनुगमन टोलीले भागेश्वर-५ को सिराड, बुर्सा र खानीडाँडा, २ को रुइनपाटा र बयलपाटामा गरी १७ पसलमा अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत भारतीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए । अनुगमनका क्रममा ७१ हजार ८० रुपैयाँ बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको छ ।

Read More